२७ मंसिर २०८२, शनिबार
13-12-2025 , Sat
×

कैलाली प्रहरीले लागूऔषध कारोबारी पाँचजना पक्राउ

Logo
प्रकाशित आइतबार, चैत्र ०८, २०७७

 

(सर्मिला बोगटी)
काठमाडौं । कैलाली, बारा, झापा र कास्कीका छुट्टाछुट्टै स्थानबाट अबैध लागूऔषधसहित पाँच जना लागूऔषध कारोबारी पक्राउ परेका छन् ।

प्रहरीका अनुसार कैलाली धनगढी उपमहानगरपालिका-४ बसपार्कबाट कंचनपुर बेलौरी नगरपालिका-७ बस्ने २० वर्षीय विबेक सुनारलाई नियन्त्रित लागूऔषध ३ सय ६ ट्याब्लेट नाईट्रोभेट सहित शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय कैलाली र अस्थाई प्रहरी पोष्ट बसपार्कबाट खटिएको प्रहरीले जाँच गर्दा उक्त लागूऔषध सहित फेला पारी उनलाई पक्राउ गरेको हो ।

यसैगरी बारा करैयामाई गाउँपालिका-८ ईटहर भेलाहीबाट अवैध लागूऔषध १ केजी अफिम सहित जितपुर सिमरा उपमहानगरपालिका-१६ टागियाबस्ती बस्ने २७ वर्षीय राजकुमार योन्जन तामाङलाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

तामाङ सवार ना.३५ प ८२२ नम्बरको मोटरसाइकल जिल्ला प्रहरी कार्यालय बाराबाट खटिएको प्रहरीले जाँच गर्दा उक्त लागू औषध सहित फेला पारी उनलाई पक्राउ गरेको हो ।

यसैगरी झापा बुद्धशान्ती गाउँपालिका-३ पुलचोकबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने लिसाईलो पदार्थ ५ ग्राम सहित सोही ठाउँ बस्ने २६ वर्षीय सुबास लिम्बुलाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय बुधबारेबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो ।

यसैगरी कास्की पोखरा महानगरपालिका-३० पावरहाउस चोकबाट नियन्त्रित लागूऔषध १ सय एम्पुल फेनरागन, ९९ एम्पुल नुर्फिन र १ सय एम्पुल डाईजेपाम सहित २ जनालाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा रुपन्देही सिद्धार्थ नगरपालिका-३ बस्ने २० वर्षीय चुडामणि खतिवडा र १८ वर्षीय किशोर रहेका छन् । वडा प्रहरी कार्यालय गगनगौडाबाट खटिएको प्रहरीले काठमाडौंबाट पोखरातर्फ जाँदै गरेको ग.१ ख ५६३० नम्बरको बस जाँच उक्त लागूऔषध सहित फेला पारी उनीहरुलाई पक्राउ गरेको हो ।रासस

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । लमहीमा पेस्तोल पड्किदा एक जना घाइते भएका छन । यो आज बिहान पौने ११ बजेको घटना हो । घाइते हुनेमा लमहीको रातो डांडा स्थित रोयल प्यालेस होटलमा काम गर्ने १८ वर्षिय सिसम गौतम रहेको दाङका प्रहरी प्रवक्ता चक्र बहादुर शाहले जानकारी दिनु भएको छ । कोठा सफा गर्ने क्रममा एसिमाथी लुकाएर राखेको पेस्तोल […]

काठमाडौं । डम्बर विकले द’लित समुदायमा जन्मिएर विभे’द र बहि*ष्क’रणका कठि-नाइ पार गर्दै प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) पदसम्म पुगेर इतिहास रचेका छन्। उनको संघ’र्षमय जीवन र सफलताले द’लित तथा सीमान्तकृ’त समुदायका लागि प्रेरणाको स्रोत बनेको छ र न्यायको पहुँचमा आशा जगाएको छ। विकको सफलताले वि’भेद र दल’नबीच पनि निरन्तर संघर्ष र मिहिनेतले शिखर चुम्न सकिन्छ […]

रुपन्देही । विगत केही वर्षदेखि बेलायतमा बसिरहेका २७ वर्षीय नारायण ढकाललाई गत कार्तिक २५ गते उनको परिवारले रूपन्देहीको तिलोत्तमा नगरपालिका–११ मृगौलीस्थित करुणा चौतारी फाउन्डेसनद्वारा सञ्चालित लागू औषध उपचार तथा पुन:स्थापना केन्द्रमा भर्ना गरेको थियो । तर, आइतबार उक्त केन्द्रले ढकालको मृत्यु भएको भन्दै परिवारलाई खबर गर्‍यो । केन्द्रका कर्मचारी र केन्द्रभित्र सुधारका लागि राखिएकाहरुको कुटपिटबाट […]

error: Content is protected !!