२५ भाद्र २०८३, बिहिबार
10-09-2026 , Thu
×

स्रोत नखुलेको ३० लाख नगद र बिभिन्न बैकका चेक सहित २ जना पक्राउ

Logo
प्रकाशित शनिबार, चैत्र १४, २०७७

ABC Sanchar
काठमाडौं । महानगरपालिका–२४ विशालबजार नजिकबाट स्रोत नखुलेको ३० लाख ५० हजार नगद सहित एक युवक पक्राउ परेका हुन् ।

पक्राउ पर्नेमा काठमाडौं कालोपुल बस्ने गुल्मी कालिगण्डकी गाउँपालिका–१ का २५ वर्षीय गणेश पाण्डे रहेका छन् । महानगरीय प्रहरी वृत्त जनसेवाबाट खटिएको प्रहरीले उनि सँगै अर्का एक जनालाई समेत पक्राउ गरेको छ ।

उनीहरूको साथबाट दरौदी बहुउद्धेश्य सहकारी संस्थाको १ लाखको चेक, रञ्जना बहुउद्धेश्य सहकारी संस्थाको २५ हजारको चेक, कुमारी बैंकको २ लाख ८५ हजारको चेक, गुणकारी बचत तथा ऋण सहकारी संस्थाको १० हजारको चेक र १ थान मोबाइल प्रहरीले बरामद गरेको छ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

एजेन्सी । जापानको नागोया तथा आइची प्रिफेक्चरका केही क्षेत्रमा मंगलबार भारी वर्षापछि बाढीको अवस्था सिर्जना भएको छ। जापान मौसम विज्ञान एजेन्सी (JMA) का अनुसार नागोयामा एक घण्टामै १०४.५ मिलिमिटर वर्षा रेकर्ड गरिएको छ। भारी वर्षाका कारण सडक, अन्डरपास र होचा बस्तीमा पानी जमेको छ भने कतिपय स्थानमा म्यानहोलबाट समेत पानी बाहिर निस्किएको छ। वर्षाका कारण […]

अछाम । जिल्ला प्रहरी कार्यालय अछामको आयोजनामा Virtual माध्यमबाट अन्तर-जिल्ला समन्वय बैठक सम्पन्न भएको छ। २०८३ भदौ २४ गते यस कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक पबिन्द्र बहादुर बम, जिल्ला प्रहरी कार्यालय डोटी, बझाङ र बाजुराका कार्यालय प्रमुखहरुबीच बैठक बसेको हो। बैठकमा आपसी व्यावसायिक हित, सूचना आदानप्रदान, सीमा सुरक्षा र अपराध नियन्त्रण लगायतका विविध विषयमा छलफल […]

हेटौंडा । त्रिभुवन राजपथ अन्तर्गत कृष्णभीरमा पहिरो खसेपछि हेटौंडा-काठमाडौं सडकमा सवारी चाप बढेको छ। पहिरोका कारण नौबिसे-मुग्लिन सडक खण्ड अवरुद्ध हुँदा सवारी साधनहरु वैकल्पिक मार्गको रुपमा हेटौंडा-कुलेखानी-फाखेल हुँदै काठमाडौं जाने गरेका छन्। जसका कारण हेटौंडा-काठमाडौं सडकमा सवारीको चाप बढेको हो। सडकमा सवारी चाप बढेसँगै ट्राफिक व्यवस्थापनमा चुनौती थपिएको प्रहरीले जनाएको छ।