०५ चैत्र २०८२, बिहिबार
19-03-2026 , Thu
×

चितवन मेडिकल कलेजमा पहिलो पटक सफल कलेजो प्रत्यारोपण

Logo
प्रकाशित बिहिबार, चैत्र १२, २०७७

(राकेश श्रेष्ठ) चितवन । भरतपुर महानगरपालिका १० की ५४ वर्षीया धनकुमारी लामाको कलेजो प्रत्यारोपण सफल भएको कलेजले बिहीबार पत्रकार सम्मेलनमार्फत जानकारी गराएको छ ।

लामाकी ३४ वर्षीया छारी उषा तामाङले आमालाई कलेजो दिएकी थिइन् । छोरी उषाको कलेजोमा कुनै पनि असर नपर्ने गरी आवश्यक कलेजोको भाग निकालेर आमाको कलेजोमा प्रत्यारोपण गरिएको शल्यक्रियामा सहभागी चिकित्सकले बताए ।

आमा धनकुमारीको कलेजो पूर्णरुपमा काम नलाग्ने भइसकेको चिकित्सकहरू बताउँछन् । धनकुमारीलाई ‘क्रोनिक लिभर डिजिज’ भएको थियो ।

हाल कलेजो प्राप्त गर्ने आमा र कलेजो दान गर्ने छोरी दुवैको स्वास्थ्य अवस्था सामान्य रहेको कलेजले जानकारी दिएको छ ।

कलेजका विशेषज्ञ चिकित्सकहरू डा. सञ्जय यादव, डा. एकानन्द सिंह, डा. किरण अधिकारी, डा.वरुण श्रेष्ठ, डा. सागर पौडेल, डा. नवीन यादव, डा. सुरेश गौतम, डा. विज्ञान पौडेल, स्टाफ नर्स अन्जु थापा, श्रुति यादव र सलिना तिवारी, सुमी कार्की, अस्मिता थापा, पुष्पा थापामगर, बायोमेडिकल इन्जिनियर प्रकाश खतिवडा, एपोलो अस्पतालका डा. निरज गोयल, डा. अरुणकुमार, डा. सञ्जीव अनिजालगायतको टिमले गत चैत्र ८ गते १२ घण्टा लगाएर सफल प्रत्यारोपण गरेको हो ।

प्रत्यारोपणका लागि कलेजमा ४ सर्जन, ३ क्रिटिकल केयर, ३ एनेस्थेसियोलोजिष्ट, १० जना विशेष तालिमप्राप्त नर्सहरू छन् ।

यसअघि त्रिवि शिक्षण अस्पतालमा पाँच जना र मानव अङ्ग प्रत्यारोपण केन्द्रमा दुई जनामा कलेजो प्रत्यारोपण गरिएको छ ।

नेपालमा २०७३ मङ्सिर २२ गते मानव अङ्ग प्रत्यारोपण केन्द्र भक्तपुरमा बलराम नागाको पहिलो पटक कलेजो प्रत्यारोपण सफलतापूर्वक गरिएको थियो ।
पछिल्लो पटक गत फागुन ३० गते त्रिवि शिक्षण अस्पतालमा ११ महिने शिशुमा सफल कलेजो प्रत्यारोपण गरिएको थियो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौँ । उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरी टोलीले कुटपिटमा संलग्न व्यक्तिलाई पक्राउ गरेको हो । कार्यालयका एक प्रहरीका अनुसार पक्राउ पर्नेमा भक्तपुरको चागुनारायण नगरपालिका-६ नगरकोटका ४१ वर्षीय गणेशबहादुर तामाङ हुन् । केही दिन अघि नगरकोट जाने बाटोमै तामाङले दुई  युवकहरूमाथि कुटपिट गरेका थिए । कुटपिटको भिडिओ सामाजिक सञ्जालमा भाइरल भएको थियो । त्यसपछि प्रहरीले खोजी […]

दाङ । तुल्सीपुर चलचित्र पत्रकार संघ दाङ शाखाको कार्यसमिति चयनप्रति मेरो गम्भीर आपत्ति रहेको जानकारी गराउन चाहन्छु । म चलचित्र पत्रकार सङ्घ दाङमा दुई कार्यकाल कार्यसमिति सदस्यको रूपमा जिम्मेवारी निर्वाह गरिसकेको व्यक्ति हुँ । संस्थाप्रतिको माया, लगाव र निरन्तर सक्रियताका कारण यस पटक सचिव पदमा मेरो स्वाभाविक आकांक्षा पनि थियो । तर दुर्भाग्यवश, संस्थाको विधि, […]

सुर्खेत । कर्णाली प्रदेश ट्राफिक प्रहरी कार्यालय सुर्खेतका निमित्त कार्यालय प्रमुख प्रहरी नायव उपरीक्षक हरि बहादुर बि.सी.बाट कार्यरत सम्पूर्ण प्रहरी कर्मचारीहरुको व्यक्तिगत टर्नआउट, विभिन्न शाखाहरु, मेश, ब्यारेक तथा वाड एरियाको निरीक्षण गर्नुका साथै आवश्यक निर्देशन प्रदान गर्नु भएको ।

error: Content is protected !!