२५ साउन २०८३, सोमबार
10-08-2026 , Mon
×

कसरी भागेयो खोरबाट नरभक्षी बाघ चुरे क्षेत्रमा पुग्यो: खतराको संकेत

Logo
प्रकाशित बिहिबार, चैत्र १२, २०७७

(महेन्द्र सिंह)
बाँके । बाँके राष्ट्रिय निकुञ्जको खोरबाट भागेको नरभक्षी पाटेबाघ निकुञ्जको उत्तरतर्फको पहाड र जंगल मात्र भएको चुरे क्षेत्रमा पुगेको निकुञ्जले जनाएको छ । धेरै मानिसलाई मारिसकेको सो बाघ बाँके निकुञ्जको खैरीस्थित ‘टाइगर होल्डिङ सेन्टर’ को खोरबाट भागेर मानव बस्तीतर्फ जाने त्रास देखिए पनि उक्त बाघ उत्तरतर्फ चुरे क्षेत्रमा गएकोले मानवलाई कुनै पनि जोखिम नरहेको बाँके राष्ट्रिय निकुञ्जका सूचना अधिकारी महेश न्यौपानेले बताउनुभयो ।

उहाँले बर्दिया राष्ट्रिय निकुञ्जको खाता जैविक मार्गबाट नियन्त्रणमा लिएर बाँके राष्ट्रिय निकुञ्जमा ल्याई खोरमा थुनेर राखिएको बाघ भागेपछि सो वरिपरिका मानव बस्तीमा त्रास फैलिए पनि उक्त बाघको पाइला पछ्याउँदै जाँदा मानवबस्ती नभएको उत्तरतर्फ धेरै टाढा चुरेको जंगलमा गएको पाइएकोले कुनै पनि खतरा र जोखिम नरहेको बताउनुभयो ।
बाघ भागे लगत्तै त्यसका पाइला पछ्याउन थालिएको जनाउँदै उहाँले आफुहरु धेरै टाढासम्म पुगेको बताउनुभयो ।

बाघ गएको क्षेत्रमा पानी तथा बासस्थानका लागि घोंचहरु रहेकाले उ फर्किएर मानव बस्ती वा मानवीय गतिविधि हुने क्षेत्रमा आउने सम्भावना नरहेको निकुञ्जका सूचना अधिकारी न्यौपानेले बताउनुभयो ।

बर्दियाबाट बाँके ल्याएर राखेको बाघ होल्डिङ सेन्टरको खोरबाटै भागेपछि निकुञ्जले जंगलभित्र नजान र सतर्क रहन स्थानियलाई आग्रह गरेको थियो । गत बिहीबार बर्दियाबाट नियन्त्रणमा लिएर बाँकेमा ल्याइएको सो बाघले बर्दिया राष्ट्रिय निकुञ्ज आसपासको क्षेत्रका धेरै स्थानियलाई आक्रमण गरेको थियो । बाघको आक्रमणमा परेर बर्दिया जिल्लामा मात्रै यो वर्ष हालसम्म नाैँ जनाले ज्यान गुमाइसकेका छन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । सोसाइटी अफ ट्राभल एन्ड टुर अपरेटर्स (सोट्टो) नेपालले अन्तर्राष्ट्रिय हवाई भाडा महँगो हुँदा नेपालको पर्यटन क्षेत्र प्रभावित भएको टिप्पणी गरेको छ । सोट्टो नेपालले आज पर्यटन पत्रकारसँग गरेको अन्तर्क्रियामा अध्यक्ष मानवबहादुर शाहीले अन्तर्राष्ट्रिय हवाई भाडा अत्यधिक महँगो हुँदा नेपाल आउने पर्यटक प्रभावित भएको बताए । उनले पर्यटनलाई उद्योगका रूपमा मान्यता दिन, श्रम तथा […]

बाँके । प्रहरीले ठगी मुद्दामा फरार रहेका रसोज तामाङलाई पक्राउ गर्न अभियान चलाएको छ। जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रमुख एसपी अङ्गुर जिसीले जिल्ला अदालत बाँकेबाट पक्राउ पुर्जी जारी भएको हुँदा फरार अभियुक्त ठग रसोज तामाङलाई तत्काल पक्राउ गर्न मातहतका सबै युनिटलाई निर्देशन दिनुभएको छ। ठगी सम्बन्धी मुद्दामा उनीमाथि धेरै उजुरी परेपछि तामाङ फरार भएका […]

बाँके । सहायक प्रमुख जिल्ला अधिकारी महेशकुमार गुरुङको नेतृत्वमा गएको अनुगमन टोलीले नेपालगन्ज–११ स्थित शङ्कर दयाल बद्रीप्रसाद प्रोभिजन स्टोरलाई जरिवाना गरेको हो । “ग्यास लुकाएर राखेको भन्ने सूचना आएपछि हामी त्यहाँ पुग्दा ग्यास भेट्टाएका थियौँ”, उनले भने । बाँकेका सहायक प्रमुख जिल्ला अधिकारी गुरुङका अनुसार बजार अनुगमनका क्रममा सो किराना पसलमा १३ वटा ग्यास सिलिन्डर […]