०५ साउन २०८३, मंगलबार
21-07-2026 , Tue
×

हजारौं नेपाली सेनाहरु राष्ट्रिय निकुञ्जको गस्तीमा

Logo
प्रकाशित शनिबार, चैत्र ०७, २०७७


ABC (क्राईमबिट) काठमाडौं । राष्ट्रिय सुरक्षा र सडक पूर्वाधार निर्माणसहित बहुआयामिक भूमिकामा रहेको नेपाली सेनाले प्रकृति र दुर्लभ वन्यजन्तु संरक्षणमा समेत महत्वपूर्ण योगदान दिँदै आएको छ ।

प्रकृति संरक्षण र वन्यजन्तु चोरी शिकारी नियन्त्रणमा सेनाले गरिरहेको असरदार सुरक्षा व्यवस्थापनले यस क्षेत्रमा नेपालले प्रयोग गरेको विधि र नमूना विश्वका लागि उदाहरणीय बनेको छ ।

राष्ट्रिय निकुञ्ज र वन्यजन्तु आरक्षमा हुने चोरी निकासी रोकथाम नियन्त्रणका लागि तैनाथ सेनाले नियमित गस्ती, एम्बुस र चेकप्वाइन्ट खडा गरी प्रकृति संरक्षणमा गौरव गर्न लायक काम गरिरहेको सेनाका प्रवक्ता सन्तोषबल्लभ पौडेलले बताए ।

मुलुकको प्रमुख सुरक्षा अङ्ग सेनाले २०३४ सालदेखि प्रकृति संरक्षण र दुर्लभ वन्यजन्तु चोरी शिकारी नियन्त्रणका लागि निकुञ्ज तथा आरक्षमा परिचालित हुँदैआएको छ ।

प्रकृति संरक्षणमा आठ हजार बढी सैनिक परिचालित

सेनाका आठ गण र सात गुल्मका आठ हजारभन्दा बढी जनशक्ति प्रकृति संरक्षण र वन्यजन्तु सुरक्षामा अहोरात्र खटिरहेको उनले जानकारी दिए ।

चितवन राष्ट्रिय निकुञ्जमा खड्गदल गण, पर्सा राष्ट्रिय निकुञ्जमा सिद्धिबक्स, शिवपुरी–नागार्जुन राष्ट्रिय निकुञ्जमा दि फेमश महिन्द्र दल र शम्शेर दल, बर्दिया राष्ट्रिय निकुञ्जमा देवीदत्त, बाँके राष्ट्रिय निकुञ्जमा अर्जुनबाण, लाङटाङ राष्ट्रिय निकुञ्जमा विष्णु दल, शुक्ला फाँटा राष्ट्रिय निकुञ्जमा देवी दल गण र शे–फोक्सुण्डो राष्ट्रिय निकुञ्जमा रामवाण गुल्म तैनाथ छ ।
मुलुकमा १२ राष्ट्रिय निकुञ्ज, एक शिकार आरक्ष, एक वन्यजन्तु आरक्ष र छ संरक्षित क्षेत्र छन् । प्रकृतिक सरक्षण र दुर्लभ वन्यजन्तुको चोरी शिकारी नियन्त्रणका लागि सेनाका १८८ पोष्टबाट खटिने सुरक्षा टोलीले दैनिकजसो हजारौँको सङ्ख्यामा गस्तीे गर्ने, गौडा छेक्ने र घेराबन्दीको कारवाही सञ्चालन हुँदैआएको सेनाको राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु आरक्ष निर्देशनालयले जनाएको छ ।

सेनाले निकुञ्ज क्षेत्रमा गरेको गस्ती र कारवाहीका क्रममा वन्यजन्तु चोरी शिकारीमा संलग्न भएको अभियोगमा फागुन महिनामा मात्रै विभिन्न निकुञ्जबाट ६७८ लाई नियन्त्रणमा लिएको थियो ।

सो अवधिमा विभिन्न निकुञ्ज तथा आरक्षबाट पाँच थान हतियार, ९४ थान जाल–पासो, जेसिबीलगायत ६५ स्थान सवारी साधन, ८९ भारी दाउरा, २४ थान बञ्चरो, ६१ वटा नाम्लो, २० थान हसिया, एक थान ड्रोन, ९० पशुचौपाया, ११ थान आरा, सावेल १०८, शिशाका गोली र केही बारुद्ध, रुख काट्ने चेन र बसिलालगायत बरामद गरिएको निर्देशनालयले जनाएको छ ।

खप्तड राष्ट्रिय निकुञ्जमा सिह शार्दूल गुल्म, मकालु बरुण राष्ट्रिय निकुञ्जमा नयाँ रणभिम गुल्म, कोशी टप्पु आरक्षमा दुर्गादल गुल्म, ढोरपाटन शिकार आरक्षमा शत्रुमर्दन गुल्म, सगरमाथा राष्ट्रिय निकुञ्जमा रणशुर गुल्म र रारा राष्ट्रिय निकुञ्जमा श्रीबक्स गुल्म वनस्पती संरक्षण र दुर्लभ वन्यजन्तु चोरी शिकारी नियन्त्रणमा क्रियाशील छ ।

मध्यवर्ती क्षेत्रमा हुने जङ्गली जनावरको आक्रमण, गरिबी र वन्यजन्तु चोरी शिकार र ओसारपसारमा संलग्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गिरोहका कारण प्रकृति संरक्षण र वन्यजन्तु चोरी शिकारी नियन्त्रणमा भने अझै चुनौती कायम रहेको बताइएको छ । पछिल्ला वर्षमा दुर्लभ जङ्गली जनावरको शिकारका घटनामा रोकथाममा उल्लेख्य सुधार आएको छ ।

प्रकृति संरक्षणमा उल्लेख्य योगदान पुर्‍याएबापत सेनाका कयौँ सकल दर्जा प्रकृति संरक्षण पदकबाट विभूषित पनि भइसकेका छन् । विश्व वन्यजन्तु कोष, राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु विभागले समेत सेनाको प्रकृतिक संरक्षण कार्यमा सहयोग पुर्‍याउँदै आएको छ । प्रकृति र दुर्लभ वन्यजन्तु संरक्षणको महत्व उजागर गर्न सेनाले विसं २०७२ मा प्रकृति संरक्षण शिक्षालयसमेत स्थापना गरेको छ ।

विभिन्न भौगोलिक धरातल र हावापानीका कारण मुलुकका प्रत्येक राष्ट्रिय निकुञ्ज तथा आरक्षको आ–आफ्नै विशेषता र महत्व छ । नेपालका राष्ट्रिय निकुञ्ज एवं आरक्ष वन्यजन्तुका लागि मात्र होइन वनस्पति, चराचुरुङ्गी, पर्यटन पदमार्ग, हिमाल र तालतलैयाका लागिसमेत विश्व विख्यात छन् । एक सिङ्घे गैँडा, पाटेबाघ, हात्ती, चितुवा, अर्ना, बाह्रसिङ्गा, कस्तुरी, न्याउर, डाँफे–मुनाल, काँडेभ्याकुर, गोही, लाँलीगुरास, रारा र शे–फोक्सुण्डो ताल हाम्रा राष्ट्रिय निकुञ्ज तथा आरक्षका अमूल्य निधि हुन् ।

फागुनमा २४ हजार ८६१ पटक गस्ती

वन्यजन्तु चोरी शिकारी नियन्त्रणका लागि तैनाथ गण र गुल्मले फागुनमा मात्रै पनि २४ हजार ८६१ पटक गस्ती, चार हजार ७५९ पटक राति गस्ती, चार हजार ४९० एम्बुसअर्थात् चोरी शिकारीलाई गौडा छेक्ने काम गरेको थियो । सेनाले चोरी शिकारी नियन्त्रणका लागि २०४ पटक चेकप्वाइन्ट खडा गरेको र १६३ घेरा हालेर कारवाही चलाएको जानकारी दिइएको छ । उक्त कार्यलाई थप प्रभावकारी तुल्याउन सेनाले महाहन्ट अभियानसमेत बेला बखत चलाउँदैआएको छ ।

नियमित तथा अनवरत सञ्चालित सैनिक कारवाही र संरक्षण सहयोगमा दुर्लभ वन्यजन्तुको सङ्ख्या उल्लेखनीय वृद्धि भएको छ । प्रकृतिक संरक्षणमा नेपालले अहिले प्रयोग गरेको विधि र नमूना विश्वका लागि उदाहरणीय बनेको छ । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु विभागका महानिर्देशक दीपक खनालले भने, ‘जल, जङ्गल र जमिनसहित भौगोलिक र प्राकृतिक विविधताले भरिपूर्ण नेपाल आफैँमा सुन्दर छ । सरकारी प्रयास, समुदायको सहभागिता र अन्तर्राष्ट्रिय साथ र सहयोग नै प्रकृति संरक्षणमा हामीले हासिल गरेको प्रमुख उपलब्धि हो ।’

नेपालको सामाजिक बनोट, सस्कृति र परम्पराले पनि वन्यजन्तु र प्रकृति सरक्षणका लागि प्रेरित गरिरहेको बताउँदै उनले भने, ‘हाम्रा सम्पत्ति भनेकै प्राकृतिक स्रोतसाधन हुन् । रासस

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । कीर्तिपुर नगरपालिका-१ ट्याङ्ला फाँटमा बा ५ च ३०३८ नम्बरको गाडी आगलागी भएको थियो । उक्त गाडीबाट एक जना पुरुषको शव निकालिएको काठममाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका सूचना अधिकारी एसपी नरेशराज सुवेदीले जानकारी दिए । आगलागी भएको गाडी नबिल बैंकको नाममा रहेको खुलेको प्रहरीले जानाएको छ । घटनाको थप अनुसन्धान सुरु भएको छ ।

बारा । कलैया उपमहानगरपालिका–४ गुप्ता पेट्रोल पम्प नजिक गए राति करिब साढे १२ बजे तिर भएको दुर्घटनामा स्थानका ४० वर्षीय शिवनारायण पासवानको  मृत्यु भएको प्रहरीले जनाएको छ। उनी ट्रकमा सवार थिए। दुर्घटनामा गम्भीर घाइते भएका उनको उपचारका क्रममा राति नै प्रादेशिक अस्पताल कलैयामा मृत्यु भएको हो। बरियारपुरबाट कलैयातर्फ आउँदै गरेको बा. १ क ४८३६ नम्बरको […]

एजेन्सी । सोमबार, जुलाई २०, २०२६ अगरतलास्थित राज्य प्रहरी मुख्यालय PHQ को कार्यालय च्याम्बर भित्रको बाथरुममा उनलाई तुरुन्तै GB पन्त अस्पताल लगिएको थियो, तर डाक्टरले 12:48 बजे मृत घोषणा गरे प्रहरीले अहिलेसम्म आधिकारिक कारण नखुलाए पनि धेरैजसो मिडियाले आत्महत्या भएको आशंका गरेको छ। केही रिपोर्टमा आफ्नै सरकारी पेस्तोलबाट गोली हानेको आशंका गरिएको छ भने केहीमा […]

error: Content is protected !!