११ जेठ २०८३, सोमबार
25-05-2026 , Mon
×

एसपी राना प्रहरी तथा थुनुवाहरुसंग होलीको अबिर लगाई शुभकामना आदनप्रदान

Logo
प्रकाशित मंगलबार, चैत्र १७, २०७७

(महेन्द्र सिंह)
बाँके । चैत १६ गते पर्न गएको खुशियाली एवं रङ साटासाटको पर्व फागु पुर्णिमा अर्थात होली पर्वको अवसरमा जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रमुख एसपी ओम बहादुर रानाले कार्यालयमा कार्यरत प्रहरी कर्मचारी लगायत हिरासत कक्षमा रहेका थुनुवाहरुसंग अबिर लागाई शुभकामना आदन प्रदान गर्नु भएको छ ।
सो अवसरमा बाँके प्रहरी प्रमुख एसपी रानाले जिल्ला प्रहरी कार्यालय बाँकेमा कार्यरत प्रहरी कर्चारीहरुलाई उज्जवल भविष्यको कामना सहित उच्च मनोबलका साथ डिउटीमा खटिन निर्देशन दिनुभएको थियो ।
साथै बाँके एसपी रानाले हिरासत कक्ष भित्र रहेका थुनुवाहरुलाई अविर लगाउदै एकता र भाईचाराको पर्वको रुपमा मनाईने होली पर्व आपसी सद्भाव र मेलमिलाप कायम राख्नका लागी मनाईने भन्दै शुभकामना दिनु भएको थियो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । भारतको बिहार राज्यका मनोज कुमार यादव घर्संदै नेपाल आइपुगेका छन् । धार्मिक आस्था र संकल्पका साथ यात्रा सुरु गरेका यादव आइतबार, जेठ १० गते काठमाडौंस्थित पशुपतिनाथ मन्दिर पुग्न सफल भएका हुन् । भारतबाट नेपालसम्मको यात्रा शरीर घर्संदै पूरा गरेका यादवलाइ यो कठिन यात्रा पूरा गर्न पुरै ६ महिना २२ दिन लागेको उनले बताए […]

*वास्तवमा के भएको हो:* *राजीनामा*: सुधन गुरुङले २ अप्रिल २०२६ मा गृह मन्त्रीबाट राजीनामा दिएका थिए। शेयर कारोबार र विवादास्पद व्यवसायी दीपक भट्टसँगको सम्बन्धको विषयमा प्रश्न उठेपछि उनले निष्पक्ष छानबिनका लागि आफैं राजीनामा दिएका थिए। – *हालको अवस्था*: राजीनामा स्वीकृत भएपछि प्रधानमन्त्री बालेन शाह आफैंले गृह मन्त्रालयको जिम्मेवारी सम्हालिरहेका छन्। – *छानबिन समिति*: तिमीले भनेको […]

नयाँदिल्ली। मध्यपूर्वमा जारी युद्धका कारण आपूर्ति शृङ्खलामा परेको दबाबबीच भारतका सरकारी इन्धन कम्पनीहरूले पेट्रोल र डिजेलको मूल्य फेरि बढाएका छन्। पछिल्लो १० दिनमा चौथो पटक गरिएको यो मूल्यवृद्धिले देशको इन्धन बजारमा निरन्तर अस्थिरता देखिएको छ। फेब्रुअरीमा युद्ध सुरु भएयता भारतमा अटोमोबाइल इन्धनको मूल्य करिब पाँच प्रतिशतले बढिसकेको छ। इरान र हर्मुज जलघाँटी क्षेत्रमा उत्पन्न तनावले […]

error: Content is protected !!