२५ साउन २०८३, सोमबार
10-08-2026 , Mon
×

बाल बिकाशमा रहेका सबै असहाय बालबालिकाको उद्धारमा डिएसपी : सिंह

Logo
प्रकाशित शुक्रबार, चैत्र १३, २०७७


ABC (क्राईमबिट)
दाङ । तुलसीपुर उपमहानगरपालिका वडा नं. १८ बिजौरीस्थित असहाय बाल विकाश नेपालमा रहेका सबै बालबालिकालाई स्थान्तरण गरिने भएको छ ।
ईलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी प्रमुख डिएसपी शिव बहादुर सिंहले असहाय बाल विकाश नेपालका सबै बालबालिकालाई शनिवार सम्म उद्धार गर्ने गरि सबै तयारी पुरा भइसकेको जानकारी दिनुभएको छ ।
‘हामीले बाल बिकासमा रहेका सबै बालबालिका संग उनीहरु माथि भएको ब्यबहार बारे सोधपुछ गरि सकिसकेका छौं,प्रहरी प्रमुख डिएसपी सिंहले भने शुक्रवार बिद्यालय छुट्टी भएपछि बालबालिकालाई त्यहाँबाट स्थान्तरण गर्ने तयारी भइसकेको छ । डिएसपी सिंहले उद्धार गरिने बालबालिका मध्य बालिका ६ जना बालिकालाई उद्धार पछि तुलसीपुर उपमहानगरपालिकाको समन्वयमा तुलसीपुरमा राखिने भएको छ । असहाय बाल बिकाशमा ७ जना बालिका बस्दै आएका छन् ।
बालात्कारमा परेकी भनेएकी जुम्लाकी १४ बर्षीया बालिकाको भने राप्ती स्वास्थ विज्ञान प्रष्ठिानमा उपचार तथा मनोपरामर्ष जारी रहेको जानकारी दिएका छन ।
असहाय बाल विकाशमा रहेका थप ९ जना बालकलाई भने घोराहीमा स्थान्तरणको तयारी भइरहेको डिएसपी सिंहले जानकारी दिए ।
असहाय बाल विकाश नेपालमा बस्दै आएकी एक जना १४ बर्षीय बालिकाले सोही संस्थाका अध्यक्ष बिष्णु चौधरीले आफुमाथि गत कात्तिकदेखि पटक÷पटक जवरजस्ति बालात्कार गरेको अभियोग सहित जिल्ला प्रहरी कार्यालय दाङमा जाहेरी दिएकी छिन् । अभियुक्त बिष्णु चौधरी भने फरार रहेका छ्न । उनको खोजी कार्य तीब्र पारेको डिएसपी सिंहले जानकारी दिनुभएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । उपत्यका ट्राफिक प्रहरी कार्यालय र मातहतका युनिटहरू सडक सुरक्षा तथा ट्राफिक व्यवस्थापन ट्राफिक व्यवस्थापन प्रभावकारी बनाउने उपत्यकाको बढ्दो सवारी चाप र जाम नियन्त्रणका लागि रणनीति सडक सुरक्षा सचेतना दुर्घटना न्यूनीकरणका लागि प्रहरी कर्मचारीलाई प्राविधिक र व्यवहारिक ज्ञान जनसेवा उन्मुख प्रहरी नागरिकप्रति सम्मानजनक व्यवहार र कानूनको सही कार्यान्वयन स्मार्ट ट्राफिक लाइट, सिसिटिभी,लेन अनुशासन सम्बन्धी […]

दाङ । महिला सशक्तीकरणको कुरा गर्दा अब महिलालाई केवल अधिकार र अवसरको कुरा गरेर मात्र पुग्दैन। महिलालाई आर्थिक रूपमा आत्मनिर्भर, उद्यमशील र व्यवसायी बनाउनु आजको महत्वपूर्ण आवश्यकता हो। परिवार, समाज र राष्ट्रको विकासमा महिलाको भूमिका अत्यन्त महत्वपूर्ण भए पनि अझै धेरै महिला आफ्नै क्षमता र सीप हुँदाहुँदै पनि आर्थिक अवसरबाट टाढा छन्। त्यसैले महिलालाई सीप, […]

कपिलवस्तु । इलाका प्रहरी कार्यालय गोरुसिङ्गेका प्रहरी निरीक्षक दीपक कुँवरका अनुसार जंगलमा शव फेला परेपछि गरिएको सनाखतबाट मृतक पूर्वमेयर सिंह नै रहेको पुष्टि भएको हो। प्रहरीले शव फेला परेको स्थानमा आवश्यक मुचुल्का तथा कानुनी प्रक्रिया पूरा गरी घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ। पूर्वमेयर सिंह सम्पर्कविहीन भएपछि प्रहरीले खोजी अभियान सञ्चालन गरेको थियो।