२७ साउन २०८३, बुधबार
12-08-2026 , Wed
×

विमानस्थलको सुरक्षाकर्मीलाई उत्कृष्‍ट प्रहरी घोषित साथै नगद पुरस्कारद्वारा पुरस्कृत

Logo
प्रकाशित शनिबार, चैत्र १४, २०७७

ABC (क्राईमबिट) काठमाडौं । अन्तर्राष्ट्रिय विमानस्थल काठमाडौंमा चैत ११ गते कतार एयरवेजको उडान नं. QR 653 द्वारा काठमाण्डौंबाट दोहा हुँदै लण्डन जान लागेका यात्रु UK नागरिकले अमेरिकी डलर २६,३१०।– र नेपाली रुपैयाँ ७,९७०।– लुकाई छिपाई अबैध रुपमा बाहीरी मुलुकतर्फ लैजान लागेको अवस्थामा अन्तर्राष्ट्रिय प्रस्थान ह्‍याण्ड ब्यागेज X-ray Machine मा अबैध मुद्रा सहित मानिस नियन्त्रणमा लिई अबैध ओसारपसार नियन्त्रणमा महत्वपूर्ण भुमिका खेली आफूलाई तोकिएको जिम्मेवारीलाई विभागिय मूल्य मान्यता, आदेश निर्देशनको पालना गर्दै उच्च व्यवसायिक एवं लगनसिल भई कर्तव्यपथमा तल्लिन रही आफूलाई तोकिएको जिम्मेवारीलाई उच्च मनोवलका साथ सम्पादन गरेको हुँदा उक्त कार्यहरुको उच्च मुल्याङ्कन गर्दै प्र.ना.नि.भिमसेन कार्कीलाई २०७७ साल “फाल्गुन महिनाको उत्कृष्‍ट प्रहरी (BEST POLICE OF THE MONTH)” घोषणा गरिएको । साथै, यस कार्यालयमा कार्यरत निम्न प्रहरी कर्मचारीहरुले विमानस्थलको शान्ति सुरक्षा, अपराध अनुसन्धान, रोकथाम तथा नियन्त्रण, असल आचरण, व्यवहार प्रदर्शन गरी प्रशासनिक लगायतका प्रहरी कार्यमा परिणाममूखी प्रहरी सेवा प्रदान गरी विमानस्थलका सेवा प्रदायक कर्मचारीहरु तथा यात्रुहरु समेतलाई सुरक्षाको अनुभूति गराउन इमान्दार, पेशाप्रति समर्पित, व्यवसायिक, लगनशील एवं पूर्ण निष्‍ठावान भई उत्कृष्‍ट तवरबाट कार्यसम्पादन गरेको हुँदा निज प्रहरी कर्मचारीहरूलाई नगद पुरस्कारद्वारा पुरस्कृत गरिएको ।
निम्न
प्र.ना.नि. बिनोद कार्की
प्र.ना.नि. बिरेन्द्र बहादुर चन्द
प्र.ज. मोहन साउद
प्र.ज. उर्मिला लो

कमेन्ट गर्नुहोस्
सम्बन्धित

बाँके । डुडुवा गाउँपालिकाको सहयोगमा प्रहरी चौकी खडैचाको लागि आवश्यक सामानहरू प्राप्त भएका छन्। प्राप्त सामानहरू स्टिल दराज – १ थान टेबुल पंखा – १ थान टेबुल – १ थान सिलिङ पंखा – १ थान मल्टिप्लग – १ थान कार्यालयको दैनिक कामकाजलाई व्यवस्थित र सहज बनाउन यति महत्वपूर्ण सहयोग उपलब्ध गराउनु भएकोमा डुडुवा गाउँपालिकाको कार्यालय […]

काठमाडौं । सशस्त्र प्रहरी बल, नेपालको प्रधान कार्यालय शिक्षालय, गण तथा गुल्महरूमा नयाँ कार्यालय प्रमुखको जिम्मेवारी प्राप्त गर्नुभएका सशस्त्र प्रहरी वरिष्ठ अधिकृत तथा अधिकृतहरूलाई आईजिपी नारायण दत्त पौडेलले विशेष निर्देशन दिनुभएको छ। निर्देशनका मुख्य बुँदाहरू अनुमानित रूपमा आदेश पालन र अनुशासन: बलको मर्यादा कायम गर्दै मातहतलाई अनुशासित बनाउने सीमा सुरक्षा र अपराध नियन्त्रण: तस्करी, मानव […]

दाङ । घोराही उपमहानगरपालिका–१३ कलमघारी निवासी चामबहादुर कुमाल भारतबाट घर फर्किने क्रममा एक सातादेखि सम्पर्कविहीन भएपछि परिवार चिन्तित बनेको छ। श्रीमान् सम्पर्कमा नआएपछि उहाँकी श्रीमती बिमला कुमालले सञ्चारकर्मीहरूमार्फत चामबहादुरको खोजी गरिदिन सबैसँग आग्रह गर्नुभएको छ। भारतबाट घर फर्किन हिँडेका चामबहादुर एक साता बितिसक्दा पनि घर नआएको र परिवारसँग समेत सम्पर्क हुन नसकेको बिमलाले बताउनुभयो। श्रीमान्को […]