२४ साउन २०८३, आइतबार
09-08-2026 , Sun
×

नेपाली सेनाका नक्कली सेकेण्ड लेफ्टिनेन्ट पोखराबाट पक्राउ

Logo
प्रकाशित सोमबार, चैत्र ०९, २०७७

ABC Sanchar
पोखरा । नेपाली सेनाको सहायक सेनानी (सेकेण्ड लेफ्टिनेन्ट) हुँ भन्दै हिँड्ने १ जनालाई कास्की प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा मुस्ताङ थासाङ गाउँपालिका-४ ठेगाना भएका १८ वर्षीय किशोर छन् । प्रहरीले उनलाई पोखरा महानगरपालिका-१४ चाउथेबाट शनिबार पक्राउ गरेको हो ।

निर्माणाधीन पोखरा अन्तर्राष्ट्रिय बिमानस्थलमा प्रवेश गरी शंकास्पद हर्कत गरे पश्चात त्यहाँ खटिएको नेपाली सेनाको टोलीले जाँच गर्दा निज नेपाली सेनामा कार्यरत नभएको पाइएकोले उनलाई नियन्त्रणमा लिइ आवश्यक अनुसन्धान तथा कारबाहीका लागि प्रतिवेदनसहित जिल्ला प्रहरी कार्यालय कास्कीमा बुझाएको हो ।

उनको साथबाट नेपाली सेनाको सहायक सेनानी दर्जाको दर्ज्यानी चिन्ह सहित पोसाक (चुस्ता), बुट, ‘श्री भगवतीदल गण पोखरा’ लेखिएको परिचयपत्र १ थान, फ्लाईरोज लेखिएको कालो रंगको नक्कली वाकिटकी रेडियो सेट १ थान, १ थान मोबाइल र रमेश श्रेष्ठको नामको नेपाली नागरिकताको प्रतिलिपि १ थान बरामद भएको छ ।

उनी उपर लिखत सम्बन्धी कसूर अन्तर्गत जिल्ला अदालत कास्कीबाट ७ दिन म्याद थप भई थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । उपत्यका ट्राफिक प्रहरी कार्यालय र मातहतका युनिटहरू सडक सुरक्षा तथा ट्राफिक व्यवस्थापन ट्राफिक व्यवस्थापन प्रभावकारी बनाउने उपत्यकाको बढ्दो सवारी चाप र जाम नियन्त्रणका लागि रणनीति सडक सुरक्षा सचेतना दुर्घटना न्यूनीकरणका लागि प्रहरी कर्मचारीलाई प्राविधिक र व्यवहारिक ज्ञान जनसेवा उन्मुख प्रहरी नागरिकप्रति सम्मानजनक व्यवहार र कानूनको सही कार्यान्वयन स्मार्ट ट्राफिक लाइट, सिसिटिभी,लेन अनुशासन सम्बन्धी […]

दाङ । महिला सशक्तीकरणको कुरा गर्दा अब महिलालाई केवल अधिकार र अवसरको कुरा गरेर मात्र पुग्दैन। महिलालाई आर्थिक रूपमा आत्मनिर्भर, उद्यमशील र व्यवसायी बनाउनु आजको महत्वपूर्ण आवश्यकता हो। परिवार, समाज र राष्ट्रको विकासमा महिलाको भूमिका अत्यन्त महत्वपूर्ण भए पनि अझै धेरै महिला आफ्नै क्षमता र सीप हुँदाहुँदै पनि आर्थिक अवसरबाट टाढा छन्। त्यसैले महिलालाई सीप, […]

कपिलवस्तु । इलाका प्रहरी कार्यालय गोरुसिङ्गेका प्रहरी निरीक्षक दीपक कुँवरका अनुसार जंगलमा शव फेला परेपछि गरिएको सनाखतबाट मृतक पूर्वमेयर सिंह नै रहेको पुष्टि भएको हो। प्रहरीले शव फेला परेको स्थानमा आवश्यक मुचुल्का तथा कानुनी प्रक्रिया पूरा गरी घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ। पूर्वमेयर सिंह सम्पर्कविहीन भएपछि प्रहरीले खोजी अभियान सञ्चालन गरेको थियो।