०१ माघ २०८१, मंगलबार
14-01-2025 , Tue
×

एकलाख ८५ हजारलाई हात्तिपाईले रोग बिरुद्धको औषधी खुवाउने लक्ष्य

Logo
प्रकाशित बिहिबार, चैत्र १९, २०७७

 

ABC SANChAR
दाङ । शिक्षित बर्गहरुले नै औषधी नखाँदा दाङमा हात्तिपाईले रोग बिरुद्धको अभियान प्रभावित भएको देखिएको छ । फलस्वरुप दाङमा ११ औँ चरणमा यही चैत्र २० गते देखी हात्तीपाईले रोग विरुद्धको औषधी सेवन कार्यक्रम सुरु हुन लागेको छ ।

घोराही उपमहानगरपालिका स्वास्थ्य शाखाले बुधबार पत्रकारहरु सँग छलफलको आयोजना गरि जाने बुझेकाहरुले नै औषधी नखाँदा अभियान प्रभावित भएको बताएको छ । स्वास्थ्य शाखा प्रमुख नारायणप्रसाद घर्तीले सबै नागरिकहरुले औषधी नखाँदा अभियान लम्बिरहेको बताएका छन ।

केही महिना पहिले स्वास्थ्य कार्यालयले घोराहीका नारायणपुर, बाहुनडाँडा र रामपुरमा साढे ९ सय जनामा परिक्षण गर्दा ३५ जनामा हात्तिपाईलेको संक्रमण देखिएको थियो । उपमहानगरले २० गते विभिन्न केन्द्रहरुबाट र २१ देखी २६ गते सम्म घरभेट मार्फत औषधी खुवाउने कार्यतालिका बनाएको छ ।

एक लाख ८५ हजार ६ सय ९० जनालाई औषधी खुवाउने लक्ष्य लिएको प्रमुख घर्तीले जानकारी दिनुभयो । जस्का लागि एक सय २५ जना स्वास्थ्यकर्मी र २ सय ३४ जना महिला स्वास्थ्य स्वंसेविकाहरु खटिने भएका छन् ।

गत बर्ष ५८ प्रतिशत नागरिकहरुले मात्रै औषधी खाएको स्वास्थ्य शाखाले जनाएको छ । कार्यक्रममा नगर प्रमुख नरुलाल चौधरीले सबै नागरिकहरुलाई औषधी खान अपिल गरेका छन । नागरिकलाई स्वस्थ र निरोगी बनाउन सरकारले औषधी खुवाउने अभियान ल्याएको उनको भनाई छ ।

कार्यक्रममा प्रेस काउन्सील नेपालका सदस्य शरद अधिकारी र नेपाल पत्रकार महासंघ दाङका अध्यक्ष सविन प्रियासनले नागरिकहरुलाई औषधी सेवन अभियानमा सहभागि गराउन सञ्चार क्षेत्रले सदैब सहयोग गर्ने बताएका छन । स्वास्थ्य शाखाका ठाकुर खनालले लामखुट्टेको टोकाईबाट हात्तिपाईले रोगको संक्रमण फैलिने भएकाले सचेत र सजग रहने उपायको अबलम्बन गर्न आग्रह गरेका छन ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

  धनगढी । ह्याकरले बोर्डमा ‘आई लभ यू चित्रा’ लेखेर सन्देश सार्वजनिक गरेका छन्। प्रहरी कार्यालयको यो बोर्डमा देखिएको सन्देशको तस्वीर सामाजिक सञ्जालमा भाइरल भइरहेको छ। यसले प्रहरी कार्यालयको साइबर सुरक्षा प्रणालीप्रति गम्भीर प्रश्न खडा गरेको छ। प्रहरीका अनुसार घटना कसले र कसरी गर्यो भन्नेबारे अनुसन्धान भइरहेको छ। स्थानीयबासी र सामाजिक सञ्जाल प्रयोगकर्ताहरूले यस्तो कार्यलाई […]

काठमाडौँ । नेपाल प्रहरीमा जनपद प्रहरी समूहतर्फका प्रहरी उपरीक्षक (एसपी) हरूलाई प्रहरी वरिष्ठ उपरीक्षक(एसएसपी) पदमा बढुवा गरिएको छ । आज बसेको बढुवा समितिको बैठकले गरेको निर्णयअनुसार प्रहरी नियमावली, २०७१ को नियम २७ को उप(नियम (४) अनुसार २५ जना प्रहरी उपरीक्षकहरूलाई प्रहरी वरिष्ठ उपरीक्षक पदमा बढुवाका लागि सिफारिस गरिएको हो। बढुवा सूची अनुशार पहिलो नम्बरमा रमेश […]

  काठमाडौं । ललितपुर जिल्ला प्रहरी परिसर जावलाखेल ललितपुरका कार्यालय प्रमुख प्रहरी बरिष्ठ उपरीक्षक श्याम कृष्ण अधिकारीको प्रमुख आतिथ्यमा, प्रहरी बृत चापागाँउ ललितपुरका कार्यालय प्रमुख प्रहरी नायव उपरीक्षक डिल बहादुर मल्लको अध्यक्षता, प्रहरी वृत्त चापागाउँ ललितपुरको क्षेत्राधिकार भित्र पर्ने वडा एरियाका स्थानीय पालिका प्रमुख तथा जन प्रतिनिधिहरू, समाजसेवी, बुद्धिजीवी, भद्र भलादमी, नागरिक समाज, मानव अधिकार […]

error: Content is protected !!