२६ बैशाख २०८३, शनिबार
09-05-2026 , Sat
×

दुई (एसएसपी) माथि आर्थिक अनियमितताबारे अख्तियारको छानविन

Logo
प्रकाशित आइतबार, चैत्र ०८, २०७७

 

ABC (क्राईमबिट)
काठमाडौं । नेपाल प्रहरीका दुई वरिष्ठ उपरीक्षक (एसएसपी)माथि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानविन गरिरहेको छ । महानगरीय प्रहरी परिसर ललितपुरकी प्रमुख किरण बज्राचार्य र प्रहरी हेड्क्वार्टर नक्सालमा कार्यरत पुजा सिंहको आर्थिक अनियमितताबारे आयोगले छानविन गरेको हो ।

बज्राचार्य महानगरीय प्रहरी परिसर भक्तपुमा एसपी हुँदा बेवारिसे शव व्यवस्थापनका लागी निकासा भएको सरकारी पैसा हिनामिना गरेको आरोपमा उजुरी परेको थियो । उनी ०७२ असोज देखि ०७३ मंसिर सम्म भक्तपुर इन्चार्ज थिइन् ।
सिंहमाथि जिल्ला प्रहरी कार्यालय काभ्रेको एसपी हुँदा सरुवा भएर जाने कर्मचारीले पाउने टिएडिए नदिएर आफैंले हिनामिना गरेको आरोप छ । सरुवा भएर जाने कर्मचारीलाई दिनुपर्ने भत्ता रकम लेखापालसँग मिलेर उनले नक्कली हस्ताक्षर गरेर कागजपत्र मिलाएको भन्दै उजुरी परेको थियो ।

सिंह ०७१ भदौदेखि ०७२ असोजसम्म काभ्रेको इन्चार्ज थिइन् । अहिले उनी प्रहरी हेडक्वार्टरको प्रशासन महाशाखामा कार्यरत छिन् । बज्राचार्य र सिंह विरुद्ध परेको उजुर उपर छानविन भइरहेको अख्तियारका सहायक प्रवक्ता वेदप्रसाद भण्डारीले रातोपाटीलाई बताए । भण्डारीले भने– ‘उहाँहरु विरुद्ध परेको उजुरीको सम्बन्धमा विस्तृत अनुसन्धान भइरहेको छ ।’ अनुसन्धान अधिकृतले निचोड सहितको प्रतिवेदन पेश गरेपछि आयोगको पूर्ण बैठकबाट मुद्दा चलाउने वा नचलाउने भन्नेबारे निर्णय हुन्छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

बाँके । प्रहरीले राति भारतबाट नेपालतर्फ विभिन्न सामान तस्करी भईरहेकाे भनेर गोप्य सूचनाको आधारमा ३ लाख भन्दा बढीको समानहरु नियन्त्रणमा लिएको छ । बाँके प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक दिपक पातलीका अनुसार करिब दुई लाख बढी बराबरकाे सामान बरामद गरिएको हाे । बैशाख २३ गते खजुरा गाउँपालिका वडा नम्बर – १ सैनिक क्षेत्रबाट बरामद गरिएको […]

नेपाल प्रहरीको चेतावनी: AI बाट प्रहरीहरुको पोसाकमा फोटो/भिडियो बनाए कार्वाही हुने, काठमाडौं । के भन्यो प्रहरीले नेपाल प्रहरीले कृत्रिम बुद्धिमत्ता (AI) प्रयोग गरेर प्रहरी पोसाक लगाएको फोटो वा भिडियो नबनाउन सर्वसाधारणलाई आग्रह गरेको छ। *कानुनी आधार:* बिना अनुमति प्रहरी पोसाक प्रयोग गर्नु, डिजिटल रूपमा परिवर्तन गर्नु वा गलत ढंगले प्रस्तुत गर्नु *गैरकानुनी* हो। यस्तो कार्य […]

सर्लाही । के भएको थियो:* सर्लाहीको लालबन्दी नगरपालिका अन्तर्गतका केही सामुदायिक विद्यालयमा युट्युबरहरू पठनपाठन भइरहेकै बेला विद्यालय परिसरमा प्रवेश गरेर अनावश्यक भिडियो अन्तर्वार्ता लिने गरेको गुनासो आयो। यसले शैक्षिक गतिविधिमा बाधा पुगेको विद्यालयहरूको भनाइ छ। 2266 *मेयरको वक्तव्य/नगरको धारणा:* लालबन्दी नगरपालिकाले सार्वजनिक विज्ञप्तिमार्फत ध्यानाकर्षण गराएको छ। नगरले युट्युबरहरूले पठनपाठन सञ्चालन भइरहेको अवस्थामा विद्यालयभित्र पसेर शैक्षिक […]

error: Content is protected !!