०३ जेठ २०८३, आइतबार
17-05-2026 , Sun
×

सामाजिक विकृतिलाई प्रोत्साहन गर्ने विरुद्ध वल्मा काउन्सिलको सक्रियता

Logo
प्रकाशित बिहिबार, चैत्र १९, २०७७


(समीर अली बेहना)
बाँके । जाँड-रक्सी सेवन गर्ने जस्ता सामाजिक विकृति विरुद्ध नेपाल वल्मा काउन्सिलले सकृयता देखाएको छ । बाँकेको नरैनापुर गाउँपालिका वडा ६ मा भएको समिति गठन कार्यक्रममा नेपाल वल्मा काउन्सिल बाँके र बर्दियाको संयुक्त संयोजक मुफ्ती मौलाना मोहम्मद कैफुलवरा खानले दाइजो प्रथा, दाइजो प्रदर्शन, जाँडरक्सी सेवन, नारी कूटपीट गर्ने, जुवा तास खेल्ने , नाचगान गर्ने , ढोल बाजा बजाउने र विभिन्न नकारात्मक प्रभाव पार्ने कार्यक्रमहरुमा डि.जे बजाउने विरुद्ध नेपाल वल्मा   काउन्सिलले अभियान चलाएको बताउनु भयो । उहाँले भन्नू हुन्छ मुस्लिम समुदायमा यी सबै क्रियाकलापहरुलाई कुनै स्थान दिएको छैन । समाजलाई नकारात्मक असर पुर्‍याउने यस्ता विकृतिहरु देखिएपछि वल्माको ध्यानाकर्षण भएको छ । खानको अनुसार नेपाल वलमा काउन्सिलले सक्रियता साथ यसलाई नियन्त्रण गर्ने तिर केन्द्रित भएको छ । उहाँले मदिरा सेवन गर्नेको उद्हारण दिँदै भन्नु भयो जब एउटा मदिरा सेवन गर्ने ब्यक्ति घरमा हुन्छ तब घरको परिस्थिति बिग्रीदैँ गएको हुन्छ । मदिरा सेवन गर्दा आर्थिक , सामाजिक ,शारीरिक र मानसिकरूपले नागरिकहरु पछाडि पर्दै गएका हुन्छन् भने दाइजो लेन्देनको कारण गरिब असहाय पीडितका चेलीछोरीहरु विवाहबाट वञ्चित भएको पाइन्छ । दाइजो प्रथाको कारणले धेरै जस्तो चेलीहरुको आमाबुबाले आत्माहत्या समेत गर्न बाध्य भएका छन् । जबकि ईस्लाम धर्मको अन्तिम पैगम्बर हजरत मोहम्मद सल्लाह-हु-अलैही-वसल्लमले बिवाहलाई सरल बनाउन आदेश दिनुभएको छ । समाजमा नकारात्मक असर पार्ने जाँडरक्सी , जुवा तास , नाचगान , ढोलबाजालाई हराम भनी प्रतिबन्ध समेत लगाउनु भएको छ । उहाँको अनुसार यसबाट फाल्तू खर्च हुनुको साथ ध्वनि प्रदुषण हुने , नाचगानमा झैँ-झगडा हुने, मदिराले शारीरिक , मानसिक रूपले मानिसलाई कम्जोर बनाउने गर्छ । त्यसैले यस्ता काम गर्ने मुस्लिम समुदायको धार्मिक कार्यमा वल्माले सहभागिता जनाउने छैनन् । यद्यपि कुनै वल्माले सहभागीता जनाइ धार्मिक कार्यमा साथ दिएको पाइमा कार्वाही गर्ने चेताउनु समेत दिनु भयो । खानले भन्नू हुन्छ वलमाले थाल्नी गरेको अभियानलाई अगाडि बढाउन मुस्लिम समुदायले समेत साथ दिनुपर्छ । यसबाट गरिबको चेलीछोरीको विवाहमा सरलता आउनुको साथ रातदिन आफ्नो बेहुलाको रक्सी छुटाउन प्रयत्न गर्ने नारी जातले समेत राहत पाउने छन् । कैफुलवराले भन्नु हुन्छ विवाह गर्दा बेहुला पक्षले कुनै माग नगरि विवाह गर्नु पर्छ र बेहुली पक्षले आफ्नो हैसियत अनुसार दिएको दाइजो स्वीकार गर्नु पर्छ । त्यस्तै बेहुली पक्षले समेत बेहुला पक्षको हैसियत अनुसार मेहर स्वीकार गर्नु पर्छ । सोही अभियानलाई अगाडि बढाउन नरैनापुरको जमुनीमा रहेको मदरसा गौसिया अहले सुन्नतमा राप्ती सोनारी गाउँपालिकाको लागी एउटा समिति समेत गठन गर्नु भयो । उक्त समितिमा अध्यक्ष हाफिज आमीर सल्मानी, उपाध्यक्षमा हाफिज यूसुफ सल्मानी र संरक्षक मौलाना आल्मीन खानलाई नियुक्त गर्नु भएको छ ।

सोही समिति गठन सभालाई सम्बोधित गर्दै मदिना मस्जिद नेपालगञ्जका मौलाना नसीर अहमद अन्सारीले नेपाल वल्मा काउन्सिलको उदेश्य र सामाजिक विकृतिलाई नियन्त्रण गर्न सामाजिक पक्षबाट हुन सक्ने समर्थनको बारेमा बताउनु भयो । उहाँले भन्नू भयो ईस्लाम धर्मले दिएको संदेशले समाज परिवर्तन हुन सक्छ । अन्सारीको अनुसार ईस्लाम धर्मको सुरुवाती चरणमा समेत यस्ता सामाजिक विकृतिहरु थियो । जुन अन्त्य गर्न पैगम्बर हजरत मोहम्मद सल्ललाह-हु-अलैही-वसल्लम र उहाँको अनुयायीहरुले निकै कठिनाईको सामना गरेका थिए । सभामा उपस्थित करीब १०० जनाको समुहमा यस्ता कार्यहरू नगर्न उहाँले प्रतिबद्धता समेत गराउनु भयो । करिब ३ घण्टा चलेको कार्यक्रममा स्थानीय मुस्लिम समुदायले विभिन्न प्रश्नहरु गरेका थिए जसको जवाफ वल्माले सोही सम्बोधन मार्फत दिएका हुन् । उक्त सभामा एकजना स्थानीयले मुस्लिम समुदायमा उमेर बढी भएको नारीलाई विवाह गर्न निकै कठिनाइको सामना गर्नुपरेकोले बेहुला पक्षको माग अनुसार नै विवाह गर्नु पर्ने बाध्यता रहेको प्रश्न गर्दा वल्माले त्यस्तो गरिबको चेली छोरीहरुको विवाह गर्न वल्माले योजना बनाउने क्रममा रहेको बताउनु भयो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ : नेपाल पत्रकार महासंघका केन्द्रीय सचिव एवं घोराही बनाउँ अभियानका संयोजक सबिन प्रियासनले हरेक क्षेत्रलाई सफल नेतृत्व गर्ने जनशक्ति शिक्षाले उत्पादन गर्नुपर्ने बताउनुभएको छ। घोराही १७ गुलरियास्थित मदन भण्डारी मेमोरियल स्कुलले आयोजना गरेको कार्यक्रमलाई उद्घाटन गर्दै उहाँले यस्तो बताउनु भएको हो । ३३ औँ मदन स्मृति दिवसको अवसरमा आयोजित कार्यक्रममा प्रमुख अतिथिको आसनबाट बोल्दै […]

सिरहा । जिल्लाको नवराजपुर गाउँपालिका–५, देवनगरस्थित सीमा क्षेत्रबाट *जेठ २ गते राति* सशस्त्र प्रहरी बल, नं. ७ गण सिरहाले करिब *१९ लाख ४७ हजार ३ सय रुपैयाँ बराबरको अवैध सामान र ट्रकसहित २ जनालाई* नियन्त्रणमा लिएको छ। *घटना विवरण:* गोप्य सूचनाका आधारमा खटिएको सशस्त्र प्रहरी टोलीले भारतबाट अवैध रूपमा भन्सार छलेर ल्याउँदै गरेको सामान बोकेको […]

बाँके । *घटना विवरण:* विशेष टोलीले दुई जना शंकास्पद व्यक्तिलाई पछ्याउँदा उनीहरूले झोलामा बोकेको गाँजा गाउँभित्रै फालेर फरार भएका थिए। स्थानीय बसिर अन्सारीको घर पछाडिको झाडीमा कालो झोला देखेपछि स्थानीयले तत्काल सीमा प्रहरी चौकीमा खबर गरेका थिए। खबर पाएलगत्तै चौकी इन्चार्ज *विष्णु गिरी*को टोली घटनास्थल पुगेर खानतलासी गर्दा झोलाभित्र *४ पोका गाँजा* फेला परेको प्रहरी […]

error: Content is protected !!