२९ मंसिर २०८२, सोमबार
15-12-2025 , Mon
×

नेपालमा विद्युतीय गाडीको आयातमा ठप्प

Logo
प्रकाशित आइतबार, चैत्र १५, २०७७

ABC Sanchar
काठमाडौं । सरकारले विद्युतीय सवारीसाधनको प्रयोग बढाउने नीति लिए पनि आयात भने ठप्प हुन पुगेको छ । चालू आर्थिक वर्षको शुरूदेखि नै विद्युतीय गाडीको आयात घट्दै गएकोमा फागुनमा आयात शून्यमा झरेको खबर छ ।

भन्सार विभागको तथ्यांकअनुसार चालू आर्थिक वर्षको माघसम्ममा १०३ ओटा विद्युतीय गाडीको आयात भएकोमा फागुनमा एउटा पनि गाडी आयात भएको छैन । विभागको तथ्यांकअनुसार गत आवको सोही अवधिमा ४२८ ओटा विद्युतीय गाडी भित्रिएका थिए ।

सरकारले चालू आर्थिक वर्षको बजेटमार्फत विद्युतीय गाडीको आयातमा भन्सार बढाएपछि यस्ता गाडीको आयात घटेको व्यवसायी बताउँछन् । गत आर्थिक वर्षसम्म विद्युतीय गाडीको आयातमा १० प्रतिशत मात्र भन्सार थियो ।

तर सरकारले चालू आर्थिक वर्षको बजेटमार्फत ८० प्रतिशतसम्म पु¥याएपछि व्यवसायीले विद्युतीय गाडीको आयात नै गर्न छाडे । नाडाका महासचिव सुनिल रिजालले विद्युतीय गाडीमा सरकारले गरेको करवृद्धिपछि माग ह्वात्तै घटेको बताए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

भैरहवा । जिल्ला ट्राफिक प्रहरी कार्यालय रुपन्देहीबाट खटिई गएको ट्राफिक प्रहरीद्वारा जिल्ला रुपन्देही सिद्धार्थ नगरपालीका वडा नं. १ बेलहिया स्थित BR06PF2851 र UP17AT7229 भारतिय बसहरुले सवारी तथा यातायात ब्यवस्था ऐन, २०४९ को दफा १२ बिपरित कार्य गरेको हुदा नियन्त्रणमा लिई यातायात ब्यवस्था कार्यालय लुम्बिनी रुपन्देहीबाट जनही रु १००००।– जरिवाना भए पश्चात छाडिएको । साथै भारतिय […]

काठमाडौं । धेरै जसो नेपालीका छोराछोरी अमेरिका, अस्ट्रेलिया, क्यानडा,बेलायतलगायत विकसित मुलुकमा छन्। उनीहरु पढ्न अर्थात् अध्ययन भिसामा त्यता गएका हुन्। पढ्न भनेर गएपनि नेपाली विद्यार्थीहरु त्यहाँ काम गर्ने गर्छन्। तर, अहिले छोराछोरी विकसित मुलुकमा रहेका अभिभावकहरु भन्छन्, ‘त्यहाँको सरकारले काम गर्नै दिएको छैन रे। काम गर्न नपाएपछि पैसा हुँदैन। यताबाट पठाउन पनि पैसा छैन। कलेज […]

कपिलवस्तु । प्रहरी र प्रशासनका उच्च अधिकारीहरूसँग चिनजान रहेको भन्दै हिरासतमा रहेका व्यक्तिको मुद्दा मिलाइदिने प्रलोभन देखाई रकम ठगी गर्ने दुई जनालाई कपिलवस्तु प्रहरीले पक्राउ गरेको छ। कुटपिट तथा ज्यान मार्ने उद्योग मुद्दामा थुनामा रहेका प्रलाहद केवटकी श्रीमतीसँग मुद्दा दर्ता गर्न नदिने र मिलाइदिने भन्दै १० हजार रुपैयाँ असुल्ने बुद्धभुमी नगरपालिका–१० का ५० वर्षीय अयोध्यालाल […]

error: Content is protected !!