२७ मंसिर २०८२, शनिबार
13-12-2025 , Sat
×

बाँके प्रहरीले लागूऔषध खुवाई जबरजस्ती करणी गर्ने एकजना पक्राउ

Logo
प्रकाशित बिहिबार, चैत्र १२, २०७७


(महेन्द्र सिंह) बाँके । नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर २० राँझाकी १९ बर्षीया यु्वतीलाई लागूऔषध खुवाई जबरजस्ती करणी गरेर फरार रहेका हुम्लाका २४ बर्षीय मिम बहादुर बुढा काठमाण्डौको हाँडीगाउँबाट पक्राउ परेका हुन् ।
प्रहरीका अनुसार बुढाले युवतीलाई घरबाट भ्रमणमा जाने वाहनामा गत मंसिर ५ गते बाँकेको वैजनाथ गाउँपालिका वडा नम्बर १ स्थित गाभर भ्यालीको होमस्टे भित्र लगी जुसमा लागूऔषध नाइट्राजेपाम मिसाई खुवाएर वेहोस पारी जबरजस्ती करणी गरेर फरार भएका थिए ।
काठमाण्डौंमा लुकीछिपी बसेको भन्ने सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय बाँकेबाट खटिएको विशेष प्रहरी टोलीले प्रहरी प्रधान कार्यालय केन्द्रीय अनुसन्धान व्यूरो काठमाण्डौ समेतको सहयोगमा बुढालाई चैत ८ गते काठमाण्डौ हाडीगाँउबाट पक्राउ गरेको हो । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । लमहीमा पेस्तोल पड्किदा एक जना घाइते भएका छन । यो आज बिहान पौने ११ बजेको घटना हो । घाइते हुनेमा लमहीको रातो डांडा स्थित रोयल प्यालेस होटलमा काम गर्ने १८ वर्षिय सिसम गौतम रहेको दाङका प्रहरी प्रवक्ता चक्र बहादुर शाहले जानकारी दिनु भएको छ । कोठा सफा गर्ने क्रममा एसिमाथी लुकाएर राखेको पेस्तोल […]

काठमाडौं । डम्बर विकले द’लित समुदायमा जन्मिएर विभे’द र बहि*ष्क’रणका कठि-नाइ पार गर्दै प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) पदसम्म पुगेर इतिहास रचेका छन्। उनको संघ’र्षमय जीवन र सफलताले द’लित तथा सीमान्तकृ’त समुदायका लागि प्रेरणाको स्रोत बनेको छ र न्यायको पहुँचमा आशा जगाएको छ। विकको सफलताले वि’भेद र दल’नबीच पनि निरन्तर संघर्ष र मिहिनेतले शिखर चुम्न सकिन्छ […]

रुपन्देही । विगत केही वर्षदेखि बेलायतमा बसिरहेका २७ वर्षीय नारायण ढकाललाई गत कार्तिक २५ गते उनको परिवारले रूपन्देहीको तिलोत्तमा नगरपालिका–११ मृगौलीस्थित करुणा चौतारी फाउन्डेसनद्वारा सञ्चालित लागू औषध उपचार तथा पुन:स्थापना केन्द्रमा भर्ना गरेको थियो । तर, आइतबार उक्त केन्द्रले ढकालको मृत्यु भएको भन्दै परिवारलाई खबर गर्‍यो । केन्द्रका कर्मचारी र केन्द्रभित्र सुधारका लागि राखिएकाहरुको कुटपिटबाट […]

error: Content is protected !!