२५ साउन २०८३, सोमबार
10-08-2026 , Mon
×

दाङमा मोटरसाइकल दुर्घटना हुँदा एकजनाको मृत्यु

Logo
प्रकाशित सोमबार, चैत्र १६, २०७७

(सागर थापा)
दाङमा होली खेल्न हिडेका एक जनाको मोटरसाईकल दुर्घटनामा परि मृत्यु भएको छ । इलाका प्रहरी कार्यालय तुलसीपुरका अनुसार सोमबार साँझ ६ बजेतिर बबई गाउँपालिका वडा नं. ३ हंसपुरको पिसियो चोकमा मोटरसाइकल दुर्घटना हुँदा घाइते भएका बबई गाउँपालिका वडा नं. ५ निवासी १९ वर्षीय गोविन्द पुनको मृत्यु भएको हो ।

होली खेल्न रा ४ प १४४३ नम्बरको मोटरसाइकलमा सवार रहेका उनी दुर्घटना हुँदा गम्भीर घाईते भएका थिए । उनको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचारको क्रममा मृत्यु भएको हो ।

ईलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी प्रमुख डिएसपी शिवबहादुर सिंहले दुर्घटनामा परी बबई ५ का २७ वर्षीय ध्रुब घर्ती र बबई ४ का २५ वर्षीय देवराज रजाली गम्भीर घाइते भएका छन् ।

घाईते मध्ये घर्तीको तुलसीपुरमा सामान्य उपचार पछि थप उपचारपछि कोहलपुर रेफर गरिएको छ। भने रजालीलाई थप उपचारकालागि हेलिकप्टरमार्फत काठमाडौं लैजाने गरि परिवारले तयारी गरेका छन् ।

तीव्र गतिका कारण दुर्घटना भएको प्रहरीले बताएको छ । मोटरसाईकल कसले चलाएको थियो, भन्ने पनि खुल्न सकेको छैन् । घटनाका बारेमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । बिहीबार रुकुम पूर्व सदरमुकाम रुकुमकोटबाट तीर्थयात्री बोकेर रोल्पाको जलजला गएको जिप दुर्घटनामा परेको थियो । दुर्घटनामा २० जनाको मृत्यु भएको थियो । एक जना घाइते रुकुम पूर्व जिल्ला अस्पतालबाट डिस्चार्ज भइसकेको जिल्ला प्रहरी कार्यालय रोल्पाका सूचना अधिकारी प्रहरी निरीक्षक सुनिल थापा नेपालीले जानकारी दिए । प्रहरी निरीक्षक नेपालीका अनुसार मृत्यु हुनेहरूमध्ये ४ बालक, […]

सुर्खेत । कर्णाली प्रदेशका विभिन्न प्रहरी चेकपोस्टमा हुन सक्ने सम्भावित गैरव्यावसायिक गतिविधि प्रति कर्णाली प्रदेश ट्राफिक प्रहरी कार्यालयले गम्भीर चासो देखाएको छ। कर्णाली प्रदेश ट्राफिक प्रहरी कार्यालय प्रमुख एसपी मुकुन्द रिजालले आफ्ना मातहतका सम्पूर्ण प्रहरी कर्मचारीलाई यस्ता अवैध गतिविधिमा संलग्न नहुन कडा निर्देशन दिनुका साथै यस्तो गतिविधिमा संलग्न भएको पाइए कडा कार्वाही हुने बताएका छन्। […]

चितवन । बुटवल नारायणघाट आयोजनाको पश्चिम खण्ड कार्यालयले सूचना जारी गर्दै शुक्रबार देखि आइतबारसम्म बेलुका ७ देखि बिहान ५ बजेसम्म दुम्कीबास–दाउन्ने–बर्दघाट खण्डमा मालवाहक सवारी रोक्ने निर्णय गरेको हो । आज परेको वर्षाका कारण सडक चिप्लो भई सवारी साधन चिप्लिने र अड्किने समस्या देखिएको आयोजनाले जनाएको छ । आयोजना कार्यालयका अनुसार बर्दघाटतर्फका सवारी साधन त्रिवेणी चोकमा […]