०६ चैत्र २०८२, शुक्रबार
20-03-2026 , Fri
×

भारतबाट पेय पदार्थ नेपाल ल्याउन भन्सारद्धारा रोक

Logo
प्रकाशित बिहिबार, चैत्र १९, २०७७


(महेन्द्र सिंह)
बाँके । नेपालगन्ज भन्सार कार्यालयले भारतबाट पेय पदार्थ ल्याउन रोक लगाएको छ । सीमावर्ती भारतीय बजार रुपैडिया पुग्ने नेपालीहरुले फर्किदा पेय पदार्थ कोकोकला, फेन्टा, डिउलगायतका पेय पदार्थ लिएर आउने गरेका थिए ।

गर्मी बढेसँगै पेय पदार्थको कारोवार बढी हुने गर्छ । भारतीय बजारमा सस्तोमा पाइने भएपछि नेपालीहरुले त्यहीबाट पेय पदार्थ ल्याउने गरेका छन् । सबैले पेय पदार्थ ल्याउन थालेपछि भन्सार कार्यालयले रोक लगाएको छ । भन्सारको निर्देशनपछि जमुनाह प्रहरीले पेय पदार्थ फिर्ता गराउन थालेको हो ।

यस्तै बाँके बजार अनुगमन टोलिले भन्सार छली ल्याएका भारतमा उत्पादित पेय पदार्थ नेपालगन्जको विभिन्न पसलहरुबाट बरामद गरेको छ । आज भएको उक्त अनुगमनमा भारतबाट भित्रिएका पेय पदार्थ बरामद गरी नष्ट गरिएको छ ।

शुक्रबार अबैध पेय तथा खाद्य पदार्थ भेटिएमा प्रचलित कानुन बमोजिम कारबाही हुने बाँकेका सिडियो कुरुम्वांगले बताउनुभयो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौँ । उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरी टोलीले कुटपिटमा संलग्न व्यक्तिलाई पक्राउ गरेको हो । कार्यालयका एक प्रहरीका अनुसार पक्राउ पर्नेमा भक्तपुरको चागुनारायण नगरपालिका-६ नगरकोटका ४१ वर्षीय गणेशबहादुर तामाङ हुन् । केही दिन अघि नगरकोट जाने बाटोमै तामाङले दुई  युवकहरूमाथि कुटपिट गरेका थिए । कुटपिटको भिडिओ सामाजिक सञ्जालमा भाइरल भएको थियो । त्यसपछि प्रहरीले खोजी […]

दाङ । तुल्सीपुर चलचित्र पत्रकार संघ दाङ शाखाको कार्यसमिति चयनप्रति मेरो गम्भीर आपत्ति रहेको जानकारी गराउन चाहन्छु । म चलचित्र पत्रकार सङ्घ दाङमा दुई कार्यकाल कार्यसमिति सदस्यको रूपमा जिम्मेवारी निर्वाह गरिसकेको व्यक्ति हुँ । संस्थाप्रतिको माया, लगाव र निरन्तर सक्रियताका कारण यस पटक सचिव पदमा मेरो स्वाभाविक आकांक्षा पनि थियो । तर दुर्भाग्यवश, संस्थाको विधि, […]

सुर्खेत । कर्णाली प्रदेश ट्राफिक प्रहरी कार्यालय सुर्खेतका निमित्त कार्यालय प्रमुख प्रहरी नायव उपरीक्षक हरि बहादुर बि.सी.बाट कार्यरत सम्पूर्ण प्रहरी कर्मचारीहरुको व्यक्तिगत टर्नआउट, विभिन्न शाखाहरु, मेश, ब्यारेक तथा वाड एरियाको निरीक्षण गर्नुका साथै आवश्यक निर्देशन प्रदान गर्नु भएको ।

error: Content is protected !!