३० बैशाख २०८३, बुधबार
13-05-2026 , Wed
×

होली पर्व घरमै बसेर मनाउन कपिलवस्तु SP अधिकारीको आग्रह

Logo
प्रकाशित शनिबार, चैत्र १४, २०७७

(सागर थापा)
कपिलवस्तु । होली पर्वमा सार्वजनिक कार्यक्रम नगर्न जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले सम्पूर्ण जिल्ला बासीमा आग्रह गरेको छ । आफ्नो घर–परिवारमा मात्रै होली खेल्न आग्रह गर्दै कपिलवस्तु प्रहरीले होलीको नाममा कुनैपनि सार्वजनिक कार्यक्रम आयोजना नगर्न आग्रह गरेको छ ।
चैत १६ मा तराईका जिल्लामा होली मनाईदै छ । घरको छत, बरन्डा र झ्यालबाट जबर्जस्ती पिच्कारी र लोला हानेमा कानुनी कारवाही गरिने जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रहरी प्रमुख एसपी नवराज अधिकारीले बताए ।

सडकमा हिँडेका मानिसलाई इच्छा विपरित अवीर नदल्न प्रहरीले आग्रह गरेको छ । जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले एक विज्ञप्ति सूचना मार्फत भनेको छ । ‘कोरोना संक्रमण बढ्नेतर्फ सचेत रहँदै नागरिकको जिम्मेवारी नभुलौँ एसपी अधिकारीले सम्पूर्ण कपिलवस्तु बासीलाई अनुरोध गरेका छ्न ।’

कमेन्ट गर्नुहोस्
सम्बन्धित

बाँके । *घटना विवरण:* लुम्बिनी प्रदेश प्रहरी कार्यालयको ब्युरो टोली र लागूऔषध नियन्त्रण ब्यूरो, शाखा कार्यालय नेपालगन्जको संयुक्त अपरेशनमा बर्दिया जिल्ला गुलरिया नगरपालिका-७ स्थित बाबा पेट्रोल पम्प नजिकबाट *अन्दाजी २८० ग्राम खैरो हिरोइन* बरामद भएको हो। *पक्राउ परेका व्यक्ति:* 1. *तेजेन्द्र कुमार*, वर्ष ३५ 2. *विजय सिंह*, वर्ष २६ *कसरी समातिए:* विशेष सूचनाको आधारमा खटिएको […]

दाङ । जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङको निर्देशनमा ट्राफिक प्रहरी कर्मचारीहरूका लागि *‘डिफेन्सिभ ड्राइभिङ’ तालिम* सम्पन्न भएको छ। *तालिमको उद्देश्य:* ‘प्रहरी कर्मचारी संलग्न सवारी दुर्घटना न्यूनीकरण’ गर्ने मुख्य लक्ष्यसहित जिल्ला ट्राफिक कार्यालय तथा मातहतका पोष्टमा कार्यरत ट्राफिक प्रहरीलाई यो तालिम दिइएको हो। *के सिकाइयो:* 1. *रक्षात्मक ड्राइभिङ*: अरूको गल्तीबाट आफूलाई कसरी जोगाउने, जोखिम पूर्वानुमान गर्ने […]

बाँके । नेपाल-भारत मुख्य नाका जमुनाहमा केही दिनअघि चेकजाँचका क्रममा सशस्त्र प्रहरीका पुरुष जवान र स्थानीय महिलाबीच हातपात भएपछि सशस्त्र प्रहरी बल नं. ३० गण बागेश्वरीले नाकामा *महिला सशस्त्र प्रहरी* खटाएको छ। *के भएको थियो:* 1. *घटनाको पृष्ठभूमि*: जमुनाह नाकाबाट दैनिक घरायसी सामान लिएर ओहोरदोहोर गर्ने महिलाहरूको संख्या ठूलो छ। पुरुष सुरक्षाकर्मीले महिलाको झोला/शरीर जाँच […]

error: Content is protected !!