०६ चैत्र २०८२, शुक्रबार
20-03-2026 , Fri
×

जंगलमा शिकार खेल्न गएका एक जनाको गोली लागेर मृत्यु

Logo
प्रकाशित शनिबार, चैत्र १४, २०७७

ABC (क्राईमबिट) दाङ । घोराहीमा शिकार खेल्न गएका दूई मध्य एक जनाको गोली लागेर मृत्यु भएको छ । घोराही उपमहानगरपालिका वडा नं. १३ का ५० बर्षीय टेकबहादुर गुरुङको गोली लागेर घटनास्थलमै मृत्यु भएको छ ।
जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रमुख एसपी गणेश चन्दले घटना वडा नं. १२ को जंगल क्षेत्रमा शुक्रवार राति भएको जानकारी दिए ।
घटनास्थल पुग्न तीन÷चार घन्टा जति पैदल हिड्नु पर्ने तथा उक्त स्थानमा फोन सम्पर्क समेत राम्रो संग हुन नसक्ने हुँदा घटनाबारे थप बिवरणहरु आउन बाँकी रहेको एसपी चन्दले बताए ।
प्रहरीले गोली चलाउने व्यक्तिलाई प्रहरी पहिचान गरि नियन्त्रणमा लिइ सकेको एसपी चन्दले जानकारी दिए । गोली चलाउने व्यक्तिको नाम भने प्रहरीले सार्वजनिक गरेको छैन ।
यसैबीच भरुवा बन्दुकको गोली लागेर मृन्यु भएका गुरुङको शव पोष्ट मार्टमको लागि राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ल्याउने तयारी भइरहेको एसपी चन्दले बताए । घटनाबारे थप अनुसन्धान भइ रहेको एसपी चंन्दले जानकारी दिए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौँ । उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरी टोलीले कुटपिटमा संलग्न व्यक्तिलाई पक्राउ गरेको हो । कार्यालयका एक प्रहरीका अनुसार पक्राउ पर्नेमा भक्तपुरको चागुनारायण नगरपालिका-६ नगरकोटका ४१ वर्षीय गणेशबहादुर तामाङ हुन् । केही दिन अघि नगरकोट जाने बाटोमै तामाङले दुई  युवकहरूमाथि कुटपिट गरेका थिए । कुटपिटको भिडिओ सामाजिक सञ्जालमा भाइरल भएको थियो । त्यसपछि प्रहरीले खोजी […]

दाङ । तुल्सीपुर चलचित्र पत्रकार संघ दाङ शाखाको कार्यसमिति चयनप्रति मेरो गम्भीर आपत्ति रहेको जानकारी गराउन चाहन्छु । म चलचित्र पत्रकार सङ्घ दाङमा दुई कार्यकाल कार्यसमिति सदस्यको रूपमा जिम्मेवारी निर्वाह गरिसकेको व्यक्ति हुँ । संस्थाप्रतिको माया, लगाव र निरन्तर सक्रियताका कारण यस पटक सचिव पदमा मेरो स्वाभाविक आकांक्षा पनि थियो । तर दुर्भाग्यवश, संस्थाको विधि, […]

सुर्खेत । कर्णाली प्रदेश ट्राफिक प्रहरी कार्यालय सुर्खेतका निमित्त कार्यालय प्रमुख प्रहरी नायव उपरीक्षक हरि बहादुर बि.सी.बाट कार्यरत सम्पूर्ण प्रहरी कर्मचारीहरुको व्यक्तिगत टर्नआउट, विभिन्न शाखाहरु, मेश, ब्यारेक तथा वाड एरियाको निरीक्षण गर्नुका साथै आवश्यक निर्देशन प्रदान गर्नु भएको ।

error: Content is protected !!