२४ मंसिर २०८०, आइतबार
10-12-2023 , Sun
×

विद्यालय स्तरिय खेलकुद प्रतियोगिता सम्पन्न

Logo
प्रकाशित बुधबार, जेठ ३०, २०७५

सागर रिजाल
प्युठान,३० जेठ ।
मल्लरानी गाउँपालिका वडा नंम्बर ४ खंलगाले प्युठानमा विद्यालय स्तरिय विभिन्न खेलकुद प्रतियोगिता गरेको छ । वडा स्तरिय खेलकुद प्रतियोगितामा महेन्द्र माध्यामिक विद्यालय खंलगा, जनजागृति माध्यामिक विद्यालय कसेरी, मल्लरारानी ईङलिस वोर्डिङ स्कुल र खंलगा आधारभूत विद्यायलका कक्षा ६ देखि १० सम्मका विद्यार्थीहरु खेलमा सहभागी थिए ।
२ दिन सम्म चलेको खेलकुद प्रतियोगितामा कर्पदी, हिसाब दौड, ४ सय मिटरको रिले दौड, मेमरी गेम जस्ता खेल सञ्चालन भएका थिए । खेलको आकर्षक कर्पदी रहेको थियो । कपर्दी खेलमा छात्रा तर्फ महेन्द्र मावि खंलगा प्रथम, जनजागृति मावि दृतिय र खंलगा आधारभूत विद्यालय तृतिय भएका छन् । कर्पदी खेलको छात्र तर्फ मल्लरानी ईङलिस वोर्डिङ स्कुल प्रथम, महेन्द्र मावि खंलगा दृतिय र जनजागृत मावि तृतिय भएका छन् ।
त्यस्तै रिले दौड प्रतियोगितामा छात्रा तर्फ महेन्द्र मावि प्रथम, जनजागृति मावि दृतिय र खंलगा आधारभूत विद्यालय तृतिय भएका छन् । छात्र तर्फको रिले दौड प्रतियोगितामा मल्लरानी वोर्डिङ स्कुल प्रथम, महेन्द्र मावि दृतिय र जनजागृति मावि कसेरी तृतिय भएका छन् । हिसाब दौड प्रतियोगितामा छात्र छात्रा दुवैमा मल्लरानी वोर्डिङ स्कुलले जित हासिल गरेको छ । र मेमोरी खेल प्रतियोगितामा छात्रा तर्फ जनजागृति मावि कसेरी र छात्र तर्फ मल्लरानी वोर्डिङ स्कुलले प्रथम स्थान हासिल गरेको छ ।
खेलकुद प्रतियोगिताको समापन गर्दै गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत शोभाराम रिजालले खेलकुद विद्यार्थीका लागि महत्वपूर्ण पक्ष भएको बताउनुभयो । समापन कार्यक्रमका प्रमुख अतिथि समेत रहेका रिजालले गाउँपालिकाले गर्ने अन्य गतिविधिमा सहभागि हुन समेत आग्रह गर्नुभयो ।
समापन कार्यक्रममा वडा नं ४ का वडा अध्यक्ष कुमार श्रेष्ठले गाउँपालिका र वडाले खेलकुद क्षेत्रको लागि रकम छुट्टाउन कञ्जुस नगर्ने बताउनुभयो । आगामी दिनमा पनि खेलकुदका कार्यक्रम सञ्चालन गर्ने बताउनुभयो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

(एबिसि संचार ) संयुक्त अरब इमिरेट्स (यूएई) मा जारी एसीसी यू–१९ एसिया कप क्रिकेट प्रतियोगिताको आफ्नो पहिलो खेलमा नेपाली टोली पराजित भएको छ । शुक्रबारको खेलमा नेपाली टोली बलियो प्रतिद्वन्द्वी पाकिस्तानसँग सात विकेटले पराजित भयो । टस हारी पहिले ब्याटिङको निम्तो पाएको नेपालले ४७.२ ओभरमा अलआउट हुनुअघि एक सय ५२ रन बनाएको थियो । जवाफी […]

(एबिसि संचार )                                                          संयुक्त अरब इमिरेट्स (यूएई) मा जारी एसीसी यू-१९ एसिया कप क्रिकेट प्रतियोगिताको शुक्रबारको खेलमा नेपालले दिएको एक सय ५३ रनको लक्ष्य पछ्याएको पाकिस्तानले दोस्रो […]

(एबिसि संचार )                                                       हङकङमा जारी चार देश सम्मिलित महिला अन्तर्राष्ट्रिय टी-२० क्रिकेट शृंखलामा नेपाल तेस्रो भएको छ । तेस्रो स्थानको खेलका लागि नेपाल र जापानबीच आज भएको खेलमा नेपालले […]