०४ साउन २०८२, आइतबार
20-07-2025 , Sun
×

होली कार्यक्रम आयोजना गरे पक्राउ गर्न गृहमन्त्रालयका निर्देशन

Logo
प्रकाशित शुक्रबार, चैत्र १३, २०७७


५ हजार प्रहरी परिचालन गरिने

ABC Sanchar
काठमाडौं । होली मनाउन सार्वजनिक कार्यक्रम आयोजना गर्नेलाई स्थानीय प्रशासनले पक्राउ गर्ने भएको छ । सार्वजनिक रुपमा होलीको कार्यक्रम वा कन्सर्ट आयोजना गरेमा आयोजकलाई पक्राउ गर्न निर्देशन दिइएको गृह मन्त्रालयका प्रवक्ता (सह–सचिव) चक्रबहादुर बुढाले बताए ।

यो पनि
काठमाडौंका सार्वजनिक स्थानमा होली खेल्न रोक

यसअघि नै गृह मन्त्रालयले कोरोना भाइरस संक्रमणको जोखिमका कारण सरकारले फागु पूर्णिमामा भीडभाड गरेर होली नखेल्न सार्वजनिक आग्रह गरिसकेको छ । ‘भीडभाड गरेमा प्रहरीले कारवाही गर्छ,’ सह–सचिव बुढाले रातोपाटीसँग भने, ‘सार्वजनिक ठाउँमा कार्यक्रम आयोजना गरेमा आयोजकलाई पक्राउ गरेर कारवाही गर्न सबै प्रमुख जिल्ला अधिकारीलाई निर्देशन दिएका छौँ ।’

स्वतस्फूर्त मानिस निस्केर भीड भएमा उनीहरुलाई सम्झाइ बुझाइ गर्न गृहको निर्देशन छ । तर, कार्यक्रम आयोजना गर्नेलाई चाहिँ संक्रामक रोग ऐन–०२० अनुसार कारवाही गरिने भएको छ । संक्रामक रोग ऐन–०२० अनुसार आदेश अवहेलना गरेमा १ महिना कैद र १०० रुपैयाँ जरिवाना हुने कानुनी व्यवस्था छ । सो ऐनले सरकारको काममा बाधा पुर्‍याउनेलाई ६ महिना कैद वा ७० हजार जरिवाना गर्ने अधिकार प्रमुख जिल्ला अधिकारीलाई दिएको छ ।

५ हजार प्रहरी परिचालन गरिने

यता, भीडभाडमा हुन नदिने मन्त्रालयको निर्णयपछि महानगरीय प्रहरी कार्यालयले पनि उपत्यकामा होली लक्षित ‘सुरक्षा योजना’ लागु गरेको छ । चैत १५ मा पहाडी र १६ मा तराईका जिल्लामा होली मनाइँदै छ । होलीमा भीडभाड हुन नदिन र जबर्जस्ती लोला हान्ने कामलाई रोक्न जिल्ला प्रशासन कार्यालय र स्थानीय प्रहरीले माइकिङ गर्न थालेका छन् ।

काठमाडौं उपत्यकामा होलीमा हुनसक्ने उच्छृङ्खल गतिविधि नियन्त्रण गर्न ५ हजार प्रहरी परिचालन गर्नेगरी सुरक्षा योजना तयार गरिएको छ । ‘कानुन विपरितका गतिविधि नियन्त्रण गर्न सुरक्षा योजनासहित ५ हजार बढी प्रहरी परिचालन गर्छौँ,’ महानगरीय प्रहरी कार्यालयका एआईजी हरिबहादुर पालले भने–‘सार्वजनिक ठाउँमा भीड गर्न र कानुन विपरितका क्रियाकलाप हुन दिँदैनौँ ।’

जबर्जस्ती लोला हान्ने र अन्य व्यक्तिलाई डिस्टर्व गर्नेहरुलाई पनि नियन्त्रणमा लिएर कानुनी कारवाही गर्ने प्रहरीको योजना छ । ‘जबर्जस्ती गर्ने र अनावश्यक हैरानी दिनेलाई कारवाही गर्छौँ,’ एआईजी पालले रातोपाटीसँग भने, ‘परिवारमा बसेर होली मनाउन र सुरक्षा सतर्कता अपनाउन माइकिङ गर्न शुरु गरिएको छ ।’

यो पनि
होली खेल्दा भौतिक दूरी कायम गरौं, मास्क लगाऔं- प्रशासन

फागु पूर्णिमाको दिन काठमाडौं, भक्तपुर र ललितपुरमा पिकेट ड्युटी, मोवाइल गस्ती र सिआरभी भ्यानमा प्रहरी परिचालन गरिन्छ । भीडभाड हुन नदिन रिजर्भ फोर्स तयारी अवस्थामा राखेर उपत्यकाका ३ जिल्लामा सुरक्षा योजना लागू गरिएको छ ।

काठमाडौं जिल्लामा मात्रै १ हजार ६ सयभन्दा बढी प्रहरी परिचालन गरिने महानगरीय प्रहरी परिसर काठमाडौँले जनाएको छ । जबर्जस्ती लोला हान्ने र विपरित लिंगीलाई हैरानी दिने गतिविधिको निगरानी गर्न सादा पोसाकमा समेत प्रहरी परिचालन गरिने महानगरीय प्रहरी कार्यालयले जनाएको छ ।

मापसे चेकिङमा कडाइ

होलीमा मादक पदार्थ सेवन गरेर सवारी चलाउनेहरु बढ्न सक्ने आँकलन गर्दै चेकजाँचमा कडाइ गर्ने प्रहरीको तयारी छ । फागुको दिन उपत्यकामा बिहानदेखि मापसे जाँच गरिने र हेलमेल नलगाइ चलाउनेलाई कानुनी कारवाही गरिने एआईजी पालले बताए ।

पर्व मनाउने नाममा मास्क नलगाइ हिँड्नेलाई जरिवाना गर्ने गरी प्रहरीले सुरक्षा योजना बनाएको छ । मास्क नलगाउने र सरकारले नगर्न आग्रह गरेका काम गर्नेलाई नियन्त्रणमा लिएर कानुनबमोजिम गरिने काठमाडौँका प्रमुख जिल्ला अधिकारी काली प्रसाद पराजुलीले बताए । ‘गृह मन्त्रालयले गरेको आग्रह नमान्नेलाई संक्रामक रोग ऐन अनुसार कारवाही गर्ने ।रासस

कमेन्ट गर्नुहोस्
सम्बन्धित

कलैया । बारा जिल्ला यातायात व्यवस्था कार्यालयमा हाल गम्भीर अनियमितता, दुरुपयोग, दलाली र परिवारवादको आरोप सार्वजनिक रूपमा उठिरहेका छन्। सार्वजनिक सेवा प्रदान गर्ने यो सरकारी निकाय ‘भ्रष्टाचारको अखडा’ बन्दै गएको स्थानीय स्रोतहरूले दाबी गरेका छन्। कार्यालय प्रमुख अनुपस्थित, निर्णय ‘भाइ’ मार्फत ? कार्यालय प्रमुख अविन्दर दास नियमित रूपमा कार्यालयमा नदेखिने र ‘स्वास्थ्य समस्या’ वा ‘अनुगमन’का […]

बाँके । गत साउनदेखि असार मसान्तसम्ममा बाँकेभर गरिएको कारबाहीमा ३ करोड २६ लाख ७ हजार ५ सय रुपैयाँ राजश्व संकलन गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँकेका प्रमुख प्रहरी निरीक्षक पुष्कर पन्तले जानकारी दिए । ट्राफिक प्रमुख पन्तका अनुसार उक्त अवधिमा ट्राफिक नियम उल्लंघन गरेर चलाइएका ३७ हजार ४३५  सवारी साधनलाई कारबाही गरिएको हो ।  जस अन्तर्गत […]

मधेश प्रदेश डिआईजी उमा प्रसाद चतुर्बेदीद्धारा virtual माध्यमबाट प्रहरी प्रमुखहरुलाई निर्देशन जनकपुर । मधेश प्रदेश प्रहरी कार्यालय मातहत कार्यालयका कार्यालय प्रमुखहरूलाई निर्देशन सम्बोधन कार्यक्रम सम्पन्न भएको छ । उक्त कार्यक्रममा मधेश प्रदेश प्रहरी प्रमुखज्यूबाट मधेश प्रदेश प्रहरी तालिम केन्द्र, जनकपुर (सम्पर्क कार्यालय राजविराज), नेपाल प्रहरी प्रदेश कार्यालय, विरगंज (हाल जनकपुर), नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा […]

error: Content is protected !!