३० चैत्र २०८२, सोमबार
13-04-2026 , Mon
×

भारतबाट नेपाल प्रवेश गर्ने नेपालीमा कोरोना पुष्टि

Logo
प्रकाशित शनिबार, चैत्र १४, २०७७

(महेन्द्र सिंह)
बाँके । भारतमा कोरोनाको दोस्रो महामारी फैलिएसँगै भारतबाट नेपाल फर्केका नेपालीहरुमा पनि कोरोना फोजेटिभ देखिने क्रम सुरु भएको छ । बिभिन्न खुल्ला नाकाहुँदै नेपाल प्रवेश गर्नेहरुको चुकजाँच हुन नसकेपनि मुख्य नाकाहरुमा राखिएको हेल्थ डेस्कबाट कोरोना पुष्टि हुने क्रम सुरु भएको छ ।

भारतबाट नेपालगन्जको जमुनाह नाका हुदै नेपाल भित्रिएका थप दुईजनामा कोरोना पुष्टि भएको छ । शुक्रबार भारतको गुजरातबाट घर फर्कँदै गरेका रोल्पाका एक पुरुष र आज (शनिबार) महाराष्टबाट जमुनाहा हुँदै नेपाल प्रवेश गरेका बर्दियाका अर्का पुरुषमा कोरोना संक्रमण देखिएको छ ।

दुवैजनालाई जमुनाह नाकामा जाचँ गर्दा कोभिड १९ पोजेटिभ देखिएको बाँकेका प्रमुख जिल्ला अधिकारी राम बहादुर कुरुम्वाङले जनाएका छन् । मुख्य नाकाहरुमा प्रशासनले कडाई गर्दै हेल्थ डेस्क स्थापना गरेपनि तराईका अधिकांस स्थानमा रहेका खुल्ला नाकाहरुबाट भने हरेक दिन नेपाली र भारतीय नागरिकको आउने जाने क्रम जारी रहेका कारण सिमावर्ती बजारहरुमा कोरोनाको जोखिम बढी देखिएको छ ।

भारतबाट नेपाल आउने नागरिकमा कोरोना देखिन थालेसँगै बाँके प्रशासनले सिमामा कडाई गरेको छ । औषधी उपचार, अध्ययनको अत्यावश्यक अवस्था वा भारतीय पल्टनमा जागीरेृहरु बाहेक अन्यलाई बिना कारण भारत नजान बाँके प्रशासनले आग्रह गरेको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

कपिलवस्तु । प्रहरीले तौलिहवा बजारमा स्रोत नखुलेको १४ लाख भारतीय रुपैयाँ बरामद गरेको छ। घटनामा संलग्न एक जनालाई पक्राउ गरिएको छ। पक्राउ पर्नेमा शिवा पटवा भन्ने आशिष कुमार रहेको बताइएको छ। उनलाई शिवराज नगरपालिका-५ ग्यालेक्सी टोलस्थित महेश बरईको घरमा डेरा गरी बस्दै गर्दा पक्राउ गरिएको हो । प्रहरीले बरामद गरेको रकमको स्रोत खुलेको छैन। प्रहरीले […]

काठमाडौं । सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालको प्रमुख आतिथ्यमा चैत्र ३० गते सशस्त्र प्रहरी महानिरीक्षक कप–२०८२ समापन भएको छ। सशस्त्र प्रहरी महानिरीक्षक कप–२०८२ खेलकुद प्रतियोगिता चैत्र २४ गतेदेखि सुरु भएको थियो, जसमा सशस्त्र प्रहरी बल नेपालका विभिन्न बाहिनी मुख्यालयका खेलाडीहरुले सहभागिता जनाएका थिए । प्रतियोगितामा फुटबल,भलिबल, एथ्लेटिक्स र कबड्डी गरी खेलहरु समावेश गरिएको थियो। विभिन्न […]

डोल्पा । जिल्लाको ठूलीभेरी नगरपालिका-६ काँडातालीमा सोमबार बिहान सडक विस्तारको काम गरिरहेको क्रिस एन्ड क्रस्टिना निर्माण सेवा मुड्केचुलाको डोजर अनियन्त्रित भई दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय डोल्पाले जानकारी दिएको छ । डोजर पल्टिँदा काँडातालीका ४५ वर्षीय सिद्दी बुढा र ४२ वर्षीय सुद्दसिंह बूढाको घरको माथिल्लो तला पूर्ण रूपमा भत्किएको छ भने तल्लो तलामा समेत चर्किएको […]

error: Content is protected !!