२७ मंसिर २०८२, शनिबार
13-12-2025 , Sat
×

नेपाल प्रहरीका सशस्त्र प्रहरीका IGP खनाल र थापा पुरस्कृत

Logo
प्रकाशित मंगलबार, चैत्र १०, २०७७

ABC (क्राईमबिट) काठमाडौं । आर्थिक वर्ष २०७५/०७६ को लेखा परीक्षणको बेरुजु फर्छ्योटमा उत्कृष्ट स्थान प्राप्त गरे बापत् सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनाल र प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्री पुरस्कृत भएका छन् ।

गृह मन्त्रालयमा आयोजित एक कार्यक्रमकाबीच आइतबार गृहमन्त्री रामबहादुर थापा (बादल) ले उनीहरूलाई नगदसहित प्रशंसापत्र प्रदान गरेका हुन् ।

आगामी दिनमा समेत निर्दिष्ट लक्ष्यअनुसार बेरुजु फर्छ्योट कार्यमा लगनशील एवम् सक्रिय कार्य सम्पादनको अपेक्षा समेत गरिएको प्रशंसापत्रमा उल्लेख छ ।

यसै गरी आर्थिक वर्ष २०७४/०७५ सम्मको बेरुजु फर्छ्योटको प्रगतिमा सर्वोत्कृष्ट स्थान हासिल गरे बापत् अघिल्लो वर्ष समेत महानिरीक्षक खनाल पुरस्कृत भएका थिए । रासस

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । लमहीमा पेस्तोल पड्किदा एक जना घाइते भएका छन । यो आज बिहान पौने ११ बजेको घटना हो । घाइते हुनेमा लमहीको रातो डांडा स्थित रोयल प्यालेस होटलमा काम गर्ने १८ वर्षिय सिसम गौतम रहेको दाङका प्रहरी प्रवक्ता चक्र बहादुर शाहले जानकारी दिनु भएको छ । कोठा सफा गर्ने क्रममा एसिमाथी लुकाएर राखेको पेस्तोल […]

काठमाडौं । डम्बर विकले द’लित समुदायमा जन्मिएर विभे’द र बहि*ष्क’रणका कठि-नाइ पार गर्दै प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) पदसम्म पुगेर इतिहास रचेका छन्। उनको संघ’र्षमय जीवन र सफलताले द’लित तथा सीमान्तकृ’त समुदायका लागि प्रेरणाको स्रोत बनेको छ र न्यायको पहुँचमा आशा जगाएको छ। विकको सफलताले वि’भेद र दल’नबीच पनि निरन्तर संघर्ष र मिहिनेतले शिखर चुम्न सकिन्छ […]

रुपन्देही । विगत केही वर्षदेखि बेलायतमा बसिरहेका २७ वर्षीय नारायण ढकाललाई गत कार्तिक २५ गते उनको परिवारले रूपन्देहीको तिलोत्तमा नगरपालिका–११ मृगौलीस्थित करुणा चौतारी फाउन्डेसनद्वारा सञ्चालित लागू औषध उपचार तथा पुन:स्थापना केन्द्रमा भर्ना गरेको थियो । तर, आइतबार उक्त केन्द्रले ढकालको मृत्यु भएको भन्दै परिवारलाई खबर गर्‍यो । केन्द्रका कर्मचारी र केन्द्रभित्र सुधारका लागि राखिएकाहरुको कुटपिटबाट […]

error: Content is protected !!