२७ मंसिर २०८२, शनिबार
13-12-2025 , Sat
×

हवाई यात्रुहरु बढेपछि नेपालगञ्ज पोखरा उडान थप हप्ताको ३ दिन

Logo
प्रकाशित आइतबार, चैत्र ०८, २०७७


(महेन्द्र सिंह)
बाँके । नेपालगञ्ज–पोखरा हवाई उडानमा यात्रा गर्ने यात्रु बढ्दै गएपछि उडान सङ्ख्या थप गरिएको छ ।
पोखरा जाने र फर्कने पर्यटक यात्रुको सङ्ख्या बढेपछि सातामा दुई दिन शुक्रबार र आइतबार हुँदै आएको उडानलाई थप गरेर बुधबार पनि शुरु गरिएको नेपाल एसोसियसन अफ टुर एण्ड ट्राभल एजेन्ट नाटा बाँकेले जनाएको छ ।
पर्यटन व्यवसायीहरुको लामो प्रयासपछि निजी क्षेत्रको पहलबाट गत फागुन ७ गतेदेखि नेपालगञ्ज–पोखरा चार्टर उडान शुरु गरिएको थियो ।
नेपाल एसोसियसन अफ टुर एण्ड ट्राभल एजेन्ट नाटा बाँके च्याप्टरका अध्यक्ष श्रीराम सिग्देलका अनुसार भारतीय पर्यटकलगायत आन्तरिक पर्यटकलाई समेत पोखरा भ्रमण गराउने र गण्डकीका पर्यटकलाई बाँके र बर्दिया भ्रमण गराउने उद्देश्यले सीता एअरमार्फत् शुरु गरिएको नेपालगञ्ज–पोखरा र पोखरा–नेपालगञ्ज हवाई उडानमा यात्रुको चाप बढ्दै गएपछि उडान थप गरिएको हो ।
पर्यटकको सङ्ख्या बढ्दै गएपछि आफूहरु उत्साहित भएको जनाउँदै अध्यक्ष सिग्देलले यात्रु सङ्ख्या हेरेर उडान अझैँ थप गर्दै लगिने बताउनुभयो ।
उहाँले बर्दिया निकुञ्ज अवलोकनसँगै भारत जाने पर्यटकहरु पोखराबाट यता आइरहेकाले बर्दियाका व्यवसायी पनि उत्साही बनेको बताउनुभयो ।
कोरोनाले सबैभन्दा बढी मारमा परेको पर्यटन क्षेत्रको प्रवद्र्धनका लागि नाटा बाँकेले बाँके, बर्दिया, कर्णालीको मुगु, प्युठान र सुदुरपश्चिमका पर्यटकीय क्षेत्रसँग नेपालगञ्जलाई साझै जोड्ने अभियान शुरु गरेको सिग्देलले बताउनुभयो ।
शुरुमा सातामा दुईवटा चार्टर उडान गर्ने गरी सेवा शुरु गरिए पनि यात्रु बढ्दै गएकाले एक उडान थप गरिएको सीता एअर नेपालगञ्जले जनाएको छ । पछि आवश्यकता अनुसार उडान सङ्ख्या अझैँ बढाउन सकिने पनि सो एअरलाइन्सले जनाएको छ ।
लामो समयदेखि बाँके र बर्दियाका पर्यटन व्यवसायीले नेपालगञ्ज–पोखरा र नेपालगञ्ज–दिल्ली हवाई उडानका लागि प्रयास गर्दै आए पनि सरकारीस्तरबाट शुरु नगरिँदा निजी क्षेत्रबाट पोखरा उडान शुरु गरिएको हो ।
नेपालगञ्ज–पोखरा उडान शुरु गरिएपछि पोखरा जान र फर्कन चाहने भारतीय पर्यटकहरु काठमाडौं पुगेर पोखरा जाने आउने बाध्यता समेत अन्त्य भएको छ ।रासस

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । लमहीमा पेस्तोल पड्किदा एक जना घाइते भएका छन । यो आज बिहान पौने ११ बजेको घटना हो । घाइते हुनेमा लमहीको रातो डांडा स्थित रोयल प्यालेस होटलमा काम गर्ने १८ वर्षिय सिसम गौतम रहेको दाङका प्रहरी प्रवक्ता चक्र बहादुर शाहले जानकारी दिनु भएको छ । कोठा सफा गर्ने क्रममा एसिमाथी लुकाएर राखेको पेस्तोल […]

काठमाडौं । डम्बर विकले द’लित समुदायमा जन्मिएर विभे’द र बहि*ष्क’रणका कठि-नाइ पार गर्दै प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) पदसम्म पुगेर इतिहास रचेका छन्। उनको संघ’र्षमय जीवन र सफलताले द’लित तथा सीमान्तकृ’त समुदायका लागि प्रेरणाको स्रोत बनेको छ र न्यायको पहुँचमा आशा जगाएको छ। विकको सफलताले वि’भेद र दल’नबीच पनि निरन्तर संघर्ष र मिहिनेतले शिखर चुम्न सकिन्छ […]

रुपन्देही । विगत केही वर्षदेखि बेलायतमा बसिरहेका २७ वर्षीय नारायण ढकाललाई गत कार्तिक २५ गते उनको परिवारले रूपन्देहीको तिलोत्तमा नगरपालिका–११ मृगौलीस्थित करुणा चौतारी फाउन्डेसनद्वारा सञ्चालित लागू औषध उपचार तथा पुन:स्थापना केन्द्रमा भर्ना गरेको थियो । तर, आइतबार उक्त केन्द्रले ढकालको मृत्यु भएको भन्दै परिवारलाई खबर गर्‍यो । केन्द्रका कर्मचारी र केन्द्रभित्र सुधारका लागि राखिएकाहरुको कुटपिटबाट […]

error: Content is protected !!