२७ साउन २०८३, बुधबार
12-08-2026 , Wed
×

कोरोना बढन थालेपछी भारतबाट आउनेहरुको स्वास्थ्य चेकजाँच

Logo
प्रकाशित शुक्रबार, चैत्र १३, २०७७

(महेन्द्र सिंह)
बाँके । भारतको विभिन्न शहरमा फेरि कोरोनाका बिरामी देखिन थालेपछि नेपालगञ्ज नाकामा सावधानी अपनाइएको छ ।
नेपालगञ्ज नाकामा भारतबाट फर्किने मानिसको स्वास्थ्य जाँच शुरु गरिएको छ । नाकामा बसेका स्वास्थ्यकर्मीले थर्मल गनले ज्वरो नाप्ने र ज्वरो आएको व्यक्ति भेटिएमा उनको पीसीआर जाँच गर्ने रणनीति बनाइएको छ ।
नेपालगञ्ज उपमहानगरपालिकाका स्वास्थ्य शाखाका प्रमुख रामबहादुर चन्दले आधा दर्जन स्वास्थ्यकर्मी नाकामा परिचालन भएको जानकारी दिनुभयो । ‘भारतबाट आएका व्यक्तिको पहिला ज्वरो नापिन्छ । ज्वरो देखिएमा एन्टीजिन जाँच गरिन्छ, चन्दले भन्नुभयो, त्यसबाट १५÷२० मिनेटमै कोरोना भाइरस छ कि छैन भन्ने पत्ता लागि हाल्छ । कोरोना भाइरस देखिएमा भेरी अस्पतालमा पठाएर उपचार गर्छौ ।’
भारतका विभिन्न शहरमा कोरोना देखिन थालेपछि घर फर्किने नेपालीको संख्या दिन प्रति दिन बढ्दै गएको छ । नाकामा रहेको इलाका प्रहरी कार्यालय, जमुनाहाका इन्चार्ज विष्णु गिरीले पछिल्लो दिनमा एक हजार आसपासमा नेपालीहरु घर फर्किरहेको बताउनुभयो ।
नेपालगञ्ज नाकामा बाह्रैमास भारत जाने र आउने नेपालीको भीड लाग्छ । यतिबेला पनि केही भारत गइरहेका छन् भने अलि बढी मानिसहरु घर फर्किरहेका छन् । इन्चार्ज गिरीले दैनिक पाँच सय हाराहारीमा भारततिर गइरहेका छन् भने एक हजार आसपासमा नेपाल फर्किरहेको जानकारी दिनुभयो । लुम्बिनी र कर्णाली प्रदेशका विभिन्न जिल्लाबाट ठूलो संख्याका मानिसहरु भारतका विभिन्न शहरमा कामका लागि जाने गर्दछन् । यसअघि पनि कोरोना कहर शुरु भएपछि भारतमा रहेका नेपालीहरु घर फर्किएका थिए । हुलका हुल फर्किएका नेपालीलाई व्यवस्थित तरिकाले घर पठाउन स्थानीय प्रशासनलाई धौधौ भएको थियो ।
सीमावर्ती जिल्ला भएकाले भारतीय शहर रुपैडिहामा किनमेल गर्न जानेको घुँइचो लाग्ने गर्दछ । भारतमा कोरोना देखिएकाले स्थानीय प्रशासनले अति आवश्यक काम बाहेक भारतीय शहरमा जान रोक लगाउने निर्णय गरेको छ । जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्रले किनमेलका लागि भारत जानेलाई रोक्ने निर्णय गरेको हो ।
प्रहरीले बिहीबारदेखि नै भारत जानेलाई कडाई शुरु गरेको छ । ‘हामीले कडाई गर्दै लगेका छौं । अहिले किनमेलका लागि नभई औषधी गर्न र लिन भनेर मानिसहरु रुपैडिहा गइरहेका छन्, इन्चार्ज गिरीले भन्नुभयो, फर्किदा केही सामान बोकेको देखिएको छ । यसलाई रोक्छौं ।’
प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्बाङले भारतबाट आउनेहरुको अभिलेख राख्ने, अनिवार्य रुपमा स्वास्थ्य जाँच गर्ने, कोरोना देखिएकालाई भेरी अस्पतालमा पठाउने र सामान्य व्यक्तिलाई दश दिन होम आइसोलेसनमा बस्न सुझाव दिएर पठाउन शुरु गरेको बताउनुभयो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

बाँके । डुडुवा गाउँपालिकाको सहयोगमा प्रहरी चौकी खडैचाको लागि आवश्यक सामानहरू प्राप्त भएका छन्। प्राप्त सामानहरू स्टिल दराज – १ थान टेबुल पंखा – १ थान टेबुल – १ थान सिलिङ पंखा – १ थान मल्टिप्लग – १ थान कार्यालयको दैनिक कामकाजलाई व्यवस्थित र सहज बनाउन यति महत्वपूर्ण सहयोग उपलब्ध गराउनु भएकोमा डुडुवा गाउँपालिकाको कार्यालय […]

काठमाडौं । सशस्त्र प्रहरी बल, नेपालको प्रधान कार्यालय शिक्षालय, गण तथा गुल्महरूमा नयाँ कार्यालय प्रमुखको जिम्मेवारी प्राप्त गर्नुभएका सशस्त्र प्रहरी वरिष्ठ अधिकृत तथा अधिकृतहरूलाई आईजिपी नारायण दत्त पौडेलले विशेष निर्देशन दिनुभएको छ। निर्देशनका मुख्य बुँदाहरू अनुमानित रूपमा आदेश पालन र अनुशासन: बलको मर्यादा कायम गर्दै मातहतलाई अनुशासित बनाउने सीमा सुरक्षा र अपराध नियन्त्रण: तस्करी, मानव […]

दाङ । घोराही उपमहानगरपालिका–१३ कलमघारी निवासी चामबहादुर कुमाल भारतबाट घर फर्किने क्रममा एक सातादेखि सम्पर्कविहीन भएपछि परिवार चिन्तित बनेको छ। श्रीमान् सम्पर्कमा नआएपछि उहाँकी श्रीमती बिमला कुमालले सञ्चारकर्मीहरूमार्फत चामबहादुरको खोजी गरिदिन सबैसँग आग्रह गर्नुभएको छ। भारतबाट घर फर्किन हिँडेका चामबहादुर एक साता बितिसक्दा पनि घर नआएको र परिवारसँग समेत सम्पर्क हुन नसकेको बिमलाले बताउनुभयो। श्रीमान्को […]