२४ साउन २०८३, आइतबार
09-08-2026 , Sun
×

बाँकेको नरैनापुर ४ खोदावा गाउँमा आगलागी हुँदा सयौं घर जलेर नस्ट

Logo
प्रकाशित आइतबार, चैत्र २२, २०७७

 (महेन्द्र सिंह)
बाँके । बाँकेको नरैनापुर गाउँपालिकाको वडा नम्बर ४ खोदावा गाउँमा शनिवार दिउँसो आगलागि हुँदा करिब सय घर जलेर खरानी भएका छन् भने आगलागीबाट ठूलो क्षति भएको छ ।
शनिवार दिउँसो करिब सवा ३ बजे लागेको आगोले नरैनापुर गाउपालिकाको वडा न ४ खोदावा गाउँका सय घर जलेर नस्ट हुनुका साथै दुई करोड बढीको जिन्सी तथा खाद्य सामाग्रीको क्षति भएको बाँकेका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्वांगले बताउनुभयो ।
उहाँले हावाहुरीको मौसम भएको कारण स्थानीय एकजनाको घरमा नास्ता पकाउने क्रममा सल्किएको आगोले गाउँलाई खरानी बनाएको बताउनुभयो । आगलागीबाट कुनै पनि मानवीय क्षति नभए पनि अन्य क्षति धेरै भएको जनाईएको छ ।
बाँकेका प्रहरी प्रवक्ता डीएसपी सुवास खड्काले नेपालगञ्जबाट आएका तीन वटा र एउटा नरैनापुरको गरेर चार वटा दमकल, प्रहरी, शसस्त्र प्रहरी र स्थानीयको सहयोगले आगो नियन्त्रण भएको बताउनुभयो
गाउँपालिकामा दमकल रहेकोले तत्कालनै आगलागिस्थलमा दमकल पुगेको र अन्य तीनवटा दमकलले नेपालगञ्जबाट आएर आगलागि निययन्त्रणमा लिने प्रयास गरिरहेको नरैनापुर गाउँपालिकाका अध्यक्ष ईश्तियाक अहमद शाहले बताउनुभयो । यसअघि गत फागुन २४ गते पनि सुईया गाउँमा आगलागि हुँदा २५ घर जलेका थिए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । उपत्यका ट्राफिक प्रहरी कार्यालय र मातहतका युनिटहरू सडक सुरक्षा तथा ट्राफिक व्यवस्थापन ट्राफिक व्यवस्थापन प्रभावकारी बनाउने उपत्यकाको बढ्दो सवारी चाप र जाम नियन्त्रणका लागि रणनीति सडक सुरक्षा सचेतना दुर्घटना न्यूनीकरणका लागि प्रहरी कर्मचारीलाई प्राविधिक र व्यवहारिक ज्ञान जनसेवा उन्मुख प्रहरी नागरिकप्रति सम्मानजनक व्यवहार र कानूनको सही कार्यान्वयन स्मार्ट ट्राफिक लाइट, सिसिटिभी,लेन अनुशासन सम्बन्धी […]

दाङ । महिला सशक्तीकरणको कुरा गर्दा अब महिलालाई केवल अधिकार र अवसरको कुरा गरेर मात्र पुग्दैन। महिलालाई आर्थिक रूपमा आत्मनिर्भर, उद्यमशील र व्यवसायी बनाउनु आजको महत्वपूर्ण आवश्यकता हो। परिवार, समाज र राष्ट्रको विकासमा महिलाको भूमिका अत्यन्त महत्वपूर्ण भए पनि अझै धेरै महिला आफ्नै क्षमता र सीप हुँदाहुँदै पनि आर्थिक अवसरबाट टाढा छन्। त्यसैले महिलालाई सीप, […]

कपिलवस्तु । इलाका प्रहरी कार्यालय गोरुसिङ्गेका प्रहरी निरीक्षक दीपक कुँवरका अनुसार जंगलमा शव फेला परेपछि गरिएको सनाखतबाट मृतक पूर्वमेयर सिंह नै रहेको पुष्टि भएको हो। प्रहरीले शव फेला परेको स्थानमा आवश्यक मुचुल्का तथा कानुनी प्रक्रिया पूरा गरी घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ। पूर्वमेयर सिंह सम्पर्कविहीन भएपछि प्रहरीले खोजी अभियान सञ्चालन गरेको थियो।