२७ मंसिर २०८२, शनिबार
13-12-2025 , Sat
×

प्रेस युनियनको निर्णय केन्द्रीय अध्यक्षमा बिपुल पोख्रेललाई बिजयी बनाउन अभियान थाल्ने

Logo
प्रकाशित बुधबार, चैत्र १८, २०७७

ABC Sanchar
दाङ । नेपाल प्रेस युनियन दाङले नेपाल पत्रकार महासंघको केन्द्रीय अध्यक्षमा युनियनका सल्लाहकार बिपुल पोख्रेललाई बिजयी बनाउन चुनावी अभियान थाल्ने भएको छ । मंगलबार घोराहीमा भएको भेलाले आसन्न महासंघको निर्वाचनमा सल्लाहकार पोख्रेललाई महासंघको केन्द्रीय अध्यक्षमा निर्वाचित गराउनका लागि चुनावी अभियान थाल्ने निर्णय गरेको हो । 

युनियनका सल्लाहकार पोख्रेललाई नेपाल पत्रकार महासंघको केन्द्रीय अध्यक्षमा निर्वाचित गराउनका लागि युनियनका सबै सदस्यहरु कर्मठ भई चुनावी अभियानमा लाग्ने निर्णय गर्दछ,’ युनियन दाङको भेलाको निर्णयमा भनिएको छ ।

यसैगरि नेपाल पत्रकार महासंघ दाङको नयाँ कार्यसमिति सहमतीबाट चयन गर्नु पर्ने निष्कर्ष निकालेको छ । सहमतीय नेतृत्वका लागि युनियनले अन्य पत्रकार संगठनहरुसंग वार्ता तथा छलफल थाल्ने युनियनले निर्णय गरेको छ ।

सहमतीका लागि युनियनले नेपाल प्रेस युनियन दाङका अध्यक्ष सनतोष सुवेदीको संयोजकत्वमा ७ सदस्यीय कार्यदल समेत गठन गरेको छ । कार्यदलमा लिला शाह, नारायण खड्का, आरके सितल, देवेन्द्र बस्नेत, किरण शाह र गोपाल शर्मा भट्राई सदस्य छन् ।

यो कार्यदलले नेपाल पत्रकार महासंघको आगामी नेतृत्वका लागि सहमतीका माध्यमबाट चयन गर्न अन्य संगठनहरु संग वार्ता थाल्ने भएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । लमहीमा पेस्तोल पड्किदा एक जना घाइते भएका छन । यो आज बिहान पौने ११ बजेको घटना हो । घाइते हुनेमा लमहीको रातो डांडा स्थित रोयल प्यालेस होटलमा काम गर्ने १८ वर्षिय सिसम गौतम रहेको दाङका प्रहरी प्रवक्ता चक्र बहादुर शाहले जानकारी दिनु भएको छ । कोठा सफा गर्ने क्रममा एसिमाथी लुकाएर राखेको पेस्तोल […]

काठमाडौं । डम्बर विकले द’लित समुदायमा जन्मिएर विभे’द र बहि*ष्क’रणका कठि-नाइ पार गर्दै प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) पदसम्म पुगेर इतिहास रचेका छन्। उनको संघ’र्षमय जीवन र सफलताले द’लित तथा सीमान्तकृ’त समुदायका लागि प्रेरणाको स्रोत बनेको छ र न्यायको पहुँचमा आशा जगाएको छ। विकको सफलताले वि’भेद र दल’नबीच पनि निरन्तर संघर्ष र मिहिनेतले शिखर चुम्न सकिन्छ […]

रुपन्देही । विगत केही वर्षदेखि बेलायतमा बसिरहेका २७ वर्षीय नारायण ढकाललाई गत कार्तिक २५ गते उनको परिवारले रूपन्देहीको तिलोत्तमा नगरपालिका–११ मृगौलीस्थित करुणा चौतारी फाउन्डेसनद्वारा सञ्चालित लागू औषध उपचार तथा पुन:स्थापना केन्द्रमा भर्ना गरेको थियो । तर, आइतबार उक्त केन्द्रले ढकालको मृत्यु भएको भन्दै परिवारलाई खबर गर्‍यो । केन्द्रका कर्मचारी र केन्द्रभित्र सुधारका लागि राखिएकाहरुको कुटपिटबाट […]

error: Content is protected !!