२५ साउन २०८३, सोमबार
10-08-2026 , Mon
×

DSP सिंहको पहलमा असहाय बाल विकास नेपालका १५ बालबालिकालाई अन्यत्र स्थानान्तरण गरियो

Logo
प्रकाशित शुक्रबार, चैत्र १३, २०७७

(तेज वली)
दाङ । तुलसीपुर उपमहानगरपालिका वडा नम्बर १८ मा रहेको असहाय बाल विकास नेपालमा रहेका १५ जना बालबालिकालाई शुक्रबार त्यहाँबाट अन्यत्र स्थानान्तरण गरिएको छ । उक्त संस्थाका सञ्चालक विष्णु चौधरीले संस्थामा आश्रय लिएर बसेकी १४ बर्षीया जुम्लाकी एक बालिकामाथि पटक÷ पटक बालात्कार गर्ने गरेको उजुरी पछि त्यहाँ आश्रय लिएर वसिरहेका बालबालिकालाई अन्यत्र स्थानतरण गरिएको हो ।

आश्रय लिएर बसिरहेका बालबालिकाको अनुरोधमा उनीहरुलाई स्थानान्तरण गरिएको तुलसीपुर १८ का वडाध्यक्ष माधव वलीले जानकारी दिए । वडाध्यक्ष वलीका अनुसार तुलसिपुर उपमहाँनगरपालिका,वडा कार्यालय र विद्यालयको समन्वय पछि त्यहाँ आश्रय लिएर बसेका बालबालिकालाई त्यहाँबाट सुरक्षित ठाउँमा सारिएको बताए ।

तुलसीपुर न्यायीक समितिकी सदस्य जानुका रेग्मीले शुक्रवार स्थान्तरण गरिएका मध्य ६ जना बालिकालाई तुलसीपुर उपमहानगरपालिकाको वडा नं. १० गोलौरीस्थित सेफ हाउसमा र ९ं जना बालकलाई उनीहरुले नै अध्ययन गरिरहेको विद्यालय पब्लिक ज्ञानज्योति बोडिङ स्कूल तुलसीपुर ७ वम्नैको छात्रवासमा स्थानान्तरण गरिएको जानकारी दिइन ।

केही दिन वालवालिकालाई ती ठाउँहरुमा स्थान्तरण गरिएको भएपनि भविस्यमा सकभर उनीहरुका आफन्त खोजेर घर परिवारमै पुर्नंस्थापनाको प्रयास गरिने तुलसिपुर उपमहाँनगरपालिका महिला बालबालिका शाखाकी प्रमुख मायाँ श्रेष्ठले जानकारी दिइन । श्रेष्ठले असहाय केन्द्र अनुगमनका क्रममा संस्था सञ्चालनका लागि धेरैजसो आवश्यक मापदण्ड नै पुरा गरेको नदेखिएको बताइन ।

सरोकारवालाका बीचमा छलफल गरेर समस्या समाधान गरिने उनले बताइन । उनले विद्यालय परिवारका तर्फबाट राम्रो आश्वासन पाएको भन्दै सवै बालबालिकालाई विद्यालयको छात्रवासमा राख्न सक्ने अवस्था देखिएको पनि जानकारी दिइन । ९ जना बालकको जिम्मा लिदै विद्यालयका संस्थापक टिकावहादुर जिसीले निकट भविश्यमै आफुहरु एउटा बाल आश्रम सञ्चालन गर्ने योजनामा रहेको भन्दै सवै बालबालिकालाई आफुले जिम्मा लिने आश्वासन दिएका थिए ।

बुधबार मात्रै उक्त असहाय केन्द्रमा आश्रय लिएर बसिरहेकी बालिकाले संस्थाका संञ्चालकले आफूमाथि बिगत ६ महिनादेखि पटक÷पटक बलात्कार गरेको भन्दै जिल्ला प्रहरी कार्यालय घोराही दाङमा जाहेरी दिइकी थिइन ।त्यसपछि संस्थाका संचालक विष्णु चौधरी भने हालसम्म फरार रहेको दाङ प्रहरी प्रमुख एसपी गणेश चन्दले बताएका छन् ।

उक्त संस्थामा दाङ, रोल्पा, रुकुम, जुम्ला लगायतका अनाथ बालबालिकाले आश्रय लिएर बस्दै आएका थिए । नेकपा माओवादी केन्द्रको विद्यार्थी संगठन अनेरास्ववियु क्रान्तिकारीका नेता अभियुक्त चौधरी २०६५ साल चैत १५ मा बिजौरीमै भएको अर्कौ एउटा सामुहिक बलात्कार मुद्दामा २०७५ साल माघ ३ गते पक्राउ परेपनि ८८ दिन जेल पछि धरौटी राखेर जमानतमा छुटेका थिए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

जनकपुर । धामस्थित राजदेवी मन्दिर छेउमा गाडीमा अटोरिक्सा छोएको विषयलाई लिएर एक भारतीय नागरिकले रिक्सा चालकलाई गालीगलौज गर्दै कुटपिट गरेको घटना सार्वजनिक भएको छ। सार्वजनिक स्थानमा भएको कुटपिटप्रति स्थानीय तथा प्रत्यक्षदर्शीले आपत्ति जनाएका छन्। गाडीमा क्षति पुगेको भए त्यसबारे प्रहरी प्रशासनमा उजुरी गरी कानुनी प्रक्रिया अघि बढाउन सकिने भए पनि आफैं कानून हातमा लिएर सार्वजनिक […]

दाङ । विपन्न तथा आर्थिक समस्यामा परेका विद्यार्थी, किसान, मजदुर तथा ज्येष्ठ नागरिकका लागि सहयोग तथा विभिन्न सचेतनामूलक कार्यक्रम सञ्चालन गर्ने उद्देश्यले घोराही बनाऔँ अभियान र नेपाली जुत्ता घर, घोराही बीच सहमतिपत्रमा हस्ताक्षर भएको छ। २०८३ साल साउन २५ गते घोराहीमा आयोजित कार्यक्रममा घोराही बनाऔँ अभियानका संयोजक सबिन प्रियासन र नेपाली जुत्ता घर, घोराहीका सञ्चालक […]

काठमाडौं । सोसाइटी अफ ट्राभल एन्ड टुर अपरेटर्स (सोट्टो) नेपालले अन्तर्राष्ट्रिय हवाई भाडा महँगो हुँदा नेपालको पर्यटन क्षेत्र प्रभावित भएको टिप्पणी गरेको छ । सोट्टो नेपालले आज पर्यटन पत्रकारसँग गरेको अन्तर्क्रियामा अध्यक्ष मानवबहादुर शाहीले अन्तर्राष्ट्रिय हवाई भाडा अत्यधिक महँगो हुँदा नेपाल आउने पर्यटक प्रभावित भएको बताए । उनले पर्यटनलाई उद्योगका रूपमा मान्यता दिन, श्रम तथा […]