२७ फाल्गुण २०८२, बुधबार
11-03-2026 , Wed
×

प्रेस युनियनको निर्णय केन्द्रीय अध्यक्षमा बिपुल पोख्रेललाई बिजयी बनाउन अभियान थाल्ने

Logo
प्रकाशित बुधबार, चैत्र १८, २०७७

ABC Sanchar
दाङ । नेपाल प्रेस युनियन दाङले नेपाल पत्रकार महासंघको केन्द्रीय अध्यक्षमा युनियनका सल्लाहकार बिपुल पोख्रेललाई बिजयी बनाउन चुनावी अभियान थाल्ने भएको छ । मंगलबार घोराहीमा भएको भेलाले आसन्न महासंघको निर्वाचनमा सल्लाहकार पोख्रेललाई महासंघको केन्द्रीय अध्यक्षमा निर्वाचित गराउनका लागि चुनावी अभियान थाल्ने निर्णय गरेको हो । 

युनियनका सल्लाहकार पोख्रेललाई नेपाल पत्रकार महासंघको केन्द्रीय अध्यक्षमा निर्वाचित गराउनका लागि युनियनका सबै सदस्यहरु कर्मठ भई चुनावी अभियानमा लाग्ने निर्णय गर्दछ,’ युनियन दाङको भेलाको निर्णयमा भनिएको छ ।

यसैगरि नेपाल पत्रकार महासंघ दाङको नयाँ कार्यसमिति सहमतीबाट चयन गर्नु पर्ने निष्कर्ष निकालेको छ । सहमतीय नेतृत्वका लागि युनियनले अन्य पत्रकार संगठनहरुसंग वार्ता तथा छलफल थाल्ने युनियनले निर्णय गरेको छ ।

सहमतीका लागि युनियनले नेपाल प्रेस युनियन दाङका अध्यक्ष सनतोष सुवेदीको संयोजकत्वमा ७ सदस्यीय कार्यदल समेत गठन गरेको छ । कार्यदलमा लिला शाह, नारायण खड्का, आरके सितल, देवेन्द्र बस्नेत, किरण शाह र गोपाल शर्मा भट्राई सदस्य छन् ।

यो कार्यदलले नेपाल पत्रकार महासंघको आगामी नेतृत्वका लागि सहमतीका माध्यमबाट चयन गर्न अन्य संगठनहरु संग वार्ता थाल्ने भएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

चितवन । बलात्कारको अभियोगमा हिरासतमा रहेका चितवनका प्रहरी इन्स्पेक्टर प्रदीप महतलाई धरौटीमा छाड्न अदालतले आदेश दिएको छ । एक महिलाले आफूलाई प्रलोभनमा पारेर जबरजस्ती करणी गरेको जाहेरी दिएपछि उनलाई जिल्ला प्रहरी कार्यालय चितवनले हिरासतमा लिएको थियो । इप्रका खैरहनीका तत्कालीन इन्चार्ज महतविरुद्ध माघ २३ मा जाहेरी परेको थियो । मंगलबार जिल्ला अदालत चितवनमा थुनछेक बहसको […]

सुर्खेत । १६ वर्षीया इनिसा बिकको फागुन २३ गते बिहान बेहोस अवस्थामा फेला परेकी थिइन् र अस्पताल पुर्‍याउँदा मृत घोषित भएकी थिइन्। मृतकका परिवारले सामूहिक बलात्कारपछि हत्या भएको भन्दै कर्तव्य ज्यान र जबरजस्ती करणीको जाहेरी दिएका छन्। २६ फागुन, सुर्खेत । सुर्खेतको वीरेन्द्रनगरमा १६ वर्षीया इनिसा विकको बलात्कारपछि हत्या गरेको आरोपमा चार जना पक्राउ परेका […]

काठमाडौँ । फागुन २१ गते सम्पन्न भएको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि काठमाडौँ उपत्यकामा परिचालन गरिएका निर्वाचन प्रहरीको बिहीबार बिदाइ गरिने भएको छ। निर्वाचनको सुरक्षाका लागि काठमाडौँमा तीन हजार ८५४, भक्तपुरमा एक हजार ९३ तथा ललितपुरमा एक हजार ५९६ निर्वाचन प्रहरी परिचालन गरिएको नेपाल प्रहरीका महानिरीक्षक दानबहादुर कार्कीले जानकारी दिए। उनले भने, ‘निर्वाचन अवधिभर उपत्यकामा शान्तिपूर्ण […]

error: Content is protected !!