०२ जेठ २०८३, शनिबार
16-05-2026 , Sat
×

सगरमाथा सिमेन्टलाई वातावरणमा प्रतिकूल असर पार्ने कार्य नगर्न अदालतको आदेश

Logo
प्रकाशित मंगलबार, चैत्र १०, २०७७


तेज वली
तुलसीपुर । दाङ घोराही सिमेन्ट ईण्डस्ट्रिज प्रालिद्वारा उत्पादित सगरमाथा सिमेन्ट उद्योगलाई वातावरणमा प्रतिकूल असर पार्ने कार्यहरुलाई नियन्त्रण गर्न उच्च अदालत तुलसीपुरले अन्तरिम आदेश गरेको छ । धुलो धुवाँको प्रदुषणका कारणले वातावरण, स्वास्थ्य, प्रजनन र खाद्य अधिकारमा असर पारेको भनि परेको रिटमा सुनुवाई गर्दै सोमबार उद्योगलाई यस्तो आदेश गरेको हो ।

उच्च अदालत तुलसीपुरका मुख्य न्यायाधीस नीता गौतम दीक्षित र न्यायाधीस रमेशराज पोखरेलको ईजलासले उद्योगले तत्काल व्याग फिल्टर, इलेक्ट्रिोस्टेटिक प्रेसिडेटर, वीन्ड व्रेकिङ वाल जस्ता कार्यहरु तत्काल व्यबस्थित गर्न गराउन आदेश गरेको छ । त्यस्तै खोपानीको स्रोतलाई खलवल नपु¥याउने गरी खानेपानीको व्यबस्थापन गर्नु र सडकमा धुलो नउड्ने गरीपानीको पोहरा व्यबस्थापन समेत तत्कालन गराउनु भनी आदेश गरेको छ ।

निवेदकले उद्योगको क्षमता बृद्धिको कार्य तत्काल नगराउन भनि रिट दायर गरेका थिए । तर, यो विषय उद्योग मन्त्रालय तथा विभाग र जनसंख्या तथा वातावरण मन्त्रालय र विभागको क्षेत्राधिकार पर्ने भएकाले अदालतले कुनै आदेश दिएको छैन् । मन्त्रालय तथा विभागले आबश्यक प्रक्रिया अबलम्बन गरी कानुनले निर्धारण गरेको मापदण्ड पुगे नपुगेको हेरी उद्योगको क्षमता बृद्धि गर्ने नगर्ने सम्बन्धमा निर्णय गर्न सक्ने अदालतको ठहर छ ।
घोराही सिमेन्ट उद्योगले पछिल्लो पटक ३ हजार टन उत्पादन क्षमता बृद्धि गरेको छ । निवेदको तर्फबाट अधिबक्ता शुरेस कुमार गौतम, मुकुन्द बहादुर राना, मणिराज आचार्य, बसन्त गौतम, बलबहादुर चन्दले बहस गरेका थिए, भने विपक्षीको तर्फबाट रेवतिरमण भट्टराई, रमण श्रेष्ठ, विमल प्रसाद ढकाल भुपबहादुर केसी र प्रकाश रेग्मीले वहस गरेका थिए ।
अदालतको आदेशपछि निवदेक पक्षले तुलसीपुरमा पत्रकार सम्मेलन गरि अदालतको आदेश सकारात्मक भएको बताएका थिए । उद्योगको लापरवाहीका लागि नागरिकको स्वास्थ्यमा प्रतिकूल असर परेको भन्दै यसलाई तत्काल व्यबस्थापन गर्नुपर्ने स्थानीयले माग राख्दै आएका छन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

बाँके । लायन्स क्लब अफ नेपालगन्ज खजुरा बाँकेको एम्बुलेन्स चौलिका चोकको व्यस्त सडकको बीचमै ४५ मिनेटसम्म बेवारिसे अवस्थामा* पार्किङ हुँदा ट्राफिक व्यवस्थापनमा गम्भीर समस्या देखिएको छ। *के भयो:* चौलिका चोक नेपालगन्ज-कोहलपुर सडकखण्डको मुख्य जंक्शन हो। दिउँसोको व्यस्त समयमा लायन्स क्लबको एम्बुलेन्स चालकबिनै सडकको बीच भागमा रोकिएको थियो। न आपतकालीन बिरामी थियो, न कुनै दुर्घटना। एम्बुलेन्स […]

काठमाडौं । नेपाल प्रहरीमा ठूलो संख्यामा प्रहरी नायब उपरीक्षक (डीएसपी)हरूको हेरफेर गरिएको छ। नेपाल प्रहरी प्रधान कार्यालयले शुक्रबार एकैपटक १४९ जना डीएसपीहरूको सरुवा गरेको हो। प्रधान कार्यालयको मानवस्रोत विकास शाखाले एक सूचना जारी गर्दै विभिन्न जिल्ला, वृत्त र निर्देशनालयहरूमा कार्यरत डीएसपीहरूलाई नयाँ जिम्मेवारी तोकिएको जानकारी दिएको छ। नियमित प्रक्रिया अन्तर्गत लामो समयदेखि एउटै कार्यक्षेत्रमा रहेका […]

काठमाडौं । आईजीपी दानबहादुर कार्कीले शुक्रबार एसपीहरूको  सरुवा तथा काज गरेका हुन् । सरुवा सूची अनुसार केही जिल्लाका प्रमुख फेरिएका छन् । गोरखामा अनिलकुमार खड्का, धनुषामा अमरेन्द्रबहादुर सिंह, सुर्खेतमा ठाकुरप्रसाद पोखरेल, सप्तरीमा नवराज मल्ल, धनकुटामा नारायण रंजितकार र कञ्चनपुरमा नेत्रमणि गिरीलाई सरुवा गरिएको छ । फणीन्द्र प्रसाईँलाई बागलुङ पठाइएको छ । गुल्मीमा भीमकिरण बोगटी, कपिलवस्तुमा […]

error: Content is protected !!