२६ बैशाख २०८३, शनिबार
09-05-2026 , Sat
×

विज्ञप्ति निकाल्दै रेशम चौधरीले भने सरकारबारे पार्टीको बाधक म बन्दिनँ

Logo
प्रकाशित शुक्रबार, चैत्र १३, २०७७

ABC Sanchar
काठमाडौं । डिल्लीबजार कारागारमा रहेका जसपाका सांसद रेशम चौधरीले पार्टी सरकारमा जाने/नजाने विषयमा आफू बाधक नबन्ने बताएका छन् ।

सरकारमा जाने वा नजाने भन्ने विषयबारे पार्टीले निर्णय लिने र आफ्नो त्यसमा सहमति हुने चौधरीले बताएका छन् ।

बिहीबार कारागारबाट एक विज्ञप्ति जारी गर्दै चौधरीले केपी ओली नेतृत्वको सरकारमा जाने बारे जसपा र एमालेबीच वार्ता चलिरहेका बेला आफू त्यसमा असहमत रहेको भन्ने समाचारहरु सार्वजनिक भएको भन्दै त्यसमा सत्यता नरहेको उल्लेख गरेका छन् ।

सरकारमा जाने या नजाने विषय पार्टीले टुंग्याउने र पार्टीको निर्णय अवज्ञा गर्नेबारे आफूले कल्पनासम्म नगर्ने बताएका छन् ।

‘सरकारमा सहभागी हुने वा नहुने निर्णय मेरो एकल प्रयासले सम्भव हुने कुरा पनि होइन,’ उनको भनाइ छ,‘त्यो पार्टीको निर्णय होला । पार्टीले गर्ने निर्णयमा बाधक बन्ने कुराको म कल्पनासमेत गर्न सक्दिनँ ।’
जेलमा रहेका चौधरीको रिहाइलाई सर्त बनाएर जसपाले सत्ता गठवन्धनका बारेमा छलफल जारी राख्दा उनको यस्तो भनाइ सार्वजनिक भएको हो ।

जसपाभित्र ओली सरकारमा सहभागी हुने वा नहुने भन्ने दुई धार देखिएको छ । पूर्व राजपा केपी शर्मा ओली नेतृत्वको सरकारलाई समर्थन दिएर सरकारमा जाने पक्षमा छ भने पूर्व संघीय समाजवादी नेपाली कांग्रेस र माओवादी केन्द्रसँगको गठबन्धनको पक्षमा रहेको छ ।

ओली नेतृत्वको सरकारमा पार्टी सहभागी हुनुभन्दा आफू जेलमा नै बस्न तयार रहेको भन्दै चौधरीलाई उदृत गर्दै सामाचारहरु सार्वजनिक भएपछि बुधबार जसपाका नेता राजेन्द्र महतो बुधबार डिल्लीबजार कारागार पुगेका थिए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

नेपाल प्रहरीको चेतावनी: AI बाट प्रहरीहरुको पोसाकमा फोटो/भिडियो बनाए कार्वाही हुने, काठमाडौं । के भन्यो प्रहरीले नेपाल प्रहरीले कृत्रिम बुद्धिमत्ता (AI) प्रयोग गरेर प्रहरी पोसाक लगाएको फोटो वा भिडियो नबनाउन सर्वसाधारणलाई आग्रह गरेको छ। *कानुनी आधार:* बिना अनुमति प्रहरी पोसाक प्रयोग गर्नु, डिजिटल रूपमा परिवर्तन गर्नु वा गलत ढंगले प्रस्तुत गर्नु *गैरकानुनी* हो। यस्तो कार्य […]

सर्लाही । के भएको थियो:* सर्लाहीको लालबन्दी नगरपालिका अन्तर्गतका केही सामुदायिक विद्यालयमा युट्युबरहरू पठनपाठन भइरहेकै बेला विद्यालय परिसरमा प्रवेश गरेर अनावश्यक भिडियो अन्तर्वार्ता लिने गरेको गुनासो आयो। यसले शैक्षिक गतिविधिमा बाधा पुगेको विद्यालयहरूको भनाइ छ। 2266 *मेयरको वक्तव्य/नगरको धारणा:* लालबन्दी नगरपालिकाले सार्वजनिक विज्ञप्तिमार्फत ध्यानाकर्षण गराएको छ। नगरले युट्युबरहरूले पठनपाठन सञ्चालन भइरहेको अवस्थामा विद्यालयभित्र पसेर शैक्षिक […]

काठमाडौं । सशस्त्र प्रहरी बल, नेपाल प्रधान कार्यालय, हलचोक काठमाडौं *कार्यक्रम विवरण:* सशस्त्र प्रहरी बलको पूर्व संगठन “पूर्ब सँघ” द्वारा आयोजित कार्यक्रममा नव नियुक्त IGP नारायण दत्त पौडेलज्यूलाई भव्य स्वागत गरियो। साथै निवर्तमान IGP श्रद्धेय राजु अर्यालज्यूलाई पनि पूर्ब सँघमा सम्मानपूर्वक स्वागत गरिएको छ। *IGP नारायण दत्त पौडेल:* नेपाल सरकारको मन्त्रिपरिषद् निर्णयबाट सशस्त्र प्रहरी बलको […]

error: Content is protected !!