२७ भाद्र २०८३, शनिबार
12-09-2026 , Sat
×

बाँके प्रहरीले लागूऔषध खुवाई जबरजस्ती करणी गर्ने एकजना पक्राउ

Logo
प्रकाशित बिहिबार, चैत्र १२, २०७७


(महेन्द्र सिंह) बाँके । नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर २० राँझाकी १९ बर्षीया यु्वतीलाई लागूऔषध खुवाई जबरजस्ती करणी गरेर फरार रहेका हुम्लाका २४ बर्षीय मिम बहादुर बुढा काठमाण्डौको हाँडीगाउँबाट पक्राउ परेका हुन् ।
प्रहरीका अनुसार बुढाले युवतीलाई घरबाट भ्रमणमा जाने वाहनामा गत मंसिर ५ गते बाँकेको वैजनाथ गाउँपालिका वडा नम्बर १ स्थित गाभर भ्यालीको होमस्टे भित्र लगी जुसमा लागूऔषध नाइट्राजेपाम मिसाई खुवाएर वेहोस पारी जबरजस्ती करणी गरेर फरार भएका थिए ।
काठमाण्डौंमा लुकीछिपी बसेको भन्ने सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय बाँकेबाट खटिएको विशेष प्रहरी टोलीले प्रहरी प्रधान कार्यालय केन्द्रीय अनुसन्धान व्यूरो काठमाण्डौ समेतको सहयोगमा बुढालाई चैत ८ गते काठमाण्डौ हाडीगाँउबाट पक्राउ गरेको हो । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

मुग्लिन । नारायणगढ सडकखण्ड अन्तर्गत रिग्दी खोला र सिमलतालबीचको सडकमा पहिरो खस्दा सडक दुईतर्फी अवरुद्ध भएको छ। सडकखण्डको चेनज २५ं+१०० मा पहिरो खसेपछि दुवैतर्फबाट हुने सवारी आवागमन रोकिएको हो । पहिरो हटाउन सडक विभागले तैनाथ अवस्थामा राखेको मेसिन तत्काल परिचालन गरिएको जनाएको छ । सम्बन्धित निकायका अनुसार पहिरो पन्छाउने काम तीव्र रूपमा भइरहेको छ । […]

दाङ । दाङमा पछिल्लो समय देखिएको खाना पकाउने ग्यासको आपूर्ति अवस्थालाई थप सहज बनाउन भेरी ग्यास उद्योग नेपालगञ्जबाट ग्यासको मात्रा बढाएर पठाउन अनुरोध गरिएको छ। घोराही बनाउँ अभियानका संयोजक तथा नेपाल पत्रकार महासंघका केन्द्रीय सचिव सविन प्रियासनले भेरी ग्यास उद्योग नेपालगञ्जका प्रबन्धक आर. एस. यादवसँग भेटघाट गर्दै घोराहीका उपभोक्ताको मागअनुसार थप ग्यास पठाउन आग्रह गर्नुभएको […]

दाङ । अम्बकेश्वरी क्याम्पस र एसियन स्कुल दाङले प्रधानमन्त्री दैवी प्रकोप उद्धार तथा राहत कोषमा रु. २ लाख ७१ हजार ५ सय ८३ सहयोग गरेका छन्। अम्बकेश्वरी क्याम्पसले रु. १ लाख ३५ हजार ८ सय ५० तथा एसियन स्कुल दाङले रु. १ लाख ३५ हजार ७ सय ३३ प्रधानमन्त्री राहत कोषमा जम्मा गरेका हुन्। दुवै […]