२८ साउन २०८२, बुधबार
13-08-2025 , Wed
×

कोरोना बढेपछि फर्किन थाले नेपालीहरु बाँके जमुनहा सिमामा छैन कुनैपनि सतर्कता ?

Logo
प्रकाशित शनिबार, चैत्र १४, २०७७

(महेन्द्र सिंह)
बाँके । बबई गाउँपालिका–५, जलुके दाङका चेतबहादुर बुढा नेपालगन्ज नाकाबाट नेपाल भित्रिए । उनलाई नेपालगन्ज नाकामा स्थापना गरिएको हेल्थ डेस्कमा खटिने स्वास्थ्यकर्मी र सुरक्षाकर्मी कसैले नरोकेपछि सरासर नेपालगन्ज भित्रिएको उनले बताए ।
भारतको चण्डीगढमा चौकीदारको काम गर्ने उनी लकडाउन खुकुलो भएपछि कामको खोजीमा पुनः चण्डीगढ गएका थिए । कोरोनाका कारण भारतका विभिन्न सहरमा लकडाउन हुन थालेपछि हतार हतार घर फर्किएको उनले (एबिसी संचार) र (खबर 24 नेपाल) लाई बताए । गहुँ स्याहार्ने, मकै छर्ने बेला भएको छ । ‘लकडाउन भयो भने घर आउन पाइदैन भन्ने लागेर हतार हतार घर फर्किएँ,’ उनले भने ।
भारतमा दोस्रो चरणको कोरोना संक्रमण बढेपछि कामका लागि भारतमा रहेका नेपाली डराएको उनले बताए । गत बर्ष जस्तै कोरोनाको महामारी फैलिन सक्ने भन्दै धेरै नेपालीले घर फर्किने मनस्थिती बनाएको उनको भनाई छ । धेरै नेपाली हेर र पर्खको अवस्थामा छन् । लकडाउन हुने संकेत देखिने वित्तिकै घर फर्किन मनस्थितीमा नेपाली छन्,’ उनले भने ।
नलगाड नगरपालिका–१२, जाजरकोटका मोती विक पनि नेपालगन्ज नाका भएर नेपाल आएका छन् । भारतको पञ्जावस्थित एक कम्पनीमा कार्यरत उनी पनि कोरोनाको सन्त्रासका कारण स्वदेश फर्किएका हुन् । १० चैत विहान नेपालगन्जमा फेला परेका उनले भारतमा कोरोना संक्रमण दर बढेपछि आत्तिएर नेपाल आएको बताए । उनी पनि नाकामा कुनै परीक्षण नगरि नेपाल भित्रिएको बताए । ‘कोरोना संक्रमण बढ्ने क्रम नरोकिए लकडाउन हुने हल्ला छ । गत बर्षको जस्तै बेहाल हुने डरले हतार हतार स्वदेश फर्किएँ,’ उनले भने, ‘नाकामा स्वास्थ्य परीक्षण हुन्छ भन्ने लागेको थियो, तर यहाँको हेल्थ डेस्कमा कोही पनि थिएनन् । सरासर नेपालगन्ज पुग्यौँ ।’
अहिले भारत जानेभन्दा स्वदेश फर्किने नेपालीको संख्या धेरै भएको इलाका प्रहरी कार्यालय जमुनहाका प्रमुख विष्णु गिरिले बताए । भारतबाट आउने नेपालीको स्वास्थ्य परीक्षण गर्न हेल्थ डेस्क राख्ने सुने पनि अहिलेसम्म काम सुरु नभएको उनले बताए । गत बर्ष स्थापना गरिएको हेल्थ डेस्क पनि प्रयोग विहिन जस्तै छ । खुले पनि कर्मचारी बस्दैनन्,’ उनले भने ।
उनले दैनिक सरदर सात सय नेपाली भारतबाट स्वदेश फर्किने गरेको बताए । लकडाउनको हल्लासँगै अन्नपात स्याहार्ने समय भएकोले पनि नेपाली आउने क्रम बढेको गिरीको भनाई छ । अन्नपात स्याहार्ने र धान रोप्ने, मकै छर्ने समय हो । यो समयमा कामका लागि भारत गएकाहरु फर्किने समय पनि हो, तर फर्किने नेपालीमा लकडाउन र कोरोनाको सन्त्रास पनि देखिन्छ गिरिले भने ।
नाकामा अझैँ स्थापना भएन हेल्थ डेस्क
भारतबाट आएका नेपालीमा कोरोना संक्रमण देखिएपछि सरकारले नाकामा कडाई गर्न भनेको छ । तर, सरकारको निर्देशनको बेवास्ता गरि नेपालगन्ज उपमहानगरले अहिलेसम्म नाकामा हेल्थ डेस्क संचालनमा ल्याएको छैन ।
नेपाल–भारत सीमा नाका जमुनाहस्थित हनुमानगढी मन्दिर परिसरमा हेल्थ डेस्कका लागि त्रिपाल राखे पनि काम सुरु नभएको भारतका विभिन्न राज्यमा कोरोना सङ्क्रमण बढेपछि स्वास्थ्य सतर्कता बढाउँदै नाकामा ल्यावसुविधा भएको हेल्थ डेस्क संचालन गरिन लागेको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । भालुबाङ नेपाल पत्रकार महाससंघ लुम्बिनी प्रदेश समितिले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेता पार्थिवेन्द्र उपाध्यायले पत्रकार र सञ्चारमाध्यममाथि दिएको अमर्यादित र प्रेस स्वतन्त्रताविरोधी अभिव्यक्ति तत्काल फिर्ता लिन जोडदार माग गरेको छ । महासंघ लुम्बिनी प्रदेश समितिका महासचिव पाण्डवप्रसाद शर्माले विज्ञप्ती जारी गरेर रुपन्देही निर्वाचन क्षेत्र नं. ३ मा आगामी कार्तिक १७ गते हुने […]

बाँके । नेपालगञ्ज उपमहानगरपालिका १४, उधौपुरवामा ठूलो मात्रामा लागुऔषध, नगद रकम र सुन–चाँदीका गहना बरामद गरेको छ। विशेष सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय बाँके र लागुऔषध नियन्त्रण ब्युरो, नेपालगञ्जको संयुक्त टोलीले मंगलबार साँझ ८ बजे उक्त क्षेत्रमा बसोबास गर्ने २८ वर्षीय रमेश लोनियालाई घर नजिकै शंकास्पद अवस्थामा पक्राउ गरी खानतलासी गर्दा उनको साथबाट १५ ग्राम […]

राप्ती प्रतिष्ठानमा पहिलोपटक ब्रेन ट्युमरको सफल अप्रेसन दाङ । राप्ती स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा पहिलोपटक यति ठुलो ब्रेन ट्युमरको अपरेशन सुरु भएको छ । न्युरो सर्जन डा. उपमा शर्मा नेतृत्वको चिकित्सक, नर्शसहितको स्वास्थ्यकर्मिको टाेलिले बुधबार एक जना बिरामिको ब्रेन ट्युमरको अप्रेसन गरेको हो । बिरामीको अबस्था सामान्य रहेको अस्पतालले जनाएको छ । प्रतिष्ठानका रजिस्ट्रार प्रा. श्याम […]

error: Content is protected !!