२७ साउन २०८३, बुधबार
12-08-2026 , Wed
×

नेपाल पत्रकार महासंघको २६औं महाधिवेशन सम्वन्धमा मिडिया नेपालको सार्वजनिक आह्वान

Logo
प्रकाशित सोमबार, चैत्र ०९, २०७७

 

नेपाल पत्रकार महासंघको २६औं महाधिवेशन अन्तर्गत यहि चैत्र २५मा तोकिएको आसन्न निर्वाचनको प्रक्रियालाई मिडिया नेपालले नजिकबाट नियालिरहेको छ। यस निर्वाचनको माध्यमबाट केन्द्रीय समिति, प्रदेश समिति र शाखाहरु गरि तीनै तहमा नयाँ नेतृत्व चयन हुने दृष्टिबाट समेत यस चुनावले देशभरका संचारकर्मीहरुको ध्यान तानेको छ। नेपालकै पुरानो नागरिक संस्था एवं प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको पहरेदार संस्थाको नाताले नेपाल पत्रकार महासंघ देशभर क्रियाशिल रहेका सबै भेग, विचार, समूहका पत्रकारहरुको साझा मंचको रुपमै अघी जानुपर्छ भन्ने मान्यता मिडिया नेपालको रहेको छ र यसमा प्रतिवद्धता जनाउँछ। आसन्न निर्वाचनको सन्दर्भमा पनि पत्रकारीतासँग सम्बन्धित सबै संघ संस्थाहरुलाई एकठाउँमा उभिइ पत्रकार महासंघलाई सबै अट्ने साझा फुलवारी बनाउने गरि अघी बढ्न तथा पत्रकारीता क्षेत्रका क्रियाशिल र विचार समूहका सबै संघ संस्थाहरुलाई सामुहिक निर्णय लिने गरि अघी बढ्न आह्वान गर्दछौ।
तेज ओली
अध्यक्ष
मिडिया नेपाल
दाङ्ग

कमेन्ट गर्नुहोस्
सम्बन्धित

बाँके । डुडुवा गाउँपालिकाको सहयोगमा प्रहरी चौकी खडैचाको लागि आवश्यक सामानहरू प्राप्त भएका छन्। प्राप्त सामानहरू स्टिल दराज – १ थान टेबुल पंखा – १ थान टेबुल – १ थान सिलिङ पंखा – १ थान मल्टिप्लग – १ थान कार्यालयको दैनिक कामकाजलाई व्यवस्थित र सहज बनाउन यति महत्वपूर्ण सहयोग उपलब्ध गराउनु भएकोमा डुडुवा गाउँपालिकाको कार्यालय […]

काठमाडौं । सशस्त्र प्रहरी बल, नेपालको प्रधान कार्यालय शिक्षालय, गण तथा गुल्महरूमा नयाँ कार्यालय प्रमुखको जिम्मेवारी प्राप्त गर्नुभएका सशस्त्र प्रहरी वरिष्ठ अधिकृत तथा अधिकृतहरूलाई आईजिपी नारायण दत्त पौडेलले विशेष निर्देशन दिनुभएको छ। निर्देशनका मुख्य बुँदाहरू अनुमानित रूपमा आदेश पालन र अनुशासन: बलको मर्यादा कायम गर्दै मातहतलाई अनुशासित बनाउने सीमा सुरक्षा र अपराध नियन्त्रण: तस्करी, मानव […]

दाङ । घोराही उपमहानगरपालिका–१३ कलमघारी निवासी चामबहादुर कुमाल भारतबाट घर फर्किने क्रममा एक सातादेखि सम्पर्कविहीन भएपछि परिवार चिन्तित बनेको छ। श्रीमान् सम्पर्कमा नआएपछि उहाँकी श्रीमती बिमला कुमालले सञ्चारकर्मीहरूमार्फत चामबहादुरको खोजी गरिदिन सबैसँग आग्रह गर्नुभएको छ। भारतबाट घर फर्किन हिँडेका चामबहादुर एक साता बितिसक्दा पनि घर नआएको र परिवारसँग समेत सम्पर्क हुन नसकेको बिमलाले बताउनुभयो। श्रीमान्को […]