०१ पुष २०८२, मंगलबार
16-12-2025 , Tue
×

हवाई यात्रुहरु बढेपछि नेपालगञ्ज पोखरा उडान थप हप्ताको ३ दिन

Logo
प्रकाशित आइतबार, चैत्र ०८, २०७७


(महेन्द्र सिंह)
बाँके । नेपालगञ्ज–पोखरा हवाई उडानमा यात्रा गर्ने यात्रु बढ्दै गएपछि उडान सङ्ख्या थप गरिएको छ ।
पोखरा जाने र फर्कने पर्यटक यात्रुको सङ्ख्या बढेपछि सातामा दुई दिन शुक्रबार र आइतबार हुँदै आएको उडानलाई थप गरेर बुधबार पनि शुरु गरिएको नेपाल एसोसियसन अफ टुर एण्ड ट्राभल एजेन्ट नाटा बाँकेले जनाएको छ ।
पर्यटन व्यवसायीहरुको लामो प्रयासपछि निजी क्षेत्रको पहलबाट गत फागुन ७ गतेदेखि नेपालगञ्ज–पोखरा चार्टर उडान शुरु गरिएको थियो ।
नेपाल एसोसियसन अफ टुर एण्ड ट्राभल एजेन्ट नाटा बाँके च्याप्टरका अध्यक्ष श्रीराम सिग्देलका अनुसार भारतीय पर्यटकलगायत आन्तरिक पर्यटकलाई समेत पोखरा भ्रमण गराउने र गण्डकीका पर्यटकलाई बाँके र बर्दिया भ्रमण गराउने उद्देश्यले सीता एअरमार्फत् शुरु गरिएको नेपालगञ्ज–पोखरा र पोखरा–नेपालगञ्ज हवाई उडानमा यात्रुको चाप बढ्दै गएपछि उडान थप गरिएको हो ।
पर्यटकको सङ्ख्या बढ्दै गएपछि आफूहरु उत्साहित भएको जनाउँदै अध्यक्ष सिग्देलले यात्रु सङ्ख्या हेरेर उडान अझैँ थप गर्दै लगिने बताउनुभयो ।
उहाँले बर्दिया निकुञ्ज अवलोकनसँगै भारत जाने पर्यटकहरु पोखराबाट यता आइरहेकाले बर्दियाका व्यवसायी पनि उत्साही बनेको बताउनुभयो ।
कोरोनाले सबैभन्दा बढी मारमा परेको पर्यटन क्षेत्रको प्रवद्र्धनका लागि नाटा बाँकेले बाँके, बर्दिया, कर्णालीको मुगु, प्युठान र सुदुरपश्चिमका पर्यटकीय क्षेत्रसँग नेपालगञ्जलाई साझै जोड्ने अभियान शुरु गरेको सिग्देलले बताउनुभयो ।
शुरुमा सातामा दुईवटा चार्टर उडान गर्ने गरी सेवा शुरु गरिए पनि यात्रु बढ्दै गएकाले एक उडान थप गरिएको सीता एअर नेपालगञ्जले जनाएको छ । पछि आवश्यकता अनुसार उडान सङ्ख्या अझैँ बढाउन सकिने पनि सो एअरलाइन्सले जनाएको छ ।
लामो समयदेखि बाँके र बर्दियाका पर्यटन व्यवसायीले नेपालगञ्ज–पोखरा र नेपालगञ्ज–दिल्ली हवाई उडानका लागि प्रयास गर्दै आए पनि सरकारीस्तरबाट शुरु नगरिँदा निजी क्षेत्रबाट पोखरा उडान शुरु गरिएको हो ।
नेपालगञ्ज–पोखरा उडान शुरु गरिएपछि पोखरा जान र फर्कन चाहने भारतीय पर्यटकहरु काठमाडौं पुगेर पोखरा जाने आउने बाध्यता समेत अन्त्य भएको छ ।रासस

कमेन्ट गर्नुहोस्
सम्बन्धित

कैलाली । धनगढीबाट सञ्चालित ‘नयाँ सन्देश’ अनलाइनकी प्रधाानसम्पादक रमा चन्दलाई दुव्र्यवहार गर्ने २८ वर्षीय मनीष श्रेष्ठलाई कैलाली प्रहरीले पक्राउ गरेको छ । पत्रकार चन्दमाथि धनगढीमा सञ्चालन भइरहेको सुदूरपश्चिम महोत्सवमा दुव्र्यवहार भएको थियो । आफूमाथि भएको दुव्र्यवहारविरुद्ध चन्दले प्रहरीमा उजुरी दिएकी थिइन् । पक्राउ परेका श्रेष्ठ पाल्पा घर भई धनगढीमा डेरा गरी बस्दै आएका गाडी चालक […]

काठमाडौँ । उपत्यकाका प्रहरी प्रमुख एआइजी ईश्वर कार्कीले सम्पन्न भएको एनपीएल खेल र नेकपा एमालेको महाधिवेशन कार्यक्रमलाई सभ्य र मर्यादित बनाउन सुरक्षा योजना लिएर फिल्डमा खटिएका प्रहरी कर्मचारीहरूलाई धन्यवाद दिएका छन्। एआईजी कार्कीले नेपाल प्रहरीले बनाएको सुरक्षा योजना अनुसार फिल्ममा खटेर आफ्नो जिम्मेवारीलाई उत्कृष्ट ढङ्गले निर्वाह गरेको भन्दै एसएसपीदेखि जवानसम्मका कर्मचारीलाई धन्यवाद दिएका छन्।

काठमाडौं । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले सशस्त्र प्रहरी बलका सबै एआईजीलाई एकसाथ सरुवा गर्ने निर्णय गरेको हो। सरुवा निर्णयअनुसार हाल सीमा सुरक्षा विभागमा कार्यरत एआईजी गणेश ठाडा मगरलाई कार्य विभागमा सरुवा गरिएको छ। त्यस्तै, कार्य विभागमा कार्यरत एआईजी नारायणदत्त पौडेललाई मानव स्रोत विभागमा जिम्मेवारी दिइएको छ। यसअघि मानव स्रोत विभागमा कार्यरत एआईजी वंशीराज दाहाललाई सीमा […]

error: Content is protected !!