२७ मंसिर २०८२, शनिबार
13-12-2025 , Sat
×

नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेशको सचिवमा काशी दर्शन उम्मेद्वारी किन?

Logo
प्रकाशित बिहिबार, चैत्र १९, २०७७

(महेन्द्र सिंह)
१. नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेशलाई दलीय सिन्डिकेटबाट मुक्त गर्न ।
२. महासंघलाई वास्तविक श्रमजीवी, पेसाकर्मी पत्रकारहरूको सङ्गठन बनाउन ।
३. विभिन्न बहानामा रोजगारी र पेशाबाट विमुख भएका सञ्चारकर्मीहरूको हक अधिकार स्थापित गर्न ।
४. लुम्बिनी प्रदेशमा सञ्चालित सञ्चार गृहमा श्रमजीवी पत्रकार ऐन अनिवार्यरूपमा कार्यान्वयन गर्न–गराउन महासंघमार्फत् सक्रिय भूमिका निर्वाह गर्न ।
५. गैरकानुनी, गैरन्यायोचित ढङ्गले सञ्चारकर्मीलाई सेवाबाट निष्कासन गर्ने सञ्चार गृहमाथि कारबाहीका लागि सम्बन्धीत निकायमा दबाब सिर्जना गर्न ।
६. महासंघभित्रका विकृति, विसंगतिलाई हटाउँदै स्वच्छ, निष्पक्ष र पारदर्शी तथा महासंघलाई सबैको पहुँचयुक्त बनाउन ।
७. पत्रकारिता पेशामा आबद्ध भएको पत्रकारहरुको पेशागत क्षमता वृद्धिका लागि सीप अभिवृद्धि तालिम तथा प्रशिक्षण अघि बढाउन ।
८. पत्रकारिताको इतिहास, अग्रज पत्रकारहरूको इतिहासको संरक्षणको पहल गर्दै श्रमजीवी, पेशाकर्मी सञ्चारकर्मीको पेशागत र सामाजिक सुरक्षाको ज्ञारेन्टीका लागि पहल गर्न ।
९. विभिन्न कारणले अशक्त, बिरामी वा अन्य सङ्कट बेहोर्नुपरेका सञ्चारकर्मी तथा जीवन गुमाएका सञ्चारकर्मीका परिवारको आर्थिक सुरक्षा र जीवनवृत्तिका लागि पहल गर्न ।
१०. साना लगानीका, श्रमजीवी पत्रकारद्वारा सञ्चालित सञ्चार गृह, सञ्चार सामग्री उत्पादन कम्पनी आदिलाई बचाउनका लागि महासंघमार्फत् नीतिगत व्यवस्थापनका लागि पहल गर्न ।
११. क्रियाशिल पत्रकारहरुका लागि बीमा र आकस्मिक उपचार कोषको व्यवस्था मिलाउन ।
१२. लुम्बिनी प्रदेशका सार्वजनिक निकायबाट ‘राष्ट्रिय मिडिया‘मा जाने करोडौंको विज्ञापन प्रदेशमै स्थापना भएका मिडियाले समानुपातिक तरीकाले पाउने कुराको ज्ञारेन्टीका लागि पहल गर्न । त्यसका लागि प्रदेश विज्ञापन बोर्ड गठन गर्न पहल गर्ने ।
१३. सम्बन्धीत निकायहरुसँग छलफल तथा समन्वय गरी प्रदेशमा सञ्चालित सञ्चार गृहलाई विद्युत, इन्टरनेट, टेलिफोनको महशुलमा विशेष छुट दिलाउन पहन गर्न ।
१४. नीजि तथा सरकारी विद्यालयसँग छलफल तथा समन्वय गरी पत्रकारिता पेशामा क्रियाशील सक्रिय तथा न्यून आय भएका पत्रकारका छोराछोरीलाई निशुल्क पठनपाठनको व्यवस्थाका लागि पहल गर्न ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । लमहीमा पेस्तोल पड्किदा एक जना घाइते भएका छन । यो आज बिहान पौने ११ बजेको घटना हो । घाइते हुनेमा लमहीको रातो डांडा स्थित रोयल प्यालेस होटलमा काम गर्ने १८ वर्षिय सिसम गौतम रहेको दाङका प्रहरी प्रवक्ता चक्र बहादुर शाहले जानकारी दिनु भएको छ । कोठा सफा गर्ने क्रममा एसिमाथी लुकाएर राखेको पेस्तोल […]

काठमाडौं । डम्बर विकले द’लित समुदायमा जन्मिएर विभे’द र बहि*ष्क’रणका कठि-नाइ पार गर्दै प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) पदसम्म पुगेर इतिहास रचेका छन्। उनको संघ’र्षमय जीवन र सफलताले द’लित तथा सीमान्तकृ’त समुदायका लागि प्रेरणाको स्रोत बनेको छ र न्यायको पहुँचमा आशा जगाएको छ। विकको सफलताले वि’भेद र दल’नबीच पनि निरन्तर संघर्ष र मिहिनेतले शिखर चुम्न सकिन्छ […]

रुपन्देही । विगत केही वर्षदेखि बेलायतमा बसिरहेका २७ वर्षीय नारायण ढकाललाई गत कार्तिक २५ गते उनको परिवारले रूपन्देहीको तिलोत्तमा नगरपालिका–११ मृगौलीस्थित करुणा चौतारी फाउन्डेसनद्वारा सञ्चालित लागू औषध उपचार तथा पुन:स्थापना केन्द्रमा भर्ना गरेको थियो । तर, आइतबार उक्त केन्द्रले ढकालको मृत्यु भएको भन्दै परिवारलाई खबर गर्‍यो । केन्द्रका कर्मचारी र केन्द्रभित्र सुधारका लागि राखिएकाहरुको कुटपिटबाट […]

error: Content is protected !!