२६ साउन २०८३, मंगलबार
11-08-2026 , Tue
×

प्रेस संगठन र प्रेस युनियनले लक्ष्मी आचार्यलाई साझा उमेद्वार बनाउने निर्णय

Logo
प्रकाशित शनिबार, चैत्र २१, २०७७

(ABC SANCHAR)
दाङ । नेपाल पत्रकार महासंघ दाङको आसन्न निर्वाचनका लागि प्रेस संगठन र प्रेस युनियनले लक्ष्मी आचार्यलाई अध्यक्षको उमेद्वार बनाउने निर्णय गरेको छ । यही चैत्र २५ गते हुने पत्रकार महासंघ दाङको निर्वाचनमा अध्यक्ष पदमा दुई संगठनले आचार्यलाई अध्यक्षको उमेद्वार बनाउने निर्णय गरेको हो ।

आचार्यले यस अघि पत्रकार महासंघ दाङको उपाध्यक्षको जिम्मेवारी सम्हाली सक्नुभएको छ । नयाँ युगबोध राष्ट्रिय दैनिकको सम्पादक रहनुभएकी आचार्यलाई केन्द्रको तालमेल अनुसार दुई संगठनले अध्यक्षको उमेद्वार बनाएको हो ।

अब अध्यक्ष पदमा आचार्य र प्रेस चौतारीका उमेद्वार दुर्गालाल केसी विच प्रतिस्पर्धा हुने छ । चुनाबका लागि आईतवार उमेद्वारी दर्ता गर्ने निर्वाचन कार्यतालिका रहेको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

बाँके । डुडुवा गाउँपालिकाको सहयोगमा प्रहरी चौकी खडैचाको लागि आवश्यक सामानहरू प्राप्त भएका छन्। प्राप्त सामानहरू स्टिल दराज – १ थान टेबुल पंखा – १ थान टेबुल – १ थान सिलिङ पंखा – १ थान मल्टिप्लग – १ थान कार्यालयको दैनिक कामकाजलाई व्यवस्थित र सहज बनाउन यति महत्वपूर्ण सहयोग उपलब्ध गराउनु भएकोमा डुडुवा गाउँपालिकाको कार्यालय […]

काठमाडौं । सशस्त्र प्रहरी बल, नेपालको प्रधान कार्यालय शिक्षालय, गण तथा गुल्महरूमा नयाँ कार्यालय प्रमुखको जिम्मेवारी प्राप्त गर्नुभएका सशस्त्र प्रहरी वरिष्ठ अधिकृत तथा अधिकृतहरूलाई आईजिपी नारायण दत्त पौडेलले विशेष निर्देशन दिनुभएको छ। निर्देशनका मुख्य बुँदाहरू अनुमानित रूपमा आदेश पालन र अनुशासन: बलको मर्यादा कायम गर्दै मातहतलाई अनुशासित बनाउने सीमा सुरक्षा र अपराध नियन्त्रण: तस्करी, मानव […]

दाङ । घोराही उपमहानगरपालिका–१३ कलमघारी निवासी चामबहादुर कुमाल भारतबाट घर फर्किने क्रममा एक सातादेखि सम्पर्कविहीन भएपछि परिवार चिन्तित बनेको छ। श्रीमान् सम्पर्कमा नआएपछि उहाँकी श्रीमती बिमला कुमालले सञ्चारकर्मीहरूमार्फत चामबहादुरको खोजी गरिदिन सबैसँग आग्रह गर्नुभएको छ। भारतबाट घर फर्किन हिँडेका चामबहादुर एक साता बितिसक्दा पनि घर नआएको र परिवारसँग समेत सम्पर्क हुन नसकेको बिमलाले बताउनुभयो। श्रीमान्को […]