२७ मंसिर २०८२, शनिबार
13-12-2025 , Sat
×

दाङमा मोटरसाइकल दुर्घटना हुँदा एकजनाको मृत्यु

Logo
प्रकाशित सोमबार, चैत्र १६, २०७७

(सागर थापा)
दाङमा होली खेल्न हिडेका एक जनाको मोटरसाईकल दुर्घटनामा परि मृत्यु भएको छ । इलाका प्रहरी कार्यालय तुलसीपुरका अनुसार सोमबार साँझ ६ बजेतिर बबई गाउँपालिका वडा नं. ३ हंसपुरको पिसियो चोकमा मोटरसाइकल दुर्घटना हुँदा घाइते भएका बबई गाउँपालिका वडा नं. ५ निवासी १९ वर्षीय गोविन्द पुनको मृत्यु भएको हो ।

होली खेल्न रा ४ प १४४३ नम्बरको मोटरसाइकलमा सवार रहेका उनी दुर्घटना हुँदा गम्भीर घाईते भएका थिए । उनको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचारको क्रममा मृत्यु भएको हो ।

ईलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी प्रमुख डिएसपी शिवबहादुर सिंहले दुर्घटनामा परी बबई ५ का २७ वर्षीय ध्रुब घर्ती र बबई ४ का २५ वर्षीय देवराज रजाली गम्भीर घाइते भएका छन् ।

घाईते मध्ये घर्तीको तुलसीपुरमा सामान्य उपचार पछि थप उपचारपछि कोहलपुर रेफर गरिएको छ। भने रजालीलाई थप उपचारकालागि हेलिकप्टरमार्फत काठमाडौं लैजाने गरि परिवारले तयारी गरेका छन् ।

तीव्र गतिका कारण दुर्घटना भएको प्रहरीले बताएको छ । मोटरसाईकल कसले चलाएको थियो, भन्ने पनि खुल्न सकेको छैन् । घटनाका बारेमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

मेष – अध्ययन–अध्यापनमा प्रगति हुनेछ। पारिवारिक आत्मीयता बढ्नेछ। धन लाभको योग छ तर खर्च पनि बढ्न सक्छ, संयमित रहनुहोस्। वृष – व्यापारमा लाभदायक समय। मनमा नयाँ योजनाको सोच आउनेछ। वैवाहिक जीवनमा रमाइलो समय बित्नेछ। स्वास्थ्यमा सानो उतारचढाव हुन सक्छ। मिथुन – कार्यक्षेत्रमा प्रशंसा प्राप्त हुनेछ। साथीभाइको सहयोग पाइनेछ। यात्रामा समय बित्न सक्छ। अनावश्यक विवादमा नपर्नुहोस्। […]

  तनहुँ । नेपालगन्जदेखि पोखरा जादै गरेको बस मुग्लिङ-पाेखरा सडक खण्ड अन्तरगत बन्दिपुर-५ नया पुल तनहुँमा अर्को यात्रुबाहक बस सङ ठोक्किएर दुर्घटना हुदा चालककाे घटना स्थलमा मृत्यु २३ जना घाईते, ३ जनाकाे अवस्था गम्भीर रहेको छ । बसचालक तनहुँ रेसिङ पाटन घर भई हाल कास्की बस्दै आएका ३९ वर्षका रामबहादुर परियारको मृत्यु भएको जिल्ला प्रहरी […]

  काठमाडौं । बिहीबार राति परेको अविरल वर्षाका कारण केदारनाथ नजिक रहेको वर्षाको पानी जम्मा गर्ने ताल (खाट गडेरे) नजिकै पहिरोमा पुरिएर चार जना मजदुरको मृत्यु भएको हो। मृतक चारै जना नेपाली नागरिक भएको बताइएको छ ।मृतकहरूलाई तुल बहादुर, पूर्ण नेपाली, किशन परियार र चीकु बोहराको रुपमा पहिचान गरिएको छ। ‘बिहीबार राति करिब १ः२० बजे […]

error: Content is protected !!