३२ आषाढ २०८२, बुधबार
16-07-2025 , Wed
×

कोभिडको कारण बाँकेमा आयोजना गरिएको महोत्सवमा रोक

Logo
प्रकाशित शनिबार, चैत्र १४, २०७७

(महेन्द्र सिंह)
बाँके । भारतमा कोभिड -१९ को प्रकोप तिब्र रुपमा बढदै गएको र भारतबाट आउने नेपालीहरुमा जमुनाह नाकामा पोजिटिभ केश समेत देखिएको हुदाँ उच्च जोखिमलाई ध्यान दिदै आसन्न होलि पर्व घरमै मनाउन बाँके प्रशासनले अनुरोध गरेको छ ।

जिल्ला प्रशासन कार्यालय बाँकेले जारी गरेको सुचना अनुसार अर्को निर्णय नभए सम्म जिल्लाभर मेला ,महोत्सव, र्याली, सेमिनार निषेध गरिएको छ । निर्णय अनुसार कसैले अटेरी गरे कारबाही गरिने प्रमुख जिल्ला अधिकारी राम बहादुर कुरुम्वाङले जानकारी दिदै ।
नेपालगन्जमा आयोजना गरिएको मेला रोक्न निर्देशन दिनुभएको छ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौँ । पेट्रोलियम पदार्थको मूल्य घटेको छ । नेपाल आयल निगमका अनुसार पेट्रोल ५ रुपैँयाले घटेको हो भने डिजेल १ रुपैयाँले घटेको हाे । बुधबारदेखि लागू हुनेगरी पेट्राेलियम पदार्थकाे मूल्य घटाइएकाे निगमले जनाएकाे छ ।

दाङ । तुलसीपुर उपमहानगरपालिका–११ बेलटाकुराकी ४२ वर्षीया रिता लामिछानेलाई क्रुरतापूर्वक हत्या गरेको कसुर ठहर गर्दै दाङ जिल्ला अदालतले तुलसीपुर उपमहानगरपालिका–११ का ३८ वर्षीय टेकबहादुर हमाललाई आजीवन कारावासको सजाय सुनाएको छ । जिल्ला न्यायाधीश राजेश्वर अर्यालको इजलासले सोमबार हमाललाई आजीवन कारावास र पाँच लाख जरिवाना गर्ने फैसला गरेको अदालतका श्रेस्तेदार दामोदर घिमिरेले जानकारी दिनुभयो । हमालले […]

दाङ । दुर्घटनामा परी गढवा गाउँपालिका– ८ घर भई घोराही उपमहानगरपालिका–१७ भैँसाहिमा डेरा गरी बस्ने १८ वर्षीय रोहित बिक र १६ वर्षीय निशान बिकको मृत्यु भएको हो ।दुवै जनाको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा उपचारको क्रममा सोमबार साँझ मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङका सूचना अधिकारी एवं प्रहरी नायव उपरिक्षक चक्रबहादुर शाहले जानकारी दिनुभयो । […]

error: Content is protected !!