२० आश्विन २०८३, मंगलबार
06-10-2026 , Tue
×

नक्कली पासपोर्ट बनाउने एकजना विमान स्थलबाट पक्राउ

Logo
प्रकाशित आइतबार, चैत्र २२, २०७७

नक्कली पासपोर्ट बनाउने एकजना विमान स्थलबाट पक्राउ (ABC SANCHAR) काठमाडौं । प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट नक्कली राहदानी प्रयोग गरेको आरोप एक जनालाई पक्राउ गरेको छ । सुनसरी स्थायी घर भई हाल काठमाडौंको सिनामंगल बस्ने ४४ वर्षीय महेन्द्र भण्डारी नक्कली राहदानी प्रयोग गरेको आरोपमा आइतबार पक्राउ परेका हुन् ।

हिमालयन एयरलाइन्सको जहाजबाट नेपाल आएका भण्डारीले गोरखा धुवाकोट ३ ठेगाना भएका राजु पौडेलको नामको राहदानी नम्बर ३३७३२७७ र ०९२८१९६ नम्बरका २ वटा राहदानीमा आफ्नो तस्बिर राखी दुरुपयोग गरेको प्रहरीको आरोप छ । उनले सो राहदानी प्रयोग गरी पटक पटक विदेश आवातजावत गरेको प्रहरीको भनाई छ । उनलाई अहिले आवश्यक कारवाहीका लागि महानगरीय प्रहरी परिसर टेकु पठाइएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

  बाँके । सहायता कक्षको सोमबार बाँकेका प्रमुख जिल्ला अधिकारी दिलकुमार तामाङले शुभारम्भ गरे। चाडपर्वलाई लक्षित गरी विशेष सुरक्षा योजना लागू गरेर जिल्लाको सुरक्षा व्यवस्था मजबुत पारिएको प्रमुख जिल्ला अधिकारी तामाङले बताए। भारतबाट चाडपर्व मनाउन घर फर्किने नेपाली नागरिकलाई सुरक्षित रूपमा गन्तव्यसम्म पु¥याउन स्थानीय प्रशासन र सुरक्षा निकाय सक्रिय रहेको उनले बताए।नागरिकको सुरक्षालाई प्राथमिकतामा राखेर […]

काठमाडौं । सशस्त्र प्रहरी बलका अतिरिक्त प्रहरी महानिरीक्षक (एआईजी) वंशीराज दाहाल निलम्बित भएका छन्। सरकारले एआईजी दाहाललाई गम्भीर सूचना चुहाएको आरोपमा निलम्बित गरेको हो। उनीमाथि छानबिन पनि सुरु गरिएको छ। एआईजी दाहालमाथि छानबिन गर्न सरकारले समिति पनि गठन गरेको गृह मन्त्रालयका प्रवक्ता आनन्द काफ्लेले जानकारी दिए।

विभिन्न सिर्जनशील कार्यक्रम गर्दै विश्व फार्मेसिस्ट दिवसको साताव्यापी कार्यक्रम सम्पन्न औषधिको सुरक्षित र तर्कसंगत प्रयोगबारे नागरिकमा सचेतना आवश्यक : प्रियासन दाङ, । विश्व फार्मेसिस्ट दिवस–२०२६ को अवसरमा नेपाल फार्मेसी सङ्घ दाङ शाखाले आयोजना गरेको साताव्यापी कार्यक्रम विभिन्न सिर्जनशील, जनचेतनामूलक तथा सामाजिक गतिविधिसहित सम्पन्न भएको छ। फार्मेसी क्षेत्रको योगदान, औषधिको सुरक्षित तथा प्रभावकारी प्रयोग र स्वास्थ्य […]