०७ बैशाख २०८१, शुक्रबार
19-04-2024 , Fri
×

कैलालीमा बसको ठक्करबाट महिलाको मृत्यु पूर्वपश्चिम राजमार्ग अवरुद्ध

Logo
प्रकाशित मंगलबार, चैत्र १०, २०७७

(सर्मिला बोगटी)
कैलाली । लम्कीमा बसको ठक्करबाट स्थानीय एक महिलाको मृत्यु भएको छ । पूर्वपश्चिम राजमार्ग अन्र्तगत लम्कीचुहा नगरपालिका १ लम्की बजारमा मङ्गलबार बिहान बाटो काट्ने क्रममा बसले ठक्कर दिदा सोही ठेगाना भएकी २३ बर्षीया पैदलयात्री कमला देवकोटाकोे मृत्यु भएको प्रहरीले जनाएको छ ।
बिहान करिब ७ बजे पश्चिम धनगढीबाट टीकापुरतर्फ जादै गरेको ना ७ ख ८८३३ नम्बरको कर्णली रिभर यातायात प्रालीको बसले लम्कीबजार चोकमै ठक्कर दिएको जनाइएको छ । बसको ठक्करबाट मृतकका तीन बर्षीय छोरा घाइते भएका छन् । घाइते बालकको उपचार भैरहेको छ भने बस र चालकलाई प्रहरी नियन्त्रणमा लिएको इलाका प्रहरी कार्यालय लम्कीले जनाएको छ।
मृतकका आफन्तले चालकलाई कडा कारवाही र क्षतिपूर्तिको माग राख्दै पूर्वपश्चिम राजमार्ग अवरुद्ध गर्नुका साथै लम्कीबजार बन्द गरेका छन् ।रासस

कमेन्ट गर्नुहोस्
सम्बन्धित

(महेन्द्र सिंह ) बाँकेको जानकी गाउँपालिका–६ स्थित बाहुबली हर्बल प्रालिको परिसरभित्र आगलागी भएको छ । हर्बल प्रालिको परिसरभित्र फाल्नलाई संकलन गरिराखेको सल्लो प्रजातिको काठ÷खोटोमा बिहीबार बिहान ७ बजेतिर आगलागी भएको बाँके प्रहरीले जनाएको छ । उक्त आगलागी नियन्त्रणमा लिन लागि नेपाल र भारतबाट गरी ११ वटा दमकल प्रयोग गरिएको छ । उद्योगको बाहिर सल्लाको काठ […]

(एबिसि संचार )                                                                जनकपुरधाममा जलिरहेको अवस्थामा एक युवतीको शव फेला परेको छ ।  उपमहानगरपालिका–१६ कपिलेश्वरमा गए राति करिब ९ बजे आसपासमा युवतीको शव जलिरहेको […]

(एबिसि संचार )                                                                नेपाल प्रहरीको लागु औषध नियन्त्रण ब्युरोले अवैध लागु औषध खैरो तथा नियन्त्रित लागु औषध नाइट्रोभेट ट्याब्लेटसहित २ जनालाई पक्राउ गरेको छ […]