०२ साउन २०८२, शुक्रबार
18-07-2025 , Fri
×

बर्दियामा बाघको आक्रमणबाट गैंडा गणनामा संलग्न माउत्तेको मृत्यु

Logo
प्रकाशित आइतबार, चैत्र २२, २०७७

(सर्मिला बोगटी)
बर्दिया । आइतवार साँझ बाघको आक्रमणमा परेर बर्दिया राष्ट्रिय निकुञ्ज अन्तर्गत हात्तीसारमा कार्यरत माउतेको मृत्यु भएको छ ।
विगत पाँच दिन देखि गैँडा गणना टोलीमा सहभागी हात्तीका माउते पुलिसराम चौधरीको बाघको आक्रमणबाट मृत्यु भएको निकुञ्जका प्रमुख संरक्षण अधिकृत बिष्णुप्रसाद श्रेष्ठले जानकारी दिनुभएको छ ।
विगत चार वर्षदेखि निकुञ्जको हात्तीसारमा कार्यरत ३१ वर्षीय माउते चौधरीलाई साँझ ५ ३० बजेतिर बाघले आक्रमण गरेको थियो । प्रमुख संरक्षण अधिकृत श्रेष्ठका अनुसार निकुञ्जभित्रको गैँडा मचान क्षेत्रमा गणना गरेर टोली बिश्राम गर्ने अवस्थामा रहेका बेला एक्कासि देखिएको बाघले गैँडा गणनामा प्रयोग गरिएको हात्ती र माउते चौधरीमाथि आक्रमण गरेको थियो । आक्रमणमा परेका चौधरीलाई केही मिटर परसम्म बाघले लछारेर लगेको थियो ।
बाघले आक्रमण गरेर लछारेर लगेका चौधरीको तत्कालै उद्धार गरिएको भएन पनि उहाँको तत्काल मृत्यु भइसकेको जानकारी श्रेष्ठले दिनुभयो । यस अघि शुक्रवार चितवनमा पनि बाघ गणना गर्ने क्रममा जंगलभित्रै ध्रुबे हात्तीको आक्रमणमा परी राष्ट्रिय प्रकृति संरक्षण कोषका अधिकृत बिनोद श्रेष्ठ गम्भीर घाइते हुनु भएको छ भने उहाँको हयाम्स अस्पतालमा उपचार भइरहेको छ । बाघको आक्रमणमा परेर बर्दिया राष्ट्रिय निकुञ्जमा यस अघि १० जनाको मृत्यु भइसकेको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । विभिन्न शक्ति केन्द्रको दबाबमा आफूलाई अनुकूल लागेका कार्यालय र स्थानमा बसिरहेका प्रहरी कर्मचारीलाई दरबन्दीमा पठाउन थालिएको हो। तराई मधेशमा, हिमाली जिल्ला, लागूऔषध ब्यूरो, साइबर ब्यूरो, सिआइबी, मानवबेचविखन नियन्त्रण ब्यूरो तथा ट्राफिक कार्यालयहरूमा काजमा खटिएका प्रहरी कर्मचारीलाई जहाँ उनीहरूको दरबन्दी त्यहाँ पठाउन थालिएको हो। प्रहरी प्रधान कार्यालय स्रोतका अनुसार काज फिर्ताको क्रममा ३ हजार […]

  पश्चिम् नवलपरासी । पर्याप्त सिँचाइ सुविधा नहुँदा आकाशे पानीको भरमा खेती गर्दे आएका किसानहरू अहिले धान रोपेको खेत सुख्खा भएपछि चिन्तित बनेका छन् । अधिकांश स्थानमा अहिले खेतमा चिरा परेको छ भने भर्खर रोपेको धान पहेँलिन थालेको छ । वर्षा नहुँदा धानको वृद्धि विकासमा असर पर्ने र गाँज हाल्न नसक्दा उत्पादन कम हुने जोखिम रहेको कृषि […]

  भैरहवा । जिल्ला प्रहरी कार्यालय रुपन्देहीले आर्थिक वर्ष २०८१÷०८२ मा भन्सार छली तथा अवैध चोरी निकासी नियन्त्रणमा ऐतिहासिक सफलता हात पारेको छ । प्रहरीले यस अवधिमा १२ करोड ६७ लाख ७१ हजार ७७९ रुपैयाँ बराबरको अवैध सामान बरामद गर्नुका साथै तस्करीमा संलग्न ११३ जनालाई पक्राउ गरेको छ । यो सफलताले सीमा क्षेत्रमा हुने अवैध […]

error: Content is protected !!