२० बैशाख २०८१, बिहिबार
02-05-2024 , Thu
×

भारतबाट पेय पदार्थ नेपाल ल्याउन भन्सारद्धारा रोक

Logo
प्रकाशित बिहिबार, चैत्र १९, २०७७


(महेन्द्र सिंह)
बाँके । नेपालगन्ज भन्सार कार्यालयले भारतबाट पेय पदार्थ ल्याउन रोक लगाएको छ । सीमावर्ती भारतीय बजार रुपैडिया पुग्ने नेपालीहरुले फर्किदा पेय पदार्थ कोकोकला, फेन्टा, डिउलगायतका पेय पदार्थ लिएर आउने गरेका थिए ।

गर्मी बढेसँगै पेय पदार्थको कारोवार बढी हुने गर्छ । भारतीय बजारमा सस्तोमा पाइने भएपछि नेपालीहरुले त्यहीबाट पेय पदार्थ ल्याउने गरेका छन् । सबैले पेय पदार्थ ल्याउन थालेपछि भन्सार कार्यालयले रोक लगाएको छ । भन्सारको निर्देशनपछि जमुनाह प्रहरीले पेय पदार्थ फिर्ता गराउन थालेको हो ।

यस्तै बाँके बजार अनुगमन टोलिले भन्सार छली ल्याएका भारतमा उत्पादित पेय पदार्थ नेपालगन्जको विभिन्न पसलहरुबाट बरामद गरेको छ । आज भएको उक्त अनुगमनमा भारतबाट भित्रिएका पेय पदार्थ बरामद गरी नष्ट गरिएको छ ।

शुक्रबार अबैध पेय तथा खाद्य पदार्थ भेटिएमा प्रचलित कानुन बमोजिम कारबाही हुने बाँकेका सिडियो कुरुम्वांगले बताउनुभयो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

(सैलेस बम ) दुईतिर भारतको सीमा जोडिएको कञ्चनपुरमा सशस्त्र प्रहरी बलले अवैध ढङ्गले ल्याइएका रु ८८ लाख बराबरका सामान नियन्त्रणमा लिएको छ । यहाँस्थित सशस्त्र प्रहरी बल नंं ३५ गणका अनुसार गत फागुनपछि भन्सार छली ल्याइएको खाद्य तथा दैनिक उपभोग्य तथा अन्य सामग्री गरी रु ७७ लाख ५१ हजार तीन सय ४६ मूल्य बराबरको सामान […]

(एबिसि संचार )                                                                प्रहरी महानिरीक्षक वसन्त बहादुर कुँवर इन्टरपोल महासचिवालयको आयोजनामा फ्रान्सको लियोनमा वैशाख ११ देखि १३ गतेसम्म संचालन भएको ‘१९औं हेड अफ एनसीबी […]

(रबि बर्णवाल ) वीरगन्जमा रहेको नबिल बैंकबाट एक करोडभन्दा बढी रकम चोरी भएको छ ।आइतबार राती बैंकबाट एक करोड ३४ लाख ६५ हजार रुपैयाँ चोरी भएपछि बैंकले मंगलबार जिल्ला प्रहरी कार्यालय पर्सामा जाहेरी दिएको छ। वेल्डीङ गर्ने मेसिनले टिनको बक्सा काटेर पैसा चोरी गरेको देखिएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ।