१५ बैशाख २०८१, शनिबार
27-04-2024 , Sat
×

काठमाडौं ट्राफिक महाशाखाले परिचालन गर्‍यो ९५ जना ट्राफिक स्वयंसेवकहरु

Logo
प्रकाशित सोमबार, चैत्र ०९, २०७७

 

ABC (क्राईमबिट)
काठमाडौं । उपत्यकाको ट्राफिक व्यवस्थापनलाई थप सहज, सुरक्षित एव व्यबस्थित बनाउने उद्देश्यले ट्राफिक प्रहरी महाशाखाले ट्राफिक स्वयंसेवक परिचालन गर्दै आएको छ ।

उपत्यकामा बर्षेनी सुरक्षित सडक प्रयोग नगर्दा धेरै पैदलयात्रुहरु दुर्घटनामा परि अनाहकमा ज्यान गुमाउनुको साथै ठुलो संख्यामा अंगभङ्ग हुने गरेको तथ्याङ्कबाट स्पष्ट देखिन्छ । सडक सुरक्षा तथा ट्राफिक नियमलाई बेवास्ता गरि लापरबाहि तरिकाले सडक पार गर्ने, जथाभावी हिड्डुल गर्दा दुर्घटनाको जोखिम उच्च रहने र समग्र सडक व्यवस्थापनमा समेत त्यसले असर गर्ने हुनाले त्यसलाई न्युनिकरण गर्न ट्राफिक स्वयंसेवक परिचालन एउटा प्रभावकारी उपाय हुने महाशाखाको अपेक्षा रहेको छ ।

महाशाखाले राष्ट्रिय सेवा दलका ५० जना र ट्रिनिटी कलेज र मेधावी कलेजका ४५ जना गरि ९५ जना बिद्यार्थीहरुलाई स्वयंमसेवक सम्बन्धी प्रशिक्षण दिइ सवारी तथा पैद्लयात्रीको चाप हुने विभिन्न चोक जक्सन, आकाशेपुल र जेब्राक्रसिङमा १० दिन सम्म आजैदेखि परिचालन गरिने महाशाखाले छ ।

उपत्यकाको बढि सवारी चाप तथा पैदलयात्रुको भीडभाड हुने स्थानहरुमा सहज र सुरक्षित आवागमन गर्ने लक्ष्य सहित ट्राफिक स्वयंसेवक परिचालन गरिदै आएको महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) जनक भट्टराईले बताए । त्यसरी खटिने ट्राफिक स्वयंसेवकले सुरक्षित तरिकाले बाटो काट्न सहयोग गर्नुका साथै आकाशेपुल तथा फुटपाथको प्रयोग नगर्ने पैदलयात्रुहरुलाई जथाभावी बाटो नकाट्न र नियमको पालना गर्न सन्देश प्रबाह गर्ने हेतु स्वयमसेवकले कार्य गर्ने एसएसपी भट्टराईले जानकारी दिए ।

केहि मिनेट मात्रै सवारी सञ्चालनमा सहज भयो भने पनि राहत महसुस हुने हुँदा ट्राफिक स्वयंसेवकले त्यो वातावरण तयार पार्ने विश्वास व्यक्त गरे । जेब्राक्रसिङ तथा जथाभावी बाटो काट्दा दुर्घटनामा परि मानिसको ज्यान गएको विगतको घटनाहरु सम्झदै उनले पैदलयात्रूको बढि भीडभाड हुने त्यस्ता क्षेत्रमा स्वयंसेवक परिचालन गरि उनीहरुलाई सुरक्षित यात्रा गराउन र सडक पार गर्न सहयोगी बन्ने समेत जानकारी दिए ।

यस अघि महाशाखाले बिभिन्न संघसंस्था, स्कुल कलेजका बिद्यार्थीहरुलाई ट्राफिक स्वयमसेवक सम्बन्धी प्रशिक्षण दिई बिभिन्न चरणमा परिचालन गरिएको र त्यसको प्रभावकारिता सँगै यसलाई निरन्तरता दिएको बताएको छ । हाल बिभिन्न चरणहरुमा ६१९ जना स्वयंसेवकहरु परिचालन भैसकेका छन भने ५७ जना ले दैनिक काम गर्दै आएका छन ।

स्वयमसेवक परिचालन बाट काठमाडौंको ट्राफिक व्यवस्थापनमा आम जनमानसले थोरै भएपनि राहत महशुस गर्ने र पैदलयात्रुलाई सहजता मिल्ने महाशाखाको बुझाई छ । स्वयंसेवकको उपयोगिता एव प्रभावकरिता हेरेर आगामी दिनमा थप परिचालन बढाउँदै लगिने महाशाखा प्रमुख भट्टराईले जनाएकका छन ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

(एबिसि संचार )                                                                  डीआईजी दुर्गा सिंहलाई गण्डकी प्रदेश प्रहरी कार्यालयमा सरुवा गरिएको छ । उपप्रधान एवम् गृहमन्त्री रवि लामिछानेले डीआईजी सिंहलाई गण्डकी प्रदेश […]

(एबिसि संचार ) सिराहामा छोराको हत्या गरेको आरोपमा एक आमा पक्राउ परेकी छन् । सखुवानन्कारकट्टी गाउँपालिका–५ घर भई हाल लहान नगरपालिका–१ मा बस्दै आएकी ३४ वर्षीया सरिताकुमारी साहलाई प्रहरीले नियन्त्रणमा लिएको हो । गत मंगलबारदेखि नै उनले ५ वर्षीय आफ्ना छोरा आयुशलाई नभेटेको छिमेकीहरुलाई बताएकी थिइन् । छिमेकीले खोजी गर्दासमेत बालक भेटिएका थिएनन् । त्यसपछि […]

(एबिसि संचार ) धनुषामा प्रहरी र स्थानीयबीच झडप भएको छ । युवायुवतीको प्रेम सम्बन्धको विषयलाई लिएर जिल्लाको औरही गाउँपालिका–१ पौडेसरमा दुई समूहबीच विवाद भएको थियो । विवादपछि एक समूहले सडक अवरुद्ध गर्दै प्रदर्शन गरेपछि बल प्रयोग गरेर खुलाउने क्रममा प्रहरी र स्थानीयबीच झडप भएको धनुषाका प्रहरी प्रवक्ता डीएसपी रञ्जन अवाले बताए । उनका अनुसार स्थिति […]