२७ भाद्र २०८३, शनिबार
12-09-2026 , Sat
×

गलत व्यक्तिलाई खबरदारी पत्रकार महासंघ बाँकेको सचिवमा शर्माको उम्मेदवारी घोषण

Logo
प्रकाशित सोमबार, चैत्र १६, २०७७


ABC Sanchar
बाँके । नेपाल पत्रकार महासंघ बाँकेको आगामी निर्वाचनमा पत्रकार काशीराम शर्माले सचिव पदका लागि उम्मेदवारी घोषणा गरेका छन । बाँके शाखाको निर्वाचनको लागि उममेदवारी घोषणा गर्ने उनी पहिलो उम्मेदवारहुन ।

यही २५ गते हुने महासंघको निर्वाचनका लागि उनले अनलाइन पत्रकार संघ नेपाल बाँकेको होली मिलन कार्यमार्फत सचिव पदको उम्मेदवारी घोषणा गरेका हुन । मिडिया नेपालका केन्द्रीय सदस्य समेत रहेका शर्मा महासंघ बाँके शाखाका वर्तमान सहसचिव पनि हुन ।

उनले महासंघमा देखिएका गलत प्रवृतिको अन्त्य गर्न, महासंघलाई आर्थिक रुपमा पारदर्शी बनाउन, आम पत्रकारको साझा संस्थाका रुपमा स्थापित गर्न, विभिन्न बहानामा रोजगारी र पेशाबाट विस्थापित हुन बाध्य पारिएका सञ्चारकर्मीको हक, अधिकार र न्यायका लागि संघर्ष गर्ने उद्घोष गरेका छन ।

आगामी निर्वाचनमा साथ, सहयोग र अमूल्य मतको अपेक्षासहित श्रमजीवी पत्रकारको हकहितका लागि संघर्षरत आफनो यात्रामा निरन्तर कायम रहेने उनी बताउँछन ।

पत्रकार शर्माले आफ्नो उमेदवारि घोषणा गर्दै आफ्नो सामाजिक संजालमा अगाडि लेखेका छन् –

गलत व्यक्तिलाई खबरदारी ।
सचिव पदमा मेरो उम्मेद्वारी ।।

नेपाल पत्रकार महासंघको आज ६६ औँ स्थापना दिवस । सम्पूर्ण श्रमजीवी पत्रकारहरुको हकहित तथा अधिकार, प्रेस स्वतन्त्रता र अभिव्यक्ति स्वतन्त्रता अझै मजबुत बनोस् । सम्पूर्णमा हार्दिक शुभकामना दिन चाहन्छु । साथै महासंघको स्थापना दिवसको यो सुनौलो अवसरमा सम्पूर्ण श्रमजीवी पत्रकारहरुलाई एकजुट हुन आग्रह गर्दै यही २५ गते हुने नेपाल पत्रकार महासंघको निर्वाचनमा बाँके शाखाको सचिव पदमा उम्मेद्वारी दिने घोषणा गर्दछु ।
महासंघमा देखिएका गलत प्रवृतिको अन्त्य गर्न, महासंघलाई आर्थिकरुपमा पारदर्शी बनाउन, आम पत्रकारको साझा संस्थाका रुपमा स्थापित गर्न, विभिन्न बहानामा रोजगारी र पेशाबाट विस्थापित हुन बाध्य पारिएका सञ्चारकर्मीको हक, अधिकार र न्यायका लागि संघर्ष गर्ने उद्घोषसहित नेपाल पत्रकार महासंघ बाँके शाखाको सचिव पदमा उम्मेद्वारी दिने घोषणा गर्दै श्रमजीवी पत्रकारको हकहितका लागि संघर्षरत मेरो यात्रामा नेपाल पत्रकार महासंघ बाँके शाखामा आवद्ध सम्पूर्ण सदस्य ज्यूहरुको साथ, सहयोग, समर्थनसहित अमूल्य मत दिई विजयी गराउनु हुनेछ भन्नेमा विश्वस्त छु । धन्यवाद, नमस्कार ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

मुग्लिन । नारायणगढ सडकखण्ड अन्तर्गत रिग्दी खोला र सिमलतालबीचको सडकमा पहिरो खस्दा सडक दुईतर्फी अवरुद्ध भएको छ। सडकखण्डको चेनज २५ं+१०० मा पहिरो खसेपछि दुवैतर्फबाट हुने सवारी आवागमन रोकिएको हो । पहिरो हटाउन सडक विभागले तैनाथ अवस्थामा राखेको मेसिन तत्काल परिचालन गरिएको जनाएको छ । सम्बन्धित निकायका अनुसार पहिरो पन्छाउने काम तीव्र रूपमा भइरहेको छ । […]

दाङ । दाङमा पछिल्लो समय देखिएको खाना पकाउने ग्यासको आपूर्ति अवस्थालाई थप सहज बनाउन भेरी ग्यास उद्योग नेपालगञ्जबाट ग्यासको मात्रा बढाएर पठाउन अनुरोध गरिएको छ। घोराही बनाउँ अभियानका संयोजक तथा नेपाल पत्रकार महासंघका केन्द्रीय सचिव सविन प्रियासनले भेरी ग्यास उद्योग नेपालगञ्जका प्रबन्धक आर. एस. यादवसँग भेटघाट गर्दै घोराहीका उपभोक्ताको मागअनुसार थप ग्यास पठाउन आग्रह गर्नुभएको […]

दाङ । अम्बकेश्वरी क्याम्पस र एसियन स्कुल दाङले प्रधानमन्त्री दैवी प्रकोप उद्धार तथा राहत कोषमा रु. २ लाख ७१ हजार ५ सय ८३ सहयोग गरेका छन्। अम्बकेश्वरी क्याम्पसले रु. १ लाख ३५ हजार ८ सय ५० तथा एसियन स्कुल दाङले रु. १ लाख ३५ हजार ७ सय ३३ प्रधानमन्त्री राहत कोषमा जम्मा गरेका हुन्। दुवै […]