२८ साउन २०८३, बिहिबार
13-08-2026 , Thu
×

एमालेमा लागेका गृहमन्त्री बादलका मान्छेहरु प्रचण्डतिर फर्किए

Logo
प्रकाशित सोमबार, चैत्र ०९, २०७७

ABC Sanchar
काठमाडौं । गृहमन्त्री रामबहादुर थापा ‘बादल’ को खास मान्छे भनेर चिनिएका बिरु तामाङ ‘सुविद्’ र सुदिप ढुंगाना पुष्पकमल दाहाल प्रचण्डतिरै फर्किएका छन् ।

ढुंगाना पहिले वाईसीएलमा सचिव थिए भने वाईसीएल र प्रजातान्त्रिक राष्ट्रिय युवा संघको एकीकरणपछि बनेको युवा संघको केन्द्रीय सदस्य भए ।

यसअघि तामाङ बादलको स्वकीय सचिव थिए । नेकपाको विवादमा बादलले प्रधानमन्त्री ओलीलाई साथ दिएपछि पहिले राजनैतिक सल्लाहकार सूर्य सुवेदी पथिक र त्यसपछि तामाङले उनको साथ छाडेका छन् । हालै सम्पन्न युवा संघको भेलामा तामाङ वाईसीएल पुनर्गठनपछिको संयोजकका हैसियतले सहभागी थिए ।

तामाङले त्यतिबेला विचारको डण्डा लगाएर आफूहरूलाई धोका दिएको हाल युवा संघमा रहेका पूर्व वाईसीएल कार्यकर्ताले बताएका छन् । तामाङ बिरोधीहरूले उनलाई वर्षमान पुन ‘अनन्त’ को खास मान्छे भन्ने गरेका छन् ।

युवा संघमा आएपछि पनि अनन्तसँगको खास सम्बन्धका कारण अधिकांशलाई ओली पक्षतिर लाग्नबाट रोकेको उनीहरूको आरोप छ ।

माओवादी केन्द्र समर्थित धेरै युवा केपीतिर नजाउन् भनेर बिरुले शुरुदेखि नै पूर्व वाईसीएलहरूलाई रणनीतिक हिसाबले रोकेको रहस्य अहिले आफूहरूले थाहा पाएको युवा संघमा रहेका पूर्व वाइसीएल कार्यकर्ताले बताएका छन् । तर तामाङ र ढुंगाना फर्किएपनि आफूहरू भने माओवादी केन्द्रतिर नफर्कने उनीहरूको दाबी छ ।

उनीसङ्गै ओलीतिर गएका पुष्प श्रेष्ठले भने एमाले जिन्दावाद,बहुदलीय जनवाद जिन्दावाद भनेर फेसबुकमा लेख्न भ्याइसकेका छन् । जनआस्थाबाट

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । घोराही उपमहानगरपालिका वडा नं. १५, ट्राफिक चोक स्थित जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङको प्राङ्गमा जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङ जिल्ला प्रहरी कार्यालय दाङ प्राविधिक सहयोग: नेपाल रेडक्रस सोसाइटी रक्त सञ्चार केन्द्र, घोराही दाङ जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङका प्रहरी निरीक्षक केशव बहादुर खड्का* ज्यू, यातायात व्यवसायी, अटो व्यवसायी तथा चालकहरू, प्रहरी कर्मचारीहरू लगायतको […]

बाँके । नेपालगन्ज सदस्य पदका उम्मेदवार: सुरज बहादुर भण्डारी होटेल स्वस्तिक एवं स्वतिक कटेजका संचालक पनि हुन् किन सुरज बहादुर भण्डारीलाई भोट दिने ? गत २५ वर्षदेखि नेपालगन्जको व्यवसायमा सक्रिय भण्डारीसँग लामो अनुभव छ। व्यवसायीको समस्या, संघर्ष र सम्भावना उहाँले नजिकबाट बुझ्नुभएको छ। उहाँको प्रतिबद्धता, व्यवसायीको हकहित साना, मझौला र ठूला सबै व्यवसायीको आवाज बुलन्द […]

काठमाडौं । नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले संसदीय समितिको बैठकमा आफू र प्रहरी संगठनमाथि तथ्यहीन तथा जथाभावी आरोप लगाइएको भन्दै असन्तुष्टि जनाएका छन्। सार्वजनिक निकायका बैठक तथा छलफलमा अभिव्यक्ति दिँदा संस्थागत मर्यादा र शिष्टता कायम गर्नुपर्ने उनको भनाइ छ। बुधबार प्रतिनिधि सभा अन्तर्गतको सार्वजनिक लेखा समितिको बैठकमा बोल्दै कार्कीले वर्षौँदेखि निष्ठापूर्वक जिम्मेवारी निर्वाह गरिरहेका […]