०५ चैत्र २०८२, बिहिबार
19-03-2026 , Thu
×

गृह मन्त्रालयले नेपाल प्रहरीका महानिरीक्षक थापालाई सर्वोत्कृष्ट पुरस्कृत

Logo
प्रकाशित आइतबार, चैत्र ०८, २०७७

ABC (क्राईमबिट)
काठमाडौं । गृह मन्त्रालय र अन्तर्गतका निकायहरुमध्ये बेरुजु फर्छ्यौट मापनको वर्गीकरणमा आर्थिक वर्ष २०७६/०७७ को नेपाल प्रहरीको कायम बेरुजुमध्ये समग्रमा ९५.४६ प्रतिशत फर्छ्यौट गराई बेरुजु फर्छ्यौट प्रगतिमा नेपाल प्रहरी सर्वोत्कृष्ट स्थान हासिल गर्न सफल भएको छ ।

गृह मन्त्रालयमा आइतबार आयोजित कार्यक्रममा गृहमन्त्री राम बहादुर थापा ‘बादल’ ले प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीलाई नेपाल प्रहरीले सर्वोत्कृष्ट स्थान हासिल गरेकोमा नगद १० हजार रुपैयाँ पुरस्कार सहित प्रंशासापत्र प्रदान गरेका छन् ।

उक्त अवसरमा गृहमन्त्री थापाले पुरस्कृत पदाधिकारीहरुलाई बधाई दिँदै पुरस्कारले थपेको जिम्मेवारी र चुनौतीलाई सहर्ष स्वीकार गरी आगामी दिनमा अझै सक्रिय भई काम गरी सफलता हासिल गर्ने अपेक्षा रहेको बताए । देशको समृद्धि तथा विकास, सुशासन, नागरिकको आकाङ्क्षा र सरकारले आव्हान गरेको समृद्ध नेपाल र सुखी नेपालीको अपेक्षा पूरा गर्न लाग्नेतर्फ तत्पर हुनुपर्ने उनले उल्लेख गरे।

उक्त अवसरमा गृह सचिव महेश्वर न्यौपानेले पुरस्कृत भएपछि जिम्मेवारी थपिएको अन्तरआत्माबाट मनन गरी अझै उत्तरदायी भएर काम गर्ने बताए । बेरुजु फर्छ्यौटमा अझै समर्पित भएर काम गरी बेलाबेलामा समिक्षा गर्नुपर्नेमा उनले जोड दिए ।

प्रहरी प्रधान कार्यालय र अन्तर्गतका कार्यालयहरुको २०७६ साउनदेखि २०७७ असार मसान्तसम्म ९० प्रतिशत बेरुजु फर्छ्यौट गर्ने वार्षिक लक्ष्य रहेकोमा नेपाल प्रहरीको तर्फबाट कूल कायम बेरुजुमध्ये लक्ष्य भन्दा बढी ९५.४६ प्रतिशत फर्छ्‍यौट गरी हाल सम्मकै सर्वोत्कृष्ट स्थान हासिल गर्न नेपाल प्रहरी सफल भएको हो ।

आगामी दिनमा समेत यसरी नै निर्दिष्ट लक्ष्य अनुसार बेरुजु फर्छ्यौट कार्यमा नेपाल प्रहरीको लगनशिलता एवं सक्रियताको अपेक्षा गरिएको प्रशंसापत्रमा उल्लेख गरिएको छ ।

बेरुजु फर्छ्यौट मापनको वर्गीकरणमा २०७३/०७४, २०७४/०७५ र २०७५/०७६ गरी ३ वटा आ.व. मा समेत नेपाल प्रहरी सर्वोत्कृष्ट स्थान हासिल गर्न सफल भएको थियो ।रासस

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौँ । उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरी टोलीले कुटपिटमा संलग्न व्यक्तिलाई पक्राउ गरेको हो । कार्यालयका एक प्रहरीका अनुसार पक्राउ पर्नेमा भक्तपुरको चागुनारायण नगरपालिका-६ नगरकोटका ४१ वर्षीय गणेशबहादुर तामाङ हुन् । केही दिन अघि नगरकोट जाने बाटोमै तामाङले दुई  युवकहरूमाथि कुटपिट गरेका थिए । कुटपिटको भिडिओ सामाजिक सञ्जालमा भाइरल भएको थियो । त्यसपछि प्रहरीले खोजी […]

दाङ । तुल्सीपुर चलचित्र पत्रकार संघ दाङ शाखाको कार्यसमिति चयनप्रति मेरो गम्भीर आपत्ति रहेको जानकारी गराउन चाहन्छु । म चलचित्र पत्रकार सङ्घ दाङमा दुई कार्यकाल कार्यसमिति सदस्यको रूपमा जिम्मेवारी निर्वाह गरिसकेको व्यक्ति हुँ । संस्थाप्रतिको माया, लगाव र निरन्तर सक्रियताका कारण यस पटक सचिव पदमा मेरो स्वाभाविक आकांक्षा पनि थियो । तर दुर्भाग्यवश, संस्थाको विधि, […]

सुर्खेत । कर्णाली प्रदेश ट्राफिक प्रहरी कार्यालय सुर्खेतका निमित्त कार्यालय प्रमुख प्रहरी नायव उपरीक्षक हरि बहादुर बि.सी.बाट कार्यरत सम्पूर्ण प्रहरी कर्मचारीहरुको व्यक्तिगत टर्नआउट, विभिन्न शाखाहरु, मेश, ब्यारेक तथा वाड एरियाको निरीक्षण गर्नुका साथै आवश्यक निर्देशन प्रदान गर्नु भएको ।

error: Content is protected !!