२५ साउन २०८३, सोमबार
10-08-2026 , Mon
×

घोराही उपमहानगरको चोकचोकमा राजनीति स्थानीयहरुबाट बिरोध सुरु

Logo
प्रकाशित आइतबार, चैत्र १५, २०७७

ABC Sanchar
दाङ । घोराही उपमहानगरपालिका वडा नम्बर १५ का ७ वटा टोल बिकास संस्थाले घोराहीको मुख्य सडकमा पर्ने एक चोकलाई ‘स्वर्गद्धारी घण्टाघर चोक’ नामाकरण गर्ने निर्णय गरे। घण्टा घर निर्माण सहितको चोक निर्माण गर्ने योजना मुताबिक टोल बिकास संस्थाहरुले उक्त नामाकरणका लागि गत असोजमा वडा कार्यालयबाट अनुमती पनि लिए। 

चोक निर्माण समिति निर्माण गरेरै अगाडी बढेका टोल बिकास संस्थाहरुले ‘स्वर्गद्धारी घण्टाघर चोक’ निर्माणास्थल भनेर त्यहाँ बनाउने भनिएको घण्टाघरको फोटोसहित बोर्ड गाडे। तर घोराही उपमहानगरपालिका शुक्रबार उक्त बोर्ड फालिदियो। ‘हामीहरु सात वटा टोल बिकास संस्थाले निर्णय गरेर चोक निर्माण गर्ने भनेका थियौँ, र वडाबाट अनुमती पनि लियौँ,’ निर्माण समितिका अध्यक्ष नरेश श्रेष्ठले भने ‘तर घोराही उपमहानगरपालिका आएर हामीहरुले गाडेको बोर्ड फालिदियो।’ उपमहानगरपालिकाले प्रहरीको सहयोग लिएर चोकको नामाकरण गरिएको बोर्ड उखेलेर फालिएपछि स्थानीयहरु आक्रोशित बने।

शनिबार उक्त चोकमै स्थानीयहरुले उपमहानगरपालिकाविरुद्ध विरोध सभानै गरे। साथै उनिहरुले उक्त स्थानमा कालो झण्डा गाडे। स्थानीयहरुले वडाकै अनुमती लिएर चोकको नामाकरण गर्न खोज्दा पनि उपमहानगरले नमान्नुमा उसको राजनीति प्रष्टै देखिन्छ। टोल बिकास संस्थाहरुको निर्णय लत्याउँदै उसले कम्युनिष्ट नेता नेत्रलाल अभागी चोक नामाकरण गर्न चाहेको छ। ‘उपमहानगरपालिकाले गरेको यो बिशुद्ध राजनीति हो,’ टोल बिकास संस्थाहरुले बनाएको निर्माण समितिका अध्यक्ष श्रेष्ठले भने ‘हामीहरुले अनुमती लिएर काम गर्न थाल्दा समेत उपमहानगरले तानाशाही शैली प्रस्तुत गर्‍यो।’

यता घोराही उपमहानगरपालिकाले भने नगर कार्यपालिकाको बैठकले नै नेत्रलाल अभागी चोक नामाकरण गर्ने निर्णय गरेकाले उक्त स्थानमा अरु कुनै नामाकरण नहुने बताउँछ। ‘घोराही उपहानगरको नगर कार्यपालिका बैठकले उक्त चोक नेत्रलाल अभागी नामाकरण गर्ने भनेर निर्णय गरिसकेको हो,’ उपमहानगरका मेयर नरुलाल चौधरीले भने ‘त्यसैले उक्त चोकको नाम अरु केही रहन्न।’ तर स्थानीय टोलबासीहरुले गत असोजमा निर्णय गरिसकेपछि गत माघमा उपमहानगरले बल्ल चोकको नामबारे निर्णय गरेको टोलबासीहरु बताउँछन्।

उक्त चोकमा नेत्रलाल अभागीको शालिक राख्नका लागि उपमहानगरले काम गरिरहेको छ। यो चोक देखि पूर्वमा बिपी चोक रहेको र नारायणपुरमा कांग्रेस नेता खुमबहादुर खड्काको नाममा चोक नामाकरण गरिएको प्रति उपमहानगरले कुनै असहमती नराखेको मेयर बताउँछन्। ‘घोराहीमै बिपी चोकको नाम राखियो, उपमहानगरले केही बजेट पनि विनियोजन गर्‍यो, नारायणपुरमा खुमवहादुर खड्काको नामबाट नामाकरण गरियो, त्यहाँ पनि उपमहानगर केही बोलेन,’ उनले भने ‘त्यसैले बिगतमा समाजमा केही राम्रो काम गरेका ब्यक्तिहरुको नामबाट चोकको नामाकरण गर्नका लागि यो चोकमा नेत्रलाल अभागीको नाम राख्न खोजिएको हो।’

यो चोकमा मात्रै हैन, यो उपमहानगरपालिका घोराहीका बिभिन्न चोकमा ‘नामको राजनीति’ गर्न खप्पिसै छ। सार्वजनिक चोकमा आफूले भनेकै नाम रहनु पर्ने अडानमा रहने यो उपमहानगरले स्थानीयले जुराएको नामलाई कदापी स्वीकार्नै सक्दैन। घोराहीको मुख्य चोकमा पनि यो उपमहानगरपालिका टोल बिकास संस्था तथा अन्य साहित्यिक संस्थाहरुलाई पेलेरै अगाडी बढ्यो। टोलबासीहरुले आदीकबि भानुभक्त आचार्यको शालिक राख्न खोजेको यो चोकमा उपमहानगरले घोँडाको प्रतिमा राख्ने निर्णय गरेको छ। त्यसोत, यो चोकको पुरानो नाम भानु चोकनै हो। टोल बिकास संस्थाहरुले यो चोकको पुरानै नाम कायम गर्दै भानुभक्तको शालिक राख्ने निर्णय गरेका थिए। तर भानुभक्तको स्थानमा घोँडाको शालिक राख्न चाहेको उपमहानगरले घोराही चोक नामाकरण गर्ने निर्णय गरेको छ।

‘हामीहरुले यो चोकको पुरानै नाम कायम गरौँ र भानुभक्तको शालिक राखौँ भनेर प्रस्ताव गर्यौँ,’ यो अभियानमा रहेका किशोर चन्द्र गौतमले भने ‘तर पुरानो नाम परिवर्तन गरेर घोराही चोक नाम राख्ने र त्यहाँ घोँडाको प्रतिमा राख्ने भनेर उपमहानगरले निर्णय गरेछ।’ मेयर चौधरीले पनि उक्त चोकमा घोँडाको प्रतिमा राख्ने र सेतो घोँडाको प्रतिमा तयार भैरहेको बताए। ‘सेतो घोँडाको शालिक राख्ने निर्णय भैसकेको छ। उनले भने।देवेन्द्र बस्नेतबाट

कमेन्ट गर्नुहोस्
सम्बन्धित

जनकपुर । धामस्थित राजदेवी मन्दिर छेउमा गाडीमा अटोरिक्सा छोएको विषयलाई लिएर एक भारतीय नागरिकले रिक्सा चालकलाई गालीगलौज गर्दै कुटपिट गरेको घटना सार्वजनिक भएको छ। सार्वजनिक स्थानमा भएको कुटपिटप्रति स्थानीय तथा प्रत्यक्षदर्शीले आपत्ति जनाएका छन्। गाडीमा क्षति पुगेको भए त्यसबारे प्रहरी प्रशासनमा उजुरी गरी कानुनी प्रक्रिया अघि बढाउन सकिने भए पनि आफैं कानून हातमा लिएर सार्वजनिक […]

दाङ । विपन्न तथा आर्थिक समस्यामा परेका विद्यार्थी, किसान, मजदुर तथा ज्येष्ठ नागरिकका लागि सहयोग तथा विभिन्न सचेतनामूलक कार्यक्रम सञ्चालन गर्ने उद्देश्यले घोराही बनाऔँ अभियान र नेपाली जुत्ता घर, घोराही बीच सहमतिपत्रमा हस्ताक्षर भएको छ। २०८३ साल साउन २५ गते घोराहीमा आयोजित कार्यक्रममा घोराही बनाऔँ अभियानका संयोजक सबिन प्रियासन र नेपाली जुत्ता घर, घोराहीका सञ्चालक […]

काठमाडौं । सोसाइटी अफ ट्राभल एन्ड टुर अपरेटर्स (सोट्टो) नेपालले अन्तर्राष्ट्रिय हवाई भाडा महँगो हुँदा नेपालको पर्यटन क्षेत्र प्रभावित भएको टिप्पणी गरेको छ । सोट्टो नेपालले आज पर्यटन पत्रकारसँग गरेको अन्तर्क्रियामा अध्यक्ष मानवबहादुर शाहीले अन्तर्राष्ट्रिय हवाई भाडा अत्यधिक महँगो हुँदा नेपाल आउने पर्यटक प्रभावित भएको बताए । उनले पर्यटनलाई उद्योगका रूपमा मान्यता दिन, श्रम तथा […]