२४ साउन २०८३, आइतबार
09-08-2026 , Sun
×

जमुनाह प्रहरी प्रमुख गिरीको सक्रियतामा ब्राउन सुगरसहित एकजना पक्राउ

Logo
प्रकाशित बिहिबार, चैत्र १२, २०७७

(महेन्द्र सिंह)
बाँके । ईलाका प्रहरी कार्यालय जमुनाह प्रहरीले ब्राउन सुगरसहित नाकाबाट एकजना पक्राउ गरेको छ । जमनाह प्रहरी प्रमुख विष्णु गिरीका अनुसार नेपालगन्ज उपमहानगरपालिका १९ बस्ने प्रेम कोरीलाई नौ सय मिलि ग्राम ब्राउन सुगर सहित प्रक्राउ गरिएको हो ।

भारतबाट नेपाल आउँदै गरेका उनको गतिबिधि देखिएपछि चेकजाँच गरिएको थियो । प्रहरी जवान रविन सुनारले खानतलासी गर्ने क्रममा जिनको पाइन्टको दाइने गोजीमा राखेको अवस्थामा ब्राउन सुगर फेला हो ।

लागुऔषध नियन्त्रणका लागि व्यूरो र जमुनाह प्रहरीले संयुक्तरुपमा नाकामा चेकजाँच र अनुसन्धानलाई तीब्र कडाइ बनाएको थियो । जमुनाहबाट नियन्त्रणमा लिइएका व्यक्तिलाई इलाका प्रहरी कार्यालय जमुनाहमा राखिएको छ । थप अनुसन्धानका लागी जिल्ला प्रहरी कार्यालय बाँके पठाउने तयारी भइरहेको जमुनाहका प्रहरी प्रमुख गिरिले जानकारी दिएका छन ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । उपत्यका ट्राफिक प्रहरी कार्यालय र मातहतका युनिटहरू सडक सुरक्षा तथा ट्राफिक व्यवस्थापन ट्राफिक व्यवस्थापन प्रभावकारी बनाउने उपत्यकाको बढ्दो सवारी चाप र जाम नियन्त्रणका लागि रणनीति सडक सुरक्षा सचेतना दुर्घटना न्यूनीकरणका लागि प्रहरी कर्मचारीलाई प्राविधिक र व्यवहारिक ज्ञान जनसेवा उन्मुख प्रहरी नागरिकप्रति सम्मानजनक व्यवहार र कानूनको सही कार्यान्वयन स्मार्ट ट्राफिक लाइट, सिसिटिभी,लेन अनुशासन सम्बन्धी […]

दाङ । महिला सशक्तीकरणको कुरा गर्दा अब महिलालाई केवल अधिकार र अवसरको कुरा गरेर मात्र पुग्दैन। महिलालाई आर्थिक रूपमा आत्मनिर्भर, उद्यमशील र व्यवसायी बनाउनु आजको महत्वपूर्ण आवश्यकता हो। परिवार, समाज र राष्ट्रको विकासमा महिलाको भूमिका अत्यन्त महत्वपूर्ण भए पनि अझै धेरै महिला आफ्नै क्षमता र सीप हुँदाहुँदै पनि आर्थिक अवसरबाट टाढा छन्। त्यसैले महिलालाई सीप, […]

कपिलवस्तु । इलाका प्रहरी कार्यालय गोरुसिङ्गेका प्रहरी निरीक्षक दीपक कुँवरका अनुसार जंगलमा शव फेला परेपछि गरिएको सनाखतबाट मृतक पूर्वमेयर सिंह नै रहेको पुष्टि भएको हो। प्रहरीले शव फेला परेको स्थानमा आवश्यक मुचुल्का तथा कानुनी प्रक्रिया पूरा गरी घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ। पूर्वमेयर सिंह सम्पर्कविहीन भएपछि प्रहरीले खोजी अभियान सञ्चालन गरेको थियो।