०६ चैत्र २०८२, शुक्रबार
20-03-2026 , Fri
×

संकटकालमा पत्रकार पीडितको ज्यान बचाउने पत्रकार पोख्रेल

Logo
प्रकाशित बुधबार, चैत्र १८, २०७७


(ABC SANCHAR)
दाङ । तत्कालीन शाहीनेपाली सेनाको ब्यारेक । मुकुण्डो पहिराई दिएर कोठामा बन्धक बनाईएका केएल पिडितले आफ्नो ‘जीवन’ मागिरहे । सेनाले लगाउने आरोपलाई ‘नाई नास्ती’ गरिरहेका केएललाई आफ्नो ‘ईन्कार’ लाई सेनाले निर्दोषको ‘प्रमाण’ मान्ला भन्ने रत्तिभर विश्वास लागेकै थिएन । फलतः उनकै शब्दमा भन्दा उनले सेनाको ब्यारेक बाट सकुशल घर फिर्ता हुन्छु भन्ने आश मारिसकेका थिए ।

त्यहि बन्द कोठामा सेनाको ‘वाकीटकी सेट’ मा उनले सुनेको एक नाम (बिपुल पोख्रेल) ले उनलाई प्राण थपिदिएको महशुस भयो । केएलले सम्झीए ‘म मरिसकेको थिएँ, बिपुल जीको नाम वाकीटकीमा सुन्दा बल्ल मेरो शरिरमा प्राण थपियो, बल्ल म होसमा आएँ ।’ उनै बिपुल केएलको रक्षाका लागि कवच बनेर आर्मि ब्यारेक छिरे । सेनासंग केएलको रक्षाका लागि बिन्ती बिसाए, अनि पूणर् जिम्मा लिँदै केएललाई सकुशल रिहा गराए ।

घोराहीबाट प्रकाशन हुँदै आएको नौलो जनउभार साप्ताहिकका कार्यकारी सम्पादक थिए केएल पिडित । यो पत्रिकालाई राज्यले तत्कालीन बिद्रोही पक्ष माओबादी पक्षधर पत्रिकाका रुपमा हेरिरहेको थियो, अनि कार्यकारी सम्पादक केएललाई माओबादीको कार्यकर्ताका रुपमा । २०५८ मा माओबादीले गरेको घोराही आक्रमणले केएल अनि उनको पत्रिकालाई झनै ठूलो धक्का लाग्यो ।
घोराहीमा आएको आक्रमणलाई ‘क्रान्तिको बिजय’ का रुपमा समाचार प्रकाशन भएपछि प्रशासनले पत्रिका बन्द गर्न निर्देशन दियो । अनि राज्यको खोजीमा परे उनै कार्यकारी सम्पादक केएल । ‘घोराही आक्रमण २०५८ मंसिर ८ पछि २०५८ मंसिर ११ मा प्रशासनको निर्देशन अनुसार हाम्रो पत्रिका बन्द भयो,’केएलले भने ‘अनि म राज्यको नजरमा बिद्रोही कहलिएँ, म उसको खोजीमा परेँ ।’

सुरक्षा संयन्त्रले बिद्रोहीको बिल्ला भिराईदिएर आँफ्नो खोजी गर्न थालेपछि केएल पत्रकारीताबाट पलायन त भएनै उनि आफ्नो सुरक्षाका लागि भाग्नु पर्ने अवस्था आयो । ‘राज्य पक्षले मेरो खोजी ब्यापक पार्न थालेपछि म लुकेर बस्नुको बिकल्पै भएन,म भारत सम्म पुगेँ,’ उनले भने ‘१४ महिना सम्म म यसैगरि पलायन भएँ ।’ उनको १४ महिना गुमनाम बसाईपछि युद्धबिराम भयो, राज्य र बिद्रोही पक्षबिच वार्ता भयो । युद्धबिराम पछि शान्तिको लामो श्वास फेर्दै उनि भारतबाट घर फिर्ता भए ।

तर वार्ता भंग भयो, फेरी उहि द्धन्दको श्रृंखलाले निरन्तरता पायो । ‘वार्ता भंग भएपछि अब म के गर्ने ?’ केएलले भने ‘फेरी भागौँ कि यहिँ बसौँ अन्यौलमा परेँ ।’ तर आफन्त, सहकर्मीहरुको सल्लाह अनुसार उनि घरमै बस्न थाले । तर अफसोच राज्यको नजरमा बिद्रोही कहलिएका केएल २०६० अन्तिम तिर तत्कालीन सेनाको गिरफ्तारीमा परे ।

‘म घोराहीको मेन चोकबाट घर तर्फ जाँदै थिएँ, सादा पोशाकमा आएका पाँच/छ जनाको समुहले मलाई घेरा हाल्यो,’ उनले भने ‘ अनि मलाई पकडेर ब्यारेकमा जानु पर्यो भन्न थाले ।’ केएलले यो बेला बुझिसकेका थिए कि म राज्यको गिरफ्तारीमा परेँ भन्ने ।

केएलले आँफू निर्दोष रहेको भन्दै उनिहरुसंग प्रतिवाद गरिरहेकै थिए, तर सेनाको गाडी आईपुग्यो अनि उनलाई त्यहि गाडीमा हालियो । ‘मैले म निर्दोेष छु भनेर त्यो समुहसंग कुरा गरिरहेको थिएँ, त्यति बेलै सेनाको सेतो गाडी आईपुग्यो,’ उनले भने ‘अनि मलाई गाडीमा हालियो ।’ घोराही बजारका बिभिन्न भागमा गाडीमै उनलाई घुमाईएपछि अहिलेको शहिदगेट नजिकै पुर्याएर आँखामा रुमाल बाँधियो । अनि गाडीमा रहेका सेनाले भन्न थाले ‘ठूलो कमाण्डर समात्यौँ, हामी सफल भयौँ ।’ ‘त्यसपछि मैले सोँचे अब मलाई मार्ने नै भए भनेर,’ उनले भने ‘घर परिवार अनि साना छोराहरुलाई सम्झीएँ ।’

केएललाई थाहा थिएन, आँफूलाई कहाँ लैजाने हुन् ? केहिबेर पछि उनलाई गाडीबाट झारियो । आँफै हिँड्न भनियो । उनि लड्थे । ‘मलाई पुर्याएको ठाउँ घोराही स्थित आर्मी ब्यारेक रहेछ,’ उनले भने ‘ब्यारेकमा ठूला खाल्डा हुँदारहेछन्, मेरो आँखामा पट्टि थियो, म लड्दै भित्र पुगेँ ।’ सेनाले उनको केरकार गर्न थाल्यो । यो क्रम झण्डै चार घण्टा सम्म चल्यो । केएलले आँफू निर्दोष रहेको जवाफ दिईरहे । तर उनलाई फिटिक्कै लागेको थिएन आँफू सकुशल घर फिर्ता हुन्छु भन्ने । जीवनको अन्तिम घडीमा आँफूलाई उभ्याएको महशुस गरिरहेका केएलले सेनाको वाकीटकीमा बिपुल पोख्रेलको नाम सुने । वाकीटकीमा उनले सुने ‘नेपाल पत्रकार महासंघका केन्द्रीय उपाध्यक्ष बिपुल पोख्रेल आउनु भएको छ ।’
पोख्रेल त्यो बेला पनि नेपाल पत्रकार महासंघको केन्द्रीय उपाध्यक्ष थिए । आँफूलाई मृत्यु पथमा हिँडिरहेको महशुस गरेका केएल बल्ल ब्युँझिए । उनले भने ‘बिपुल जिको नाम सुन्दा बित्तिकै म अब बाँच्छु भन्ने आश पलायो ।’ पोख्रेलको नामले उनलाई जिवित तुल्याउने आशा जगाउनुको प्रमुख कारण थिए पोख्रेलका यसअघिका मिशनहरु । संकटकालमा पत्रकारहरु माथि भएका ज्यादतीका बिरुद्ध पोख्रेलले देशका बिभिन्न स्थानमा मिशनको नेतृत्व गरेका थिए ।

यिनै मिशनका क्रममा कैयन पत्रकारहरुलाई न्याय दिलाएका पोख्रेल आफ्ना लागि पनि न्याय मुर्ति बन्ने आशा केएललाई उँचो बन्यो । ‘त्यो बेला पत्रकारहरु माथि भएका ज्यादतीका बिरुद्ध बिपुल जिले धेरै स्थानमा मिशनको नेतृत्व गर्नुभएको थियो, अँझ बिशेष गरि राज्य पक्षले गरेका ज्यादतीका बिरुद्ध बिपुल जिको मिशन केन्द्रीत थियो,’ केएल भन्छन् ‘त्यो बेला नेपाल पत्रकार महासंघ भनेकै बिपुल पोख्रेल हो भन्ने आम सञ्चारकर्मीहरुले बुझेको अवस्था थियो ।’ केएलको रिहाईका लागि सेनाको ब्यारेक प्रवेश गरेका द्धन्दकालमा पत्रकार जोगाउने उनै बिपुललाई सेनाले ढाँट्न खोज्दै थियो । उसले केएल पिडित नाम गरेको पत्रकार ब्यारेकमा नभएको भनेर पोख्रेललाई फर्काउन खोजिरहेको थियो । तर कैयन यस्ता मिशनको नेतृत्व गरेका पोख्रेलले ब्यारेक नेतृत्वको त्यो कुरालाई पत्याएनन् । उनले स्रोत पहिल्याए । अनि बल्ल ब्यारेकले भन्यो ‘केएल जि यहिँ हुनुहुन्छ । ब्यारेकले केएलको रिहाईका लागि केहि सर्त राख्योको थियो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौँ । उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरी टोलीले कुटपिटमा संलग्न व्यक्तिलाई पक्राउ गरेको हो । कार्यालयका एक प्रहरीका अनुसार पक्राउ पर्नेमा भक्तपुरको चागुनारायण नगरपालिका-६ नगरकोटका ४१ वर्षीय गणेशबहादुर तामाङ हुन् । केही दिन अघि नगरकोट जाने बाटोमै तामाङले दुई  युवकहरूमाथि कुटपिट गरेका थिए । कुटपिटको भिडिओ सामाजिक सञ्जालमा भाइरल भएको थियो । त्यसपछि प्रहरीले खोजी […]

दाङ । तुल्सीपुर चलचित्र पत्रकार संघ दाङ शाखाको कार्यसमिति चयनप्रति मेरो गम्भीर आपत्ति रहेको जानकारी गराउन चाहन्छु । म चलचित्र पत्रकार सङ्घ दाङमा दुई कार्यकाल कार्यसमिति सदस्यको रूपमा जिम्मेवारी निर्वाह गरिसकेको व्यक्ति हुँ । संस्थाप्रतिको माया, लगाव र निरन्तर सक्रियताका कारण यस पटक सचिव पदमा मेरो स्वाभाविक आकांक्षा पनि थियो । तर दुर्भाग्यवश, संस्थाको विधि, […]

सुर्खेत । कर्णाली प्रदेश ट्राफिक प्रहरी कार्यालय सुर्खेतका निमित्त कार्यालय प्रमुख प्रहरी नायव उपरीक्षक हरि बहादुर बि.सी.बाट कार्यरत सम्पूर्ण प्रहरी कर्मचारीहरुको व्यक्तिगत टर्नआउट, विभिन्न शाखाहरु, मेश, ब्यारेक तथा वाड एरियाको निरीक्षण गर्नुका साथै आवश्यक निर्देशन प्रदान गर्नु भएको ।

error: Content is protected !!