२४ साउन २०८३, आइतबार
09-08-2026 , Sun
×

बर्दियामा बाघको आक्रमणबाट गैंडा गणनामा संलग्न माउत्तेको मृत्यु

Logo
प्रकाशित आइतबार, चैत्र २२, २०७७

(सर्मिला बोगटी)
बर्दिया । आइतवार साँझ बाघको आक्रमणमा परेर बर्दिया राष्ट्रिय निकुञ्ज अन्तर्गत हात्तीसारमा कार्यरत माउतेको मृत्यु भएको छ ।
विगत पाँच दिन देखि गैँडा गणना टोलीमा सहभागी हात्तीका माउते पुलिसराम चौधरीको बाघको आक्रमणबाट मृत्यु भएको निकुञ्जका प्रमुख संरक्षण अधिकृत बिष्णुप्रसाद श्रेष्ठले जानकारी दिनुभएको छ ।
विगत चार वर्षदेखि निकुञ्जको हात्तीसारमा कार्यरत ३१ वर्षीय माउते चौधरीलाई साँझ ५ ३० बजेतिर बाघले आक्रमण गरेको थियो । प्रमुख संरक्षण अधिकृत श्रेष्ठका अनुसार निकुञ्जभित्रको गैँडा मचान क्षेत्रमा गणना गरेर टोली बिश्राम गर्ने अवस्थामा रहेका बेला एक्कासि देखिएको बाघले गैँडा गणनामा प्रयोग गरिएको हात्ती र माउते चौधरीमाथि आक्रमण गरेको थियो । आक्रमणमा परेका चौधरीलाई केही मिटर परसम्म बाघले लछारेर लगेको थियो ।
बाघले आक्रमण गरेर लछारेर लगेका चौधरीको तत्कालै उद्धार गरिएको भएन पनि उहाँको तत्काल मृत्यु भइसकेको जानकारी श्रेष्ठले दिनुभयो । यस अघि शुक्रवार चितवनमा पनि बाघ गणना गर्ने क्रममा जंगलभित्रै ध्रुबे हात्तीको आक्रमणमा परी राष्ट्रिय प्रकृति संरक्षण कोषका अधिकृत बिनोद श्रेष्ठ गम्भीर घाइते हुनु भएको छ भने उहाँको हयाम्स अस्पतालमा उपचार भइरहेको छ । बाघको आक्रमणमा परेर बर्दिया राष्ट्रिय निकुञ्जमा यस अघि १० जनाको मृत्यु भइसकेको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । उपत्यका ट्राफिक प्रहरी कार्यालय र मातहतका युनिटहरू सडक सुरक्षा तथा ट्राफिक व्यवस्थापन ट्राफिक व्यवस्थापन प्रभावकारी बनाउने उपत्यकाको बढ्दो सवारी चाप र जाम नियन्त्रणका लागि रणनीति सडक सुरक्षा सचेतना दुर्घटना न्यूनीकरणका लागि प्रहरी कर्मचारीलाई प्राविधिक र व्यवहारिक ज्ञान जनसेवा उन्मुख प्रहरी नागरिकप्रति सम्मानजनक व्यवहार र कानूनको सही कार्यान्वयन स्मार्ट ट्राफिक लाइट, सिसिटिभी,लेन अनुशासन सम्बन्धी […]

दाङ । महिला सशक्तीकरणको कुरा गर्दा अब महिलालाई केवल अधिकार र अवसरको कुरा गरेर मात्र पुग्दैन। महिलालाई आर्थिक रूपमा आत्मनिर्भर, उद्यमशील र व्यवसायी बनाउनु आजको महत्वपूर्ण आवश्यकता हो। परिवार, समाज र राष्ट्रको विकासमा महिलाको भूमिका अत्यन्त महत्वपूर्ण भए पनि अझै धेरै महिला आफ्नै क्षमता र सीप हुँदाहुँदै पनि आर्थिक अवसरबाट टाढा छन्। त्यसैले महिलालाई सीप, […]

कपिलवस्तु । इलाका प्रहरी कार्यालय गोरुसिङ्गेका प्रहरी निरीक्षक दीपक कुँवरका अनुसार जंगलमा शव फेला परेपछि गरिएको सनाखतबाट मृतक पूर्वमेयर सिंह नै रहेको पुष्टि भएको हो। प्रहरीले शव फेला परेको स्थानमा आवश्यक मुचुल्का तथा कानुनी प्रक्रिया पूरा गरी घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ। पूर्वमेयर सिंह सम्पर्कविहीन भएपछि प्रहरीले खोजी अभियान सञ्चालन गरेको थियो।