
(महेन्द्र सिंह) बाँके । कोहलपुर नगरपालिका वडा नम्बर १२ चाप्परगौडी स्थित एक होटलबाट रोल्पा सुनिलस्मृती गाउँपालिका वडा नम्बर ७ का रुद्र बहादुर बुढा र रुकुम पुर्व भुमे गाउँपलिका वडा नम्बर ७ कै रवि पुन पक्राउ परेको प्रहरीले जनाएको छ।
१२ किलो चरेशको कारोबार भईरहेको भन्ने सूचनाका आधारमा गएको प्रहरीले खानतलासी गर्दा बुधबार १२ किलो चरेशसहित दुई २ जनालाई पक्राउ गरेको हो । ईलाका प्रहरी कार्यालय कोहलपुरका प्रहरी प्रमुख डिएसपी रबिन्द्र खनालले जानकारी दिनुभएको छ ।