०२ माघ २०८२, शुक्रबार
16-01-2026 , Fri
×

रोक्का भएको लुम्बिनीको स्थायी राजधानी भालुवाङ क्षेत्रको जग्गा फुकुवा

Logo
प्रकाशित शुक्रबार, चैत्र १३, २०७७


(सन्तोष थापा क्षेत्री)
दाङ । लुम्बिनी प्रदेशको स्थायी राजधानी तोकिएको भालुवाङ क्षेत्रको जग्गा रोक्का फुकुवा भएको छ । शुक्रबार बसेको लुम्बिनी प्रदेशको मन्त्रिपरिषद् बैठकले दाङको गढवा र राप्ती गाउँपालिका तथा अर्घाखाँचीको शीतगंगा नगरपालिकामा रोक्का गरिएका जग्गा स्थानीय तहका प्रमुखको सिफारिसमा आन्तरिक अंशबन्डा, नामसारी र धितो राख्न मिल्ने गरी फुकुवाको निर्णय गरेको हो ।

यसअघि प्रदेश सरकारले राप्ती गाउँपालिकाको पूरै र शीतगंगा एवं गढवाका केही वडाका जग्गा बेचबिखन र अंशबन्डामा रोक लगाएको थियो ।

त्यस्तै बैठकले लुम्बिनी प्रदेशमा आगामी वर्षका लागि ६ दिन सार्वजनिक बिदा थप गरेको छ । आगामी वर्ष बकर इद, माघी, कृष्णाष्टमी र फागुन ३ गते प्रदेश स्थापना दिवसका अवसरमा बिदा दिने निर्णय गरिएको हो । वर्षको एक दिन स्थानीय तहले आफ्नो महत्व र आवश्यकताअनुसार बिदा दिन पाउनेछन् ।

यसबाहेक रोल्पा र रुकुम पूर्वका जिल्लामा भुम्या पूजा, तराईका ६ जिल्लामा बड्का आइतबारी, मुस्लिम समुदायलाई रमजान र भगवती जात्रामा पाल्पा जिल्लामा मात्रै बिदा दिने निर्णय गरिएको सरकारका प्रवक्तासमेत रहेका भौतिक पूर्वाधार विकासमन्त्री बैजनाथ चौधरीले बताउनुभयो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । सूर्य धनु राशिबाट मकर राशिमा प्रवेश गर्ने सङ्क्रान्ति भएकाले माघ १ गतेलाई मकर (माघे) सङ्क्रान्ति भनिन्छ । माघ १ गतेदेखि उत्तरायण सुरु हुने भएकाले दिनभन्दा रात छोटा हुँदै जान्छन् । उत्तरायण सुरु हुने दिनको स्नान, जप, तप, ध्यान साधना, दान आदिलाई पुण्य दायक मानिन्छ । यसैले आजको दिन देवघाट, त्रिशूली, कालीगण्डकी, वाग्मती, इन्द्रावती, […]

काठमाडौं । “हामी दुबै जना लेबर काम गर्थ्यौँ। दुईवटा छोरा छन्। यही काम गरेर हुँदैन, बाहिर गएर राम्रोसँग कमाउँछु, नानीहरूलाई पढाउँछु, घर बनाउँछु भनेर उहाँ विदेश जानुभएको थियो । श्रीमतीका अनुसार श्रीमान् बिरामी परेपछि परिवारलाई जानकारी दिनुपर्ने भए पनि कुनै सम्पर्क हुन सकेन। त्यसपछि चार महिनासम्म कुनै खबर नआउँदा परिवार चि’न्तामा परेको थियो। चार महिनापछि […]

काभ्रेपलाञ्चोक । नेपाल एसबीआई बैंक घ्याङलेख-२ बस्तीपुर, हायुटार शाखामा मंगलबार राति लुटपाट भएको रकममध्ये एक करोड ८० लाख १० हजार ५०० रुपैयाँ स्थानीयको सहयोगमा प्रहरीले विभिन्न स्थानबाट बरामद गरेको छ । पैसा लुटेर भग्ने क्रममा स्थानीयको होहल्लापछि लुटेराहरूले केही पैसा भएको बोरा छाडेर भागेका थिए भने खोजतलासका क्रममा घटनास्थलको २-३ किलोमिटरको एरियाभित्र केही रकम फेला पारिएको जिल्ला […]

error: Content is protected !!