३२ आषाढ २०८२, बुधबार
16-07-2025 , Wed
×

बाँके राष्ट्रिय निकुञ्जको नियन्त्रणमा रहेको बाघ भाग्यो जंगल नजान आग्रह

Logo
प्रकाशित मंगलबार, चैत्र १०, २०७७


(महेन्द्र सिंह)
बाँके । बाँके राष्ट्रिय निकुञ्जको नियन्त्रणमा रहेको नरभक्षी पाटेबाघ भागेको छ । बर्दियामा मान्छेलाई आक्रमण गर्दै आएको उक्त बाघलाई नियन्त्रण गरी बाँके राष्ट्रिय निकुञ्जको टाईगर होल्डीङ सेन्टरमा राखीएको थियो ।

बर्दियाबाट बाँके ल्याएर राखेको बाघ खोरबाटै भागेपछि निकुञ्जले जगलभित्र नजान स्थानियलाई आग्रह गरेको छ । बाँके राष्ट्रिय निकुञ्जका सूचना अधिकृत महेश न्यौपानेले बाघ भागेको जानकारी आएको बताए ।

आफुहरु बाघलाई राखीएको खैरीस्थित टाईगर होल्डीङ सेन्टरको अनुगमन गर्न जान लागेको बताउँदै न्यौपानेले बाघ कसरी भाग्यो भन्ने बारे यकिन जानकारी नभएको बताए ।

गत बिहिबार बर्दियाबाट बाँकेमा ल्याईएको बाघले बर्दिया राष्ट्रिय निकुञ्ज आसपासको क्षेत्रका धेरै स्थानियलाई आक्रमण गरेको थियो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौँ । पेट्रोलियम पदार्थको मूल्य घटेको छ । नेपाल आयल निगमका अनुसार पेट्रोल ५ रुपैँयाले घटेको हो भने डिजेल १ रुपैयाँले घटेको हाे । बुधबारदेखि लागू हुनेगरी पेट्राेलियम पदार्थकाे मूल्य घटाइएकाे निगमले जनाएकाे छ ।

दाङ । तुलसीपुर उपमहानगरपालिका–११ बेलटाकुराकी ४२ वर्षीया रिता लामिछानेलाई क्रुरतापूर्वक हत्या गरेको कसुर ठहर गर्दै दाङ जिल्ला अदालतले तुलसीपुर उपमहानगरपालिका–११ का ३८ वर्षीय टेकबहादुर हमाललाई आजीवन कारावासको सजाय सुनाएको छ । जिल्ला न्यायाधीश राजेश्वर अर्यालको इजलासले सोमबार हमाललाई आजीवन कारावास र पाँच लाख जरिवाना गर्ने फैसला गरेको अदालतका श्रेस्तेदार दामोदर घिमिरेले जानकारी दिनुभयो । हमालले […]

दाङ । दुर्घटनामा परी गढवा गाउँपालिका– ८ घर भई घोराही उपमहानगरपालिका–१७ भैँसाहिमा डेरा गरी बस्ने १८ वर्षीय रोहित बिक र १६ वर्षीय निशान बिकको मृत्यु भएको हो ।दुवै जनाको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा उपचारको क्रममा सोमबार साँझ मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङका सूचना अधिकारी एवं प्रहरी नायव उपरिक्षक चक्रबहादुर शाहले जानकारी दिनुभयो । […]

error: Content is protected !!