२५ साउन २०८३, सोमबार
10-08-2026 , Mon
×

कैलाली प्रहरीले लागूऔषध कारोबारी पाँचजना पक्राउ

Logo
प्रकाशित आइतबार, चैत्र ०८, २०७७

 

(सर्मिला बोगटी)
काठमाडौं । कैलाली, बारा, झापा र कास्कीका छुट्टाछुट्टै स्थानबाट अबैध लागूऔषधसहित पाँच जना लागूऔषध कारोबारी पक्राउ परेका छन् ।

प्रहरीका अनुसार कैलाली धनगढी उपमहानगरपालिका-४ बसपार्कबाट कंचनपुर बेलौरी नगरपालिका-७ बस्ने २० वर्षीय विबेक सुनारलाई नियन्त्रित लागूऔषध ३ सय ६ ट्याब्लेट नाईट्रोभेट सहित शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय कैलाली र अस्थाई प्रहरी पोष्ट बसपार्कबाट खटिएको प्रहरीले जाँच गर्दा उक्त लागूऔषध सहित फेला पारी उनलाई पक्राउ गरेको हो ।

यसैगरी बारा करैयामाई गाउँपालिका-८ ईटहर भेलाहीबाट अवैध लागूऔषध १ केजी अफिम सहित जितपुर सिमरा उपमहानगरपालिका-१६ टागियाबस्ती बस्ने २७ वर्षीय राजकुमार योन्जन तामाङलाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

तामाङ सवार ना.३५ प ८२२ नम्बरको मोटरसाइकल जिल्ला प्रहरी कार्यालय बाराबाट खटिएको प्रहरीले जाँच गर्दा उक्त लागू औषध सहित फेला पारी उनलाई पक्राउ गरेको हो ।

यसैगरी झापा बुद्धशान्ती गाउँपालिका-३ पुलचोकबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने लिसाईलो पदार्थ ५ ग्राम सहित सोही ठाउँ बस्ने २६ वर्षीय सुबास लिम्बुलाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय बुधबारेबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो ।

यसैगरी कास्की पोखरा महानगरपालिका-३० पावरहाउस चोकबाट नियन्त्रित लागूऔषध १ सय एम्पुल फेनरागन, ९९ एम्पुल नुर्फिन र १ सय एम्पुल डाईजेपाम सहित २ जनालाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा रुपन्देही सिद्धार्थ नगरपालिका-३ बस्ने २० वर्षीय चुडामणि खतिवडा र १८ वर्षीय किशोर रहेका छन् । वडा प्रहरी कार्यालय गगनगौडाबाट खटिएको प्रहरीले काठमाडौंबाट पोखरातर्फ जाँदै गरेको ग.१ ख ५६३० नम्बरको बस जाँच उक्त लागूऔषध सहित फेला पारी उनीहरुलाई पक्राउ गरेको हो ।रासस

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । उपत्यका ट्राफिक प्रहरी कार्यालय र मातहतका युनिटहरू सडक सुरक्षा तथा ट्राफिक व्यवस्थापन ट्राफिक व्यवस्थापन प्रभावकारी बनाउने उपत्यकाको बढ्दो सवारी चाप र जाम नियन्त्रणका लागि रणनीति सडक सुरक्षा सचेतना दुर्घटना न्यूनीकरणका लागि प्रहरी कर्मचारीलाई प्राविधिक र व्यवहारिक ज्ञान जनसेवा उन्मुख प्रहरी नागरिकप्रति सम्मानजनक व्यवहार र कानूनको सही कार्यान्वयन स्मार्ट ट्राफिक लाइट, सिसिटिभी,लेन अनुशासन सम्बन्धी […]

दाङ । महिला सशक्तीकरणको कुरा गर्दा अब महिलालाई केवल अधिकार र अवसरको कुरा गरेर मात्र पुग्दैन। महिलालाई आर्थिक रूपमा आत्मनिर्भर, उद्यमशील र व्यवसायी बनाउनु आजको महत्वपूर्ण आवश्यकता हो। परिवार, समाज र राष्ट्रको विकासमा महिलाको भूमिका अत्यन्त महत्वपूर्ण भए पनि अझै धेरै महिला आफ्नै क्षमता र सीप हुँदाहुँदै पनि आर्थिक अवसरबाट टाढा छन्। त्यसैले महिलालाई सीप, […]

कपिलवस्तु । इलाका प्रहरी कार्यालय गोरुसिङ्गेका प्रहरी निरीक्षक दीपक कुँवरका अनुसार जंगलमा शव फेला परेपछि गरिएको सनाखतबाट मृतक पूर्वमेयर सिंह नै रहेको पुष्टि भएको हो। प्रहरीले शव फेला परेको स्थानमा आवश्यक मुचुल्का तथा कानुनी प्रक्रिया पूरा गरी घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ। पूर्वमेयर सिंह सम्पर्कविहीन भएपछि प्रहरीले खोजी अभियान सञ्चालन गरेको थियो।