२७ मंसिर २०८२, शनिबार
13-12-2025 , Sat
×

२०० वर्ष पुरानो विवादित भुमिको न्यायाधीशहरुको अवलोकन

Logo
प्रकाशित बिहिबार, चैत्र १९, २०७७


(समीर अली बेहना)

बाँके। नेपालगञ्ज उपमहानगरपालिका वडा ६ रहेको फुल्टेक्रा तालको अवलोकन गर्न उच्च अदालत तुलसीपुर बाँकेको माननीय वरिष्ठतम् न्यायाधीश श्री रत्नबहादुर वागचन्द्र र माननिय वरिष्ठतम् न्यायाधीश श्री राजेश कुमार काफ्ले ज्यूले स्वयं अवलोकन गर्नु भएको छ । बुधबार बिहान ११ बजे करिब २०० वर्ष पुरानो इतिहास रहेको कि.त नम्बर ५१५ र २२९ भनिएको तालको अवलोकन गरिएको छ । करिब २०० वर्ष पुरानो इतिहास रहेको तालको विवाद २०५२ साल देखी सुरु भएको थियो । साल २०५२ मा नेपालगञ्जको मुस्लिम समुदायले आफू वर्षौं देखि ताजिया सेलाउँदै आएको तालमा कर्बला रहेको दावी गरेपछि विवाद चर्किएको थियो । स्थानीयले समेत ताजिया सेलाउने स्थान रहेको र तालमा कर्बलाको जग्गा रहेको स्वीकार गरेपनि विवाद समाधान भएको छैन । २०७६ सालमा नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर ६ को कार्यालयले गरेको सिफारिसको आधारमा नेपालगञ्ज उपमहानगरपालिकाले सर्वदलीय बैठक बसि सम्झौता गरेको थियो । उक्त सम्झौतामा ३ बिगाहा कर्बला, ३ बिगाहा ३ कट्ठा क्रीकेट स्टेडियम , १९ विश्वा १५ धुर पार्किङ , २ बिगाहा ६ कट्ठा १० धूर मेर्छुवा , ५ कट्ठा क्रीकेट प्रतिक्षालय ५ र ३ कट्ठा वडा कार्यालयको छुट्याइएको थियो ।

सम्झौता भएको केहि समय पछि स्थानीयहरु दुई तपकामा विभाजित भएका छन् एक तपकाले स्टेडियम लगायतको भुमिहरुको निर्माण कार्यको विरोध गरेको छ भने आर्को तपकाले निर्माण कार्यलाई समर्थन गर्दै आएको छ । सम्झौता गरेको करिब दुई महिना पछी निर्माण कार्य सुरु भएको थियो । काम सुरु भएको एक महिनापछि केहि स्थानीयहरुले उक्त कुराको विरोध गर्दै सम्मानिय उच्च अदालत तुलसीपुर इजलास बाँकेमा मुद्दा दर्ता गरि ताललाई सोही हालमा छोड्न माग गरेको छन् । ताललाई सोही हालमा छोड्न माग गर्ने स्थानीयहरुले भन्छन्, उक्त तालमा क्रीकेट स्टेडियमहरु निर्माण हुँदा ताल सुकेर जान्छ । जसले गर्दा स्थानीय वासिन्दाहरुलाई पानीको समस्याबाट ग्रासित हुनुपर्छ । ताल सूक्दा पानीको लेबल घट्छ र वर्षा याममा समेत पानी शोषने श्रोत रहंदैन । उनीहरुको भनाइ अनुसार उक्त तालबाट स्थानीय कुमाहारहरुले माटो निकाल्ने गर्छन् । जसबाट उनीहरुले भाँडाकुडा बनाएर आफ्नो जीवन यापन गर्छन् ।

त्यस्तै आर्को तपकाले निर्माण कार्यको समर्थन गर्दै आएको देखिन्छ । समर्थन गर्नेहरुको अनुसार निर्माण कार्य भएपछि स्थानीय खेलप्रेमीहरुलाई सजिलो हुनुको साथ वर्षौं देखी चलिआएको मुस्लिम समुदाय र हिन्दु समुदाय बीचको विवाद समेत टुङ्गो लाग्छ । उनीहरुको अनुसार तालको वरिपरि जग्गा भएको व्यक्तिहरुले मात्र विकास कार्यको विरोध गरेको छन् । विकासको काम रोक्दा उनीहरुले आफ्नो जग्गाको दायरा बिस्तार गर्न सजिलो हुनेको साथ बाटो निकास गरि जग्गाको मुल्य बढाउने योजना रहेको विकास कार्यलाई समर्थन गर्ने स्थानीयले बताउँछन् । सोही ठाउँमा बस्ने सुधीर प्रताप सिहंले भन्नु हुन्छ क्रीकेट स्टेडियम , वडा कार्यालय , मेर्छुवा, पार्किङ स्थल , क्रीकेट प्रतिक्षालय र कर्बलाको विकासले सबैको समस्या समाधान हुन्छ । उहाँले भन्नू हुन्छ खेल प्रेमीहरुको लागि नेपालगञ्ज उपमहानगरपालिकामा कुनै ग्राउन्ड नरहेको अवस्थामा स्टेडियम निर्माण हुनु खेलप्रेमीहरुको लागि एउटा उपलब्धि हुन सक्छ । त्यस्तै गैरसरकारी स्थलहरुमा क्रीकेट खेल्ने र विभिन्न चुनौतीहरुलो सामना गर्ने खेलाडीहरुको लागी यो एउटा सहज स्थान साबित हुन सक्छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । लमहीमा पेस्तोल पड्किदा एक जना घाइते भएका छन । यो आज बिहान पौने ११ बजेको घटना हो । घाइते हुनेमा लमहीको रातो डांडा स्थित रोयल प्यालेस होटलमा काम गर्ने १८ वर्षिय सिसम गौतम रहेको दाङका प्रहरी प्रवक्ता चक्र बहादुर शाहले जानकारी दिनु भएको छ । कोठा सफा गर्ने क्रममा एसिमाथी लुकाएर राखेको पेस्तोल […]

काठमाडौं । डम्बर विकले द’लित समुदायमा जन्मिएर विभे’द र बहि*ष्क’रणका कठि-नाइ पार गर्दै प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) पदसम्म पुगेर इतिहास रचेका छन्। उनको संघ’र्षमय जीवन र सफलताले द’लित तथा सीमान्तकृ’त समुदायका लागि प्रेरणाको स्रोत बनेको छ र न्यायको पहुँचमा आशा जगाएको छ। विकको सफलताले वि’भेद र दल’नबीच पनि निरन्तर संघर्ष र मिहिनेतले शिखर चुम्न सकिन्छ […]

रुपन्देही । विगत केही वर्षदेखि बेलायतमा बसिरहेका २७ वर्षीय नारायण ढकाललाई गत कार्तिक २५ गते उनको परिवारले रूपन्देहीको तिलोत्तमा नगरपालिका–११ मृगौलीस्थित करुणा चौतारी फाउन्डेसनद्वारा सञ्चालित लागू औषध उपचार तथा पुन:स्थापना केन्द्रमा भर्ना गरेको थियो । तर, आइतबार उक्त केन्द्रले ढकालको मृत्यु भएको भन्दै परिवारलाई खबर गर्‍यो । केन्द्रका कर्मचारी र केन्द्रभित्र सुधारका लागि राखिएकाहरुको कुटपिटबाट […]

error: Content is protected !!