२८ साउन २०८३, बिहिबार
13-08-2026 , Thu
×

नक्कली पासपोर्ट बनाउने एकजना विमान स्थलबाट पक्राउ

Logo
प्रकाशित आइतबार, चैत्र २२, २०७७

नक्कली पासपोर्ट बनाउने एकजना विमान स्थलबाट पक्राउ (ABC SANCHAR) काठमाडौं । प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट नक्कली राहदानी प्रयोग गरेको आरोप एक जनालाई पक्राउ गरेको छ । सुनसरी स्थायी घर भई हाल काठमाडौंको सिनामंगल बस्ने ४४ वर्षीय महेन्द्र भण्डारी नक्कली राहदानी प्रयोग गरेको आरोपमा आइतबार पक्राउ परेका हुन् ।

हिमालयन एयरलाइन्सको जहाजबाट नेपाल आएका भण्डारीले गोरखा धुवाकोट ३ ठेगाना भएका राजु पौडेलको नामको राहदानी नम्बर ३३७३२७७ र ०९२८१९६ नम्बरका २ वटा राहदानीमा आफ्नो तस्बिर राखी दुरुपयोग गरेको प्रहरीको आरोप छ । उनले सो राहदानी प्रयोग गरी पटक पटक विदेश आवातजावत गरेको प्रहरीको भनाई छ । उनलाई अहिले आवश्यक कारवाहीका लागि महानगरीय प्रहरी परिसर टेकु पठाइएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवा नेपाल आइपुगेका छन्। उनी आज दिउँसो साढे १२ बजे काठमाडौं आइपुगेका हुन्। उनलाई स्वागत कांग्रेसका नेता कार्यकर्ताहरु त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पुगेका थिए ।  देउवा गत भदौ २४ गते जेनजी आन्दोलन क्रममा गम्भीर घाइते भएका थिए।

दाङ । घोराही खेलकुदको माध्यमबाट आपसी मित्रता, सहकार्य र स्थानीयस्तरमा फुटबलको विकास गर्ने उद्देश्यले घोराहीमा मैत्रीपूर्ण फुटबल प्रतियोगिता आयोजना हुने भएको छ। ‘घोराही बनाऔँ अभियान’ र लुम्बिनी फुटबल एकेडेमीको संयुक्त आयोजनामा शनिबार मैत्रीपूर्ण फुटबल प्रतियोगिता हुन लागेको हो। घोराही बनाऔँ अभियान र लुम्बिनी फुटबल एकेडेमीको अफिसियल टोलीबीच हुने प्रतियोगिता घोराही उपमहानगरपालिका–१७ उखुबारीस्थित लुम्बिनी फुटबल एकेडेमीको […]

दाङ । घोराही उपमहानगरपालिका वडा नं. १५, ट्राफिक चोक स्थित जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङको प्राङ्गमा जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङ जिल्ला प्रहरी कार्यालय दाङ प्राविधिक सहयोग: नेपाल रेडक्रस सोसाइटी रक्त सञ्चार केन्द्र, घोराही दाङ जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङका प्रहरी निरीक्षक केशव बहादुर खड्का* ज्यू, यातायात व्यवसायी, अटो व्यवसायी तथा चालकहरू, प्रहरी कर्मचारीहरू लगायतको […]