२४ साउन २०८३, आइतबार
09-08-2026 , Sun
×

कैलालीमा बसको ठक्करबाट महिलाको मृत्यु पूर्वपश्चिम राजमार्ग अवरुद्ध

Logo
प्रकाशित मंगलबार, चैत्र १०, २०७७

(सर्मिला बोगटी)
कैलाली । लम्कीमा बसको ठक्करबाट स्थानीय एक महिलाको मृत्यु भएको छ । पूर्वपश्चिम राजमार्ग अन्र्तगत लम्कीचुहा नगरपालिका १ लम्की बजारमा मङ्गलबार बिहान बाटो काट्ने क्रममा बसले ठक्कर दिदा सोही ठेगाना भएकी २३ बर्षीया पैदलयात्री कमला देवकोटाकोे मृत्यु भएको प्रहरीले जनाएको छ ।
बिहान करिब ७ बजे पश्चिम धनगढीबाट टीकापुरतर्फ जादै गरेको ना ७ ख ८८३३ नम्बरको कर्णली रिभर यातायात प्रालीको बसले लम्कीबजार चोकमै ठक्कर दिएको जनाइएको छ । बसको ठक्करबाट मृतकका तीन बर्षीय छोरा घाइते भएका छन् । घाइते बालकको उपचार भैरहेको छ भने बस र चालकलाई प्रहरी नियन्त्रणमा लिएको इलाका प्रहरी कार्यालय लम्कीले जनाएको छ।
मृतकका आफन्तले चालकलाई कडा कारवाही र क्षतिपूर्तिको माग राख्दै पूर्वपश्चिम राजमार्ग अवरुद्ध गर्नुका साथै लम्कीबजार बन्द गरेका छन् ।रासस

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । उपत्यका ट्राफिक प्रहरी कार्यालय र मातहतका युनिटहरू सडक सुरक्षा तथा ट्राफिक व्यवस्थापन ट्राफिक व्यवस्थापन प्रभावकारी बनाउने उपत्यकाको बढ्दो सवारी चाप र जाम नियन्त्रणका लागि रणनीति सडक सुरक्षा सचेतना दुर्घटना न्यूनीकरणका लागि प्रहरी कर्मचारीलाई प्राविधिक र व्यवहारिक ज्ञान जनसेवा उन्मुख प्रहरी नागरिकप्रति सम्मानजनक व्यवहार र कानूनको सही कार्यान्वयन स्मार्ट ट्राफिक लाइट, सिसिटिभी,लेन अनुशासन सम्बन्धी […]

दाङ । महिला सशक्तीकरणको कुरा गर्दा अब महिलालाई केवल अधिकार र अवसरको कुरा गरेर मात्र पुग्दैन। महिलालाई आर्थिक रूपमा आत्मनिर्भर, उद्यमशील र व्यवसायी बनाउनु आजको महत्वपूर्ण आवश्यकता हो। परिवार, समाज र राष्ट्रको विकासमा महिलाको भूमिका अत्यन्त महत्वपूर्ण भए पनि अझै धेरै महिला आफ्नै क्षमता र सीप हुँदाहुँदै पनि आर्थिक अवसरबाट टाढा छन्। त्यसैले महिलालाई सीप, […]

कपिलवस्तु । इलाका प्रहरी कार्यालय गोरुसिङ्गेका प्रहरी निरीक्षक दीपक कुँवरका अनुसार जंगलमा शव फेला परेपछि गरिएको सनाखतबाट मृतक पूर्वमेयर सिंह नै रहेको पुष्टि भएको हो। प्रहरीले शव फेला परेको स्थानमा आवश्यक मुचुल्का तथा कानुनी प्रक्रिया पूरा गरी घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ। पूर्वमेयर सिंह सम्पर्कविहीन भएपछि प्रहरीले खोजी अभियान सञ्चालन गरेको थियो।