२९ मंसिर २०८२, सोमबार
15-12-2025 , Mon
×

बालविवाह न्युनिकरणका लागि बर्दियाका सरोकारवालाहरुविच अन्तरक्रिया कार्यक्रम

Logo
प्रकाशित शनिबार, चैत्र १४, २०७७

 

(महेन्द्र सिंह)
गुलरिया । बर्दिया युनेस्को क्लबको आयोजनामा बर्दिया जिल्लाको गुलरियामा जिल्लास्तरीय प्रमुख सरोकारवालाहरुको सहभागितामा विहिबार महत्वपुर्ण अन्तरक्रिया कार्यक्रम सम्पन्न गरिएको छ ।
प्लान नेपालको आर्थिक सहयोगमा संचालन गरिएको बाल विवाह न्युनिकरण परियोजना अन्तर्गत जिल्ला समन्वय समिति बर्दियाका प्रमुख शंकर प्रसाद थारुको अध्यक्षतामा बाल अधिकार ः स्थानीयकरण तथा विद्यमान चुनौती विषयमा जिल्लाका सबै प्रमुख सरोकारवालाको सहभागितामा अन्तक्रिया कार्यक्रम सम्पन्न गरिएको बाँके युनेस्को क्लबका अध्यक्ष प्रवेज अली सिद्दिकीले बताउनुभयो ।

उहाँले बर्दिया जिल्लामा बाल समितिको सबलीकरण, स्थानीय तहमा बाल कोषको स्थापना, बाल कल्याण अधिकारीको व्यवस्थापन, स्थानीय बाल मनोविज्ञ तथा समाजसेवीको सुचिकरण, बालबालिका सम्बन्धि नितिगत व्यवस्था र बर्दिया जिल्लामा बाल हेल्प लाइन १०९८ सञ्चालनबारे निर्णय लिनका लागि सो अन्तरक्रिया र बैठकको आयोजना गरिएको बताउनुभयो ।
कार्यक्रममा जिल्ला समन्वय समिति बर्दियाका प्रमुख शंकर प्रसाद थारुले वाल विवाह न्युनिकरणका लागि अन्तरक्रियामा एजेण्डाको रुपमा अघि सारिएका सबै कामहरु अतिआवश्यक रहकेोले ती सबैको व्यवस्थापनका लागि जिल्ला समन्वय समितिले स्थानीय तहरुसंग समन्वय गरेर कार्य अगाडी बढाउने बताउनुभयो ।

उहाँले जिल्ला समन्वय समितिले आवश्यक बजेटका लागि पनि पहल र प्रयास गर्ने जनाउँदै सबै स्थानीय तहमा बाल विवाह न्युनिकरणको अभियानलाई तिव्र पारिने बताउनुभयो ।
कार्यक्रममा बोल्दै बर्दियाका प्रमुख जिल्ला अधिकारी सन्त बहादुर सुनारले बाल अधिकार र बाल विवाह न्युनिकरणका लागि सरकारले धेरै नितिगत व्यवस्था गरेकोले सो काम गर्ने प्रमुख जिम्मेवारी सरकारी निकायको भएपनि ती काम पुरा गर्न प्लान नेपाल र बाँके युनेस्को क्लबले अभियान सञ्चालन गरेकोमा खुशी व्यक्त गर्नुभयो ।

उहाँले जिल्लामा सबै सरोकारवालाहरुविच समन्वय र सहकार्य गरेर अन्तरक्रियामा राखिएका एजेण्डाहरुलाई कार्यान्वयन गर्नु पर्नेमा जोड दिनुभयो ।
गुलरिया नगरपालिकाका उपप्रमुख सुशिला गिरीले आजको कार्यक्रममा राखिएका सबै बुँदाहरु निकै अहम रहेकोले ती सबैलाई कार्यान्वयन गरिने प्रतिवद्धता जनाउनुभयो ।
कार्यक्रमको सञ्चालन बाँके युनेस्को क्लबका कार्यक्रम संयोजक बसन्त विसीले गर्नुभएको थियो भने सहजीकरण मध्यपश्चिम विश्वविद्यालयका सह प्राध्यापक रविन मल्लले गर्नु भएको थियो ।

सो अवसरमा जिल्ला समनवय समिति बर्दियाका उपप्रमुख मान बहादुर विष्ट, बर्दियाका प्रहरी प्रमुख एसपी ईश्वर कार्की, मधुवन नगरपालिकाका उपप्रमुख शुभरानी थारु, पत्रकार महासंघ बर्दियाका अधयक्ष राजेन्द्र धिताल, गैर सरकारी संस्था महासंघ बर्दियाका अध्यक्ष विष्णु तिमिल्सिना, जिल्ला प्रशासन कार्यालय बदिएयाका प्रशासकीय अधिकृतनारायण प्रसाद शर्मा, गुलरिया नगरपालिकाका महिला विकास अधिकृत शिला शाह लगायतले बालविवाह न्युनिकरणका लागि समन्वय र सहकार्यमा जोड दिनु भएको थियो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

भैरहवा । जिल्ला ट्राफिक प्रहरी कार्यालय रुपन्देहीबाट खटिई गएको ट्राफिक प्रहरीद्वारा जिल्ला रुपन्देही सिद्धार्थ नगरपालीका वडा नं. १ बेलहिया स्थित BR06PF2851 र UP17AT7229 भारतिय बसहरुले सवारी तथा यातायात ब्यवस्था ऐन, २०४९ को दफा १२ बिपरित कार्य गरेको हुदा नियन्त्रणमा लिई यातायात ब्यवस्था कार्यालय लुम्बिनी रुपन्देहीबाट जनही रु १००००।– जरिवाना भए पश्चात छाडिएको । साथै भारतिय […]

काठमाडौं । धेरै जसो नेपालीका छोराछोरी अमेरिका, अस्ट्रेलिया, क्यानडा,बेलायतलगायत विकसित मुलुकमा छन्। उनीहरु पढ्न अर्थात् अध्ययन भिसामा त्यता गएका हुन्। पढ्न भनेर गएपनि नेपाली विद्यार्थीहरु त्यहाँ काम गर्ने गर्छन्। तर, अहिले छोराछोरी विकसित मुलुकमा रहेका अभिभावकहरु भन्छन्, ‘त्यहाँको सरकारले काम गर्नै दिएको छैन रे। काम गर्न नपाएपछि पैसा हुँदैन। यताबाट पठाउन पनि पैसा छैन। कलेज […]

कपिलवस्तु । प्रहरी र प्रशासनका उच्च अधिकारीहरूसँग चिनजान रहेको भन्दै हिरासतमा रहेका व्यक्तिको मुद्दा मिलाइदिने प्रलोभन देखाई रकम ठगी गर्ने दुई जनालाई कपिलवस्तु प्रहरीले पक्राउ गरेको छ। कुटपिट तथा ज्यान मार्ने उद्योग मुद्दामा थुनामा रहेका प्रलाहद केवटकी श्रीमतीसँग मुद्दा दर्ता गर्न नदिने र मिलाइदिने भन्दै १० हजार रुपैयाँ असुल्ने बुद्धभुमी नगरपालिका–१० का ५० वर्षीय अयोध्यालाल […]

error: Content is protected !!