
(महेन्द्र सिंह)
बाँके । कोरोना संक्रमित एक महिलाको मृत्यु भएको छ । नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर २१ पुरैनाकी ६९ वर्षीया महिलाको आइतवार बिहान पौने ३ बजे भेरी अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो ।
जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्रका फोकल पर्सन तेज वलीका अनुसार उनमा माघ १७ गते कोरोना पुष्टि भएको थियो । योसँगै बाँकेमा कोरोनाबाट मृत्यु हुनेको संख्या ५६ पुगेको डाक्टर वलीले बातए।